grammy

नेवा सम्मिलित देव प्रिमलको अल्बम ‘देव’ ६२ औं ग्रामी अवार्डको बेष्ट न्यू एज अल्बममा मनोनयनमा परेको छ । मनोनयनमा ‘देव’सँगै अन्य चार अल्बम छानिएका छन् ।

२१ नोभेम्बरमा आफनो फेसबुक पेजमार्फत मनोसेले देव र मिटेनले फोन गरी आफूहरुको अल्बम ग्रामीमा मनोनयनमा परेको समाचार सुनाएको र यसबाट आफू चकित परेको उल्लेख गरेका छन् । देव प्रिमल, मिटेन र मनोसेको यो अल्बम गायत्री मन्त्रको भक्तिसंगीत हो, अल्बममा मनोसेले बाँसुरीका असाधारण धुन प्रस्तुत गरेका छन् ।

काठमाडौं बौद्धका मनोसे बाल्यकालदेखि नै बाद्यवादनमा सरिक थिए । उनी सुकर्म ब्याण्डका संस्थापक सदस्य पनि हुन् । लामोसमयदेखि अमेरिका बसिरहेका उनले नेपालमा क्यान्डेजा कलेक्टिभ, १९७४ एडी, आनी छोइङसँग पनि काम गरिसकेका छन् । उनी सन् १९९८ मा पहिलोपटक विख्यात तबलावादक होमनाथ उपाध्यायको साथमा प्रस्तुतीका लागि पश्चिमा देशहरुमा पुगेका थिए । सन् २०२० को जनवरी २७ मा हुने समारोहमा ‘देव’ले ग्रामी अवार्ड जितेमा मनोसे ग्रामी पाउने पहिलो नेपाली संगीतकर्मी हुनेछन् ।

नेपाल-चीन सहमतिमा आठ अमेरिकी सांसदको आपत्ति !

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर