tealaya add

-प्रतिक्षा शर्माको गजल 
 
कोहि मनका अति अति नै राम्रा भेटिए
कोहि मानिस भित्र भेडा बाख्रा भेटिए
 
महल भित्र सुनिए नाता टुटेका कथा
जिवन्त प्रेमको शिक्षा दिने छाप्रा भेटिए
 
कतै दुइ मुटु गाँसिएर एउटै थियो
कतै एउटै मुटुको दस टुक्रा भेटिए
 
मन साटुन्जेल एक अर्कामै सिमित प्रेम
तन साटेपछी सडकमा जात्रा भेटिए
 
जवानीको प्यास समयले लुटेपछी 
उफ ! बल्ल प्रेम प्यालाका गाग्रा भेटिए 
 
 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर