tealaya add

बौलाएको कुकुर मार्नैपर्छ
-डा रामप्रसाद ज्ञवाली
 
साँढे पाल्ने रहर किन भयो ? जोत्न मिल्दैन साँढे
ढाडे पाल्ने रहर किन हो ? दूध राख्दैन ढाडे 
मन्द्राएको वृषभ छ भने त्यो नबाँधी हुँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन ।
 
बेच्यो आफ्नोपन अनि प्रजातन्त्र पारेर शेष 
नेपालीको धन पनि लुट्यो लुस्स भाग्यो विदेश 
दुष्टात्माको मगज सुन है तर्कले सुध्ँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन ।
 
सिन्की पार्ने मन यदि भए गाड्नु नै पर्छ खाँदी
एक्लो पार्ने मन यदि भए मिल्नु नै पर्छ हामी
ब्वाँसो पल्केपछि रगतमा गाउँ बाँकी  हुँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन  ।
 
रोगाएको अलिकति भए जिन्दगी भर्न मिल्छ
लागेको जन्डिसतक भए औषधी गर्न मिल्छ
रोगै एड्स छ यदि भने औषधीले छुँदैन
बौलाएको कुकुर छ भने त्यो नमारी हुँदैन ।  
 
 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर