1478958692 banner ad format

 
 

Govinda KC min1


कबिता
" गोविन्द लाई बचाऊ यदि ऊ मरे भने...."

उसलाई बचाउ यदि उ मरे भने..
रमितेहरुले रमित हेर्ने छन
माफियाहरुले फेरि उस्तै खालको
अभियान थाल्नेछन,
अनि गरिवका छोराछोरीलाई
अवसरबाट बञ्चित गर्नेछन।।

ह्रार्नेहरुले अाँशु पक्कै खसाल्ने छन
ह्रारको अाँसुको के मुल्य छ र यहाँ
यदि हुदो हो त यसरी मर्ने बाच्ने,
अवस्थाको सिर्जना हुने थिएन
नागरिकले जानी जानी अकालमा,
अाफ्नो प्रिय ज्यान गुमाउनु पर्ने थिएन।।

वेतिथीले सिमा नाघ्दा नागरिकका सेवकहरु
देश चलाउने ठेकेदारहरु तै चुप मै चुप छन
यदि उ मरे भने ..
जित्नेहरुले शाहस देखाउँदै
त्यो खुसिमा पाँच तारे होटलमा 
भव्य पाटी दिने छन 
त्यसैले उसलाई जसरी पनि बचाऊ 
यदि ऊ मरे भने....

एउटा गोविन्दको मृत्युले 
कयोैँ बफदार कुत्ता,माफियाहरु जन्मने छन
जनताको सवालमा सधै लड्ने 
जनता जनता भन्ने उनै गोविन्दलाई 
अाज फेरि षडयन्त्र गरिएको छ 
उनको शाहस,त्याग माथी लात मारेका छन
उनलाई सिध्याउने रणनिती नभएको हैन
पागल को पोगरी पनि नभिराएको हैन।।
त्यसैले उसलाई जसरी पनि बचाऊ
यदि ऊ मरे भने...

अरुको जिउको कपडा उत्तारदै,
अाफ्नो जिउ ढाक्ने प्रवृति भएकाले
सधै गोविन्दलाई पागल देख्छन
किनकी उनि सत्यको बाटोमा छन
सत्यको बाटो अगाल्नेहरु केहि मात्र छन
ति बाहेक सबैले मृत्युको कामना गर्छन
गोविन्दलाई भर्याङ बनाई माथी पुग्नेहरु
उनका भावना र विचार बुझ्नेहरु 
अनि जायज माग हो भनि भगवान झै पुज्नेहरु
अाज फेरि ऊ माथी किन षडयन्त्र गरियो।।

गोविन्दले घातीहरुलाई विश्वास गरेछन
नागरिकको अाँटमा ईटा थप्ने काम गरेका छन
घातकहरु,शासकहरु,माफियाहरु
सलबलाएका छन अाँ गरेर बसेका छन
गोविन्दको मृत्यु कुरेर बसेका छन।।
त्यसैले जसरी पनि उसलाई बचाऊ 
यदि उ मरे भने....

अन्तिम निष्कर्ष यहि हो सत्यको जित हुन्छ
अन्तिम चुनोैती पहिल्याउन पर्ने भएको छ
उसलाई जसरी पनि बचाउन पर्छ 
यदि उ मरे भने ..मृत्यु कुर्नेहरु रमाउनेछन
पाँच तारे होटलमा ठुलो बहस गर्नेछन 
पचिसकेको लाजलाई छोप्दै 
उनको लासलाई पनि छुने छन उठाउने छन
प्रहार गर्नेछन र खरानी बनाउनेछन
त्यसैले जसरी पनि उसलाई बचाऊ
यदि ऊ मरे भने...

Nepali poet hari thapa

हरि थापा

प्रकासित मिति

Loading...

 

  • Kantipathnews Celebrity Profiles  Avisha Fudong Limbu

    मिस लिम्बू–२०१७ को ताज अविशा फुदोङ लिम्बूलाइ !

    मिस लिम्बू–२०१७’ को ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै सोमबार साँझ अविशा पाँचौं मिस लिम्बू ...

  • Kantipathnews Celebrity Profiles  Movie Award

    चलचित्र अवार्ड वितरण !

    नेपाली चलचित्र समीक्षक समाज (फिक्सन)ले तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राव ...

  • Kantipathnews Celebrity Profiles rekha thapa

    किन पाइनन् रेखाले टिकट !

    नायिका रेखा थापा, चर्चा र विवादबाट टाढा रहन नसक्ने अभिनेत्री हुन् । नेपाली फिल्म क्षेत्रका अन्य अभिनेत्री भन्दा बढि चर्चा र विवाद ...

yummyfood