tealaya add

म एउटा फूल हेरेर
बिस्मित हुन्छु ।
नफल्ने फूल पनि बिजाङ्कुरणको
अपेक्षा राख्छ प्राकृतिक रूपमा ।
भमरा नपुगोस् फूल हल्लाउन 
त कसरी अर्को बिरुवा उम्रेला ?
फूलको भागमा भमरा नपुगे के होला ?
अथवा भमरालाई वितृष्णा हुँदो हो त ?
सायद, प्रकृति प्राकृत नहुँदो हो 
भमरा र फूलको संयोगले 
मान्छेलाई विवाहको संस्था 
उभ्याउन बाध्य पारेको हो ?
विबेक र बुद्धिको प्रयोगमा 
प्रकृति र पुरुष बिच भिन्नता 
अभिमान अनि आरक्षण बनाइयो 
जैविक विविधता माथि !
फूल र भमराको प्राकृत सत्ता ढाल्न 
आतुर मनोरोग ग्रस्त धार्मिक कानुन 
निर्माणशाला बनाइएको छ समाज ।
धर्म र पापको पर्खाल उभ्याएर
बैतरणी तार्न पाखण्ड पण्डित 
शौचालय निर्माणको चेतना गुमाउँदै 
वैदिक परियोजना बेलाबखत 
मौलाउँन उद्दत छ ।
मान्छेको मन बहलाउन 
एचआइभि माथि कन्डम कम्पनीको 
अर्थ राजनीति र
भुकम्प रेक्टर स्केल घटाई 
देखाइएको सहयोगमा 
सरकारी मनोमानी 
उस्तै-उस्तै लाग्दैछ ।
र 
सरकार, संस्कार र संसार 
यसै सेरोफेरोमा घुम्दैछ झैँ 
लाग्छ मलाई 
किन पनि भने
यहाँ अझै देखेको कुरा
भोगेको कुरामा तादात्म्यता
देख्दिन म ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर