1478958692 banner ad format

 
 

कति सजिलै कुमारले कुमारी पाए देखि 

बिर्स्यो बा-आमा छोराले, बुहारी पाए देखि ।

 

उनी पनि मख्ख हुन्छिन आफ्नो प्रेमीसङ्ग,

उपहारमा दिनहुँ महँगा सारी पाए देखि ।

 

दाइ मार्न भनी आफ्नै भाइ कसिइरहेछ

छिमेकीले दिएको नगद सुपारी पाए देखि ।

 

कति खुशी हुन्छिन होला नेपाल आमा

नेपालमै भएको आफ्नो चिनारी पाए देखि

Prabha Dhungana gajal

 प्रभा ढुंगाना, नुवाकोट

प्रकासित मिति

Loading...