annapurna add

bijhaya bhandari
निधारमा रातो टिकाले सजाउदै
शिरमा जमारा भराउदै रमाउन
यसपालि दशैं..
धनिहरुको महलमा मात्रै होइन
गरिबको झुपडी भराउन आउ

सुनौलो धानको बाला झुलाउदै
सारा दुःख कष्ट भुलाउदै
लिङ्गे पिङमा रमाउन
सुखको प्रत्याभूति समाउन
यसपालि दशैं .....
ती दुखिहरुको मन मस्तिष्कमा छाउ

भोकभोकै बसेर दशैंको जोहोमा
परिश्रमको ठेला उठाउनेहरुलाई
प्रकृतिको मनमोहक दृश्यले दशैंको
स्वागत गरेको आभास गराउदै
अपांग र असक्तको बलियो लौरो
बनेर आउ
यसपालि दशैं.....

रातदिन समय एकै मानेर
संघर्षलाई कर्म ठानेर
दशैंको मिठासको महत्त्वमा
पसिनाको भेल बेच्दै गरेकाहरुलाई
बिहानीको न्यानो पन सँगै हर्ष र उमङ्गको
आशा भराउदै आउ
यसपालि दशै......

रातो माटोले घर पोतेर बिदेशीएको
छोराको सम्झनामा पिढीमा बसेर
आँखाभरि आसु पारि घोरिरहने
आमाको मुहारमा खुशी बोकेर
छोरासंगै दशै मनाउने रहरमा
बारीमा कुट्टो चलाउदै गरेको बाबाको
चाहाना पूरा गर्दै छोराको आगमनको
सुख लिएर आउ
यसपाली दशैं......

हजारौं सजीवको हत्यामा पापको भारी बोकाउन मात्र होइन
दुर्गा भवानीको आशिर्वाद लिएर
उल्लासता र बिडम्बना मेटाउन आउ
यसपाली दशैं.....

दक्षिणाको आशा मनभित्र बोकेर
ऋणको भार बोकाउन मात्रै होइन
हर्ष उमङ्गले भराउन हृदयमा खुशी सजाउन
डाडा पाखा कुना काब्चामा समानताको
गुनगुनाहट छर्दै फरक शैली बोकेर आउ
यसपालि दशैं.......
बिजयीता भण्डारी

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...