tealaya add

purudai 1

गिताङ्गे दाजु

गिताङ्गे दाजु,
आँखा चिम्म गरेर कति गाइरहनुहुन्छ गीत नालापानीको ?
एक् चोटि आँखा खोलेर हेर्नुस् त
तपाँइको घरमा आगो लागिरहेको छ
एक् चोटि कान् खोलेर सुन्नुस् त
तपाँइको घर खरानिको थुप्रो बन्नु अघि
तपाँइलाइ सम्बोधन् गर्दै अन्तिम् चोटि पानी मागिरहेको छ ।।

सुसेल्दै गीत् गाउदै
कहिले सम्म उद्याइरहनुहुन्छ खुकुरि ?
कोहि कोहि बेला एस्सो फुर्सद् निकालेर
समयको ऐना पनि हेर्नुस् त
तपाँइको अनुहारमा खिया लागेर
तपाँइ आफैले आफैलाइ नचिन्ने भैसक्नु भएको छ ।।

दाजु,
तपाँइ संगै हिडेका हरु,
तपाँइ हिड्दा हिड्न सिकेका हरु
अनि तपाँइ हिड्दा नजन्मिएका हरु
आज घुम्ति, कुइनेटा र डाँडा काटेर
कहाँ कहाँ पुगिसके
तपाँइलाइ थाहा छ कि नाइ ?
उनिहरुका पाइतालाले
सागर् छोइसके शिखर् टेकिसके
उनिहरुका आँखाले
इन्द्रेणिका सातै रङ् देखिसके
तपाइँलाइ थाहा छ कि नाइ ?
तँपाइले भने बाजे बराजुका बटारिएका पाखुराको गीत् गाएरै
जुग् बिताइदिनु भो
यहि चौतारोमा सुस्ताएर यहाँ घाम् ले पनि
एक् फेरो ब्रम्हाण्ड् घुमि सक्यो
हज्जार चोटि उदाएर हज्जार चोटि अस्ताएर 
यहि चौतारोमा तपाँइको गालालाइ छोइ गएको हावाले पनि
करोडौँ मान्छेको फोक्सो छामि सक्यो ।।

दाजु,
तपाइँलाइ छपक्कै छोपिसक्यो धमिराले
अनि छ्यान्द्रा छ्यन्द्रा पारिसक्यो तपाँइको ज्यान् कमिलाले,
अझै कहिले सम्म गाइरहनुहुन्छ गीत्
उहिले पुर्खाले लडेका लडाइँ हरुको ??

गिताङ्गे दाजु,
तपाइँका छिमेकिले छोराछोरिलाइ
हिड्न दौडिन उफ्रीन पौडिन
पखेटा फिँजाएर हावामा उड्न सिकाए।
तपाईँका बाल् सखा हरुले
आफ्ना सन्तानहरुको हातमा
किताब् कलम् औजार्
अनि माथमा देदिप्यमान् बिचार राखेर
संसार जित्न पठाइसके।
तर,तपाँइ भने
कुपोषणले हाडछाला भएका
पिल्पिलाउदा लालाबाला हरुलाइ
किन घोकाउदै हुनुहुन्छ
हिजोको वीरताको गोर्खे गाथा?

दाजु,
तपाइँका बा को हातमा खुकुरि थमाइदिएर
अर्कै मान्छे निदाएको थियो मस्तसंग ।,
तपाइँका बाजेको काँधमा बन्दुक
अनि छातिमा वीरताको तक्मा भिराइदिएर
अर्को मान्छे बनाइरको थ्यो विष्वविजयि योजना हरु,,
दाजु,तपाइँका पुर्खा
लडे अर्कै का लागि
मरे अर्कै का लागि
हारे अर्कैका लागि
जिते अर्कै का लागि ।।
यत्तिमात्रै हो ,
भित्तामा झुण्ड्याइएको बाजेको तक्माले
तपाँइको बुध्धिमा छाँया पारेछ दाजु ।

गिताङ्गे दाजु,
हेर्नुस् त बसि बसि
वीरताका हज्जार् गीत् गाउदा गाउदा
कसरि तपाँइका गोडा कुँजिसकेछन्।
भोकभोकै इतिहास गान् गाएर
कत्ति क्षिण् र शक्तिहिन् भएछ तपाँइको ज्यान्।

केहि कथम्,
तपाँइ यहि चौतारोमा ढल्नु भो भने
समय आएर तपाँइको लाशमा दुइटा फूल् चडाउने छैन ।
म यकिन साथ् भन्न सक्छु,
तपाँइले जसको गीत गाएर जिन्दगि गुजार्नु भो
त्यहि वीरताको इतिहासले तपाँलाइ माफ् गर्ने छैन
तपाइँको जिउमा पर्ने छन् किरा र औँसा हरु
आउने छैनन् मलामि
अनि दिइने छैन एक्काइस् तोपको सलामि ।।

इतिहासको सर्टिफिकेट्
वर्तमानको बजारमा नबिकेपछि
बेरोजगार भएको तपाँइको सन्तान
पेटमा ज्वाला र आखाँमा ज्वालामुखि बोकेर आउनेछ
भित्तामा झुण्ड्याइएको वीरताको तक्मा उधिनेर
कौडिको दाममा बेच्नेछ
र खानेछ साँइलिको भट्टिमा रक्सि
अनि धारे हात पारेर
वर्साउनेछ तपाइँ माथि अश्लिल् गालि हरु।।
त्यसैले,ए मेरो गिताङ्गे दाजु,समय छ अझै
आँखा खोल्नुस्, उठुनुस्,
तपाँइलाइ भोलि ले दुबै हात फैलाएर अंगाल्न बोलाइरहेछ ।।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...