tealaya add

sunkopinjada kantipathnews

काठमाण्डौ । सृजना अर्याल अधिकारीको कवितासंग्रह ‘सुनको पिँजडा’को लोकार्पण शनिबार सम्पन्न भएको छ । कृतिकारको जन्मदिनको अवसरमा धादिङबेशीमा प्रा डा राजेन्द्र सुवेदीको प्रमूख आतिथ्यतामा कृतिको लोकार्पण भएको हो । 

आर के गेष्टहाउसको सभाकक्षमा आयोजित लोकार्पण कार्यक्रममा बक्ताहरुले सृजना अर्यालको यस कृतिले नेपाली साहित्यको क्षेत्रमा आफ्नो परिचय दिने विश्वास गरे ।

जनता पुस्तकालय धादिङद्वारा आयोजित लोकार्पण कार्यक्रममा कृतिमाथि कवि एवम् समालोचक रमेश शुभेच्छुले बोल्नुभएको थियो । शुभेच्छुले ‘सुनको पिंजडा’मा वैदेशिक रोजगारको कारण परिवार एवम् समाजमा देखापरेको विचलन, नारीको दु:ख, व्यथा एवम् नारीमाथिको उत्पीडन विरुद्ध विद्रोहको स्वर व्यक्त भएको एवम् समकालीन विषयवस्तुमा सृजनाले कलम चलाएको बताउनु भयो । 

प्रमुख अतिथि प्राडा राजेन्द्र सुवेदीले नेपाली भाषामा यो कवितासंग्रहले सानो भनेपनि योगदान गर्ने बताउनु भयो । कविता लेख्दा प्रचलित शब्दहरूलाई प्रयोग गरी लेख्नुपर्ने, एउटा विषयबस्तुमा एउटा लय वा भावना नटुटाई लेख्न समेत कविहरूलाई स्मरण गराउनु भयो । प्राडा सुवेदीले साहित्यमा महिलाको संख्या न्यून रहेको र सृजनाको उपस्थितिले महिलाहरूको उपस्थितिमा थप बल पुर्‍याउने समेत बताउनु भयो । 

कवि सृजना अर्याल अधिकारीले कृति प्रकाशनका क्रममा सहयोग गर्नुहुने विशेष व्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्नुहुँदै लेखन-यात्रा एवम् संघर्षको बारेमा बताउनु भएको थियो । कार्यक्रममा प्राध्यापक कोषराज न्यौपाने, नरनाथ लुईटेल, प्राध्यापक रामचन्द्र लम्साल, प्राध्यापक लिलानाथ पौडेलको विशेष आतिथ्य रहेको थियो। कार्यक्रममा डा.नविन बन्दु पहाडी, धादिङ सिर्जना प्रतिष्ठानका अध्यक्ष प्रकाश पौडेल लगायत विभिन्न संघ, संस्थाका प्रतिनिधि तथा साहित्यकारको आतिथ्यता रहेको थियो । जनता पुस्तकालय धादिङका अध्यक्ष देविप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो।

धादिङ सिर्जना प्रतिष्ठानकी सचिव, प्रगतिशील लेखक संघकी सदस्य सृजनाको यस संग्रहमा छन्दोबद्ध कविता ५४ संग्रहित छन् । कृति ऐरावती प्रकाशनले बजारमा ल्याएको हो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर