tealaya add

rmc kantipathnews

पुष्कर खड्का : रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा मानव बेचबिखन विरुद्धको अभियानमा श्रष्टाका आवाज भन्ने नाराका साथ रचना बाचन कार्यक्रम सम्पन्न भएको छ ।

रामेछाप कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा रामेछाप, दोलखा र सिन्धुली जिल्लाका श्रष्टाहरुको उपस्थिती थियो ।

८० भन्दा बढी श्रष्टाहरुले विभिन्न सिर्जना बाचन गरेका थिए । प्रतिष्ठानका अध्यक्ष धनलाल योञ्जनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतले श्रष्टाका सिर्जनामा आलोचत्नाक सुझाव समेटिएको हुनुपर्ने बताए ।

आफ्नो विद्यार्थी राजनीतिको समय स्मरण गर्दै र गोपालप्रसाद रिमाल, जिबी टुहुरे लगायतका साहित्यकारको उदाहरण दिँदै मेयर बस्नेतले सबै तहका सरकारका कामबारे खबरदारी गर्न साहित्यकारलाई आग्रह गरे । साहित्कारसँग साक्षात्कार गर्ने मन रुची हुँदाहुदै पनि समय अभावका कारण त्यो पूरा हुन नसकेको गुनासो पनि गरे ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रामेछापका युवा नेता आनन्द श्रेष्ठले खबरदारी सहितको आलोचना र आलोचना सहितको सुझाव सिर्जनामा समेटिनुपर्ने बताए ।

विकास, समृद्धि र सुशासनका लागि साहित्यको महत्वपूर्ण योगदान हुने बताउँदै नेता श्रेष्ठले विश्वका हरेक राजनीतिक परिवर्तनमा साहित्यको योगदान उत्कृष्ट रहँदै आएको बताए ।

कार्यक्रममा गौरिशंकर क्याम्पसका पूर्व क्याम्पस प्रमुख नीरबहादुर कार्की, पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाशखत्री लगायतको उपस्थिती रहेको थियो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...