annapurna add

120348722 380311946331935 8707893265667400317 n

कज्याई जन्ताको सहज सुख र जीवन गति,

सुख बॉड्ने भन्थे झुट वचनका धृणित मति ।
महत्वाकांक्षाले गरे रजगज शाषन जति,
कठै देशै डुब्यो धनि गरिवको खाडल अति ।
हाहा होहो भन्ने कपुतहरू आफ्ना बस लिई ,

बनि अन्धा भक्त बिमित भए दण्डित दिई ।
रजॉई जम्दो छ जनमत प्रति खिल्लि गरदै,
बेला यै हो चुस्ने हरूवा-चरूवा युक्त गरदै ।

तिरस्कृत जन्ताका सदन तीर ति झुण्ड बनिदै ,
बिछ्याई स्वास्वप्ना जगत जितको वाणी छरिदै ।
कज्याई आकॉक्षा अबुझ बनि साम्यवादी भनियो,
पुगे के सत्तामा ? ब्रह्मलुट तिर आज घुलियो ।
रचि नाना टुक्का अमर देशभक्ति कहलियो,

न रक्षा सिमाको गफ सब छुटे कुर्सी गलिगो ।
न सम्झन्छन् यिन्ले वचन कति बॉडे उधारमा ,
न छ देशको माया जनता कति चल्छ सकसमा ।
न क्वै मर्छ भोक्ले न त मिलदछन् दुखितहरू,
यहीँ स्वर्ग रम्छ चकित सब हुन्छन् भूतलहरू ।
यि यस्तै बेकम्मा भो नगर अब थप गफहरू,
अघाए जन्ता सब नगर न अब नाटक अरू ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...