1478958692 banner ad format

 
 
-सूर्य चापागाईँ
 
सानैमा पढाइन्थ्यो
नदी सीमाना भयो भने 
आधा-आधा हुन्छ, 
जवान भएर सीमा हेर्न गएँ 
अनि देखेँ, 
बेग्लै रहेछ
वास्तविक सीमाना 
मेरो देशको ।
 
छिमेकीले मिचेको
सम्झौताले थिचेको 
मेरो देशको सीमाना 
नदीबाट सर्दै सर्दै 
धैरै साँगुरिइसकेछ ।
 
दसगजाले छेकेका सिमानाभित्र 
नअटेर मेरो देश
मनको सिमाना मिचेर 
विश्वभरि छताछुल्ल पोखिइरहन्छ । 
कैले जूनसँग
कैले घामसँग
रंग पोतिरहन्छ
कैले टिष्टाबाट
कैले कांगडाबाट
इतिहास गर्जिरहन्छ । 
 
माइतीघरबाट देखेजस्तो
चन्द्रागिरीबाट देखेजस्तो
रहेनछ मेरो देशको सीमाना
त्यहाँ त अनन्त पीडा, 
भोक र सास्तीका कथा तुनिएका, 
जेलिएका, 
अनि रहेछन्
आफ्नै देशमा शरणार्थी बनेकाहरुका अनन्त गाथा । 
 
 (कवि चापागाईँ धनकुटा स्थायी निवासी हुन् ।)

प्रकासित मिति

Loading...

 

yummyfood