1478958692 banner ad format

 
 
सरकारमा उजुरी  (कविता)
-सूर्य चापागाईँ
 
सरकार ! 
सडक किनारामा 
खुलमखुल्ला रति क्रीडा गर्दा 
कुकुरहरूले हामीलाई ढुंगा हाने, 
यौनाङ्गमा लौरा बर्साएर
रगतपच्छे पारे । 
 
सरकार !
हामी कुकुर होइनौँ, 
लुकी लुकी बलात्कार गर्दैनौँ
सुहागरात मनाउन खर्च छुट्याउँदैनौँ
तर बफादार छौँ, 
हस्तमैथुन गर्दैनौँ 
लुगा लगाउँदैनौँ
तर सभ्य छौँ । 
 
हाम्रा घ्राण शक्ति तीब्र छन्
को कस्तो छ सुँघेरै थाहा पाउँछौँ।
सावधिक क्रीडा (Periodical Sex) गर्छौँ । 
चारैकाल, बाह्रैकाल चाहिँदैन 
त्यसैले त कुकुर भन्न पाइँदैन। 
 
यौनाङ्ग विकसित नभएकालाई, 
बच्चाहरूलाई जबर्जस्ती गर्दैनौँ । 
गुप्ताङ्ग च्यातेर रगताम्य हुनेगरी घोच्दैनौँ
कोठा, पलङ्, जंगल र उखुबारी खोज्दैनौँ ।
खुलेआम सडकछेउमा 
चार खुट्टा टेकेर सम्भोग गर्छौँ 
सरकार !
हामीलाई कहिले मान्छे घोषणा गर्छौ ?
 

प्रकासित मिति

Loading...

 

yummyfood