tealaya add

 अाधारभुत अावश्यकता पुरा गर्नकै निमित रोजगार र अबसरको खोजीमा बैदेशिक रोजगारमा जाने क्रम तिव्र रुपमा बढ्दो छ बैदेशिक रोजगार सीप र धन आर्जनको अबसर पनि हो। धेरै मुलुकले बैदेशिक रोजगारबाट प्राप्त सीप र आर्थिक आर्जन मार्फत बिकास गरेको तथा अन्तमा आफ्नै मुलुकमा आफ्नै स्रोत बिकास गरि हाल बिकसित मुलुकमा रुपान्तरण भएको धेरै उदाहरण हाम्रो सामु छन् ।

नेपालको सन्दर्भमा बैदेशिक रोजगारको सुरुवात कहिले देखि भयो भन्ने कुरा सोधको बिषय हुन सक्छ। परापुर्व कालमा रोजगार र ब्यबसायको लागि भोट देखि बर्मासम्म जाने गरेको उदाहरण बुढापाकाहरुले सुनाउने गरेको पाइन्छ तर पछिल्लो समयमा यो ह्वातै बढेको छ यसको असर परिवार समाज र राष्ट्रमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा परेकै छ । किनकी श्रमीकले श्रम गरेवापत केही रकम त ल्याउला तर त्यसको पछाडी धेरै समस्याहरु अाउने गरेको छ मानसिक रोज दिर्घ रोग का लक्षणहरु धेरै वैदेशिक रोजगारमा गएको युवापुस्तामा देखिने गरेका तथ्यहरु फेला परेका छन ।

ब्यक्तिले रोजगारको क्रममा विभिन्न यातना पिडा भोग्नुको साथै ठुला ठुला दुर्घटना वेहोर्नुपरेका दर्दानक घटनाहरु दिन प्रतिदिन बढेको छ साथै परिवारिक विखण्डन पछिल्लो समयमा मोैलाएको छ यसले राष्ट्रलाई प्रत्यक्ष रेमिटान्सको फाईदा भए पनि ब्यक्तिगत रुपमा धेरै पिडाहरु घाटा वेह्रोर्नु परेको छ ।

विभिन्न उदेश्य, सपना, चाहना र बाध्यताले अाफ्नो परिवार बाट छुटिएर टाढा बस्नुको पिडा परिभाषित रुपमा प्रस्तुत गर्न सकिदैन यो नेपालीहरुको मानविय स्वभाव नै हो सुख देखाउन सक्छन तर दुख कहिल्यै देखाउदैनन्

सबैले चाहनाले मात्र यो बाटो रोज्दैनन् रोजिरोटिकै अभावमा विदेशिएका हरु धेरै छन जसको सपना मात्र दुई छाक टार्न सकियोस तर पनि केहि ब्यक्तिको सपना पुरा भए होला धेरैको यस्ता सपनाहरु विचैमा टुटेका छन फुटेका छन र परिवार विस्थापन भएर शोकमा डुब्दै पलपल रेटिएर जिउदै जलिरहेका छन ।यो वास्तबमा जसलाई दुख परेको छ उसले मात्र भोगीरहेका छन यसमा सरोकारवाला ब्यक्तिहरुले सहानुभुतिसम्म दिएका छैनन् ।

हामी संग कति सजिलो वाहना छ देशमा केहि हुन सकेन अब विदेश जाने टन्न कमाउने अाउने अनि गाउ घर छाडेर शहरमा एउटा घर बनाउने घर पनि यस्तो होस कि चारै तिर बाट सडकले छोएको अनि सटर निकाल्ने भाडामा दिने अान्नदको जिवन जिउने घर भाडाले नै जिवन जिउन पुग्छ कति सजिलो बाटो खोज्छोै हामी सबैको चाहना हो हामी यस्ता सपना बुन्न कोही पछि पर्दैनोैँ वास्तवमा हामी भित्र भित्रै बहकीन बाहेक केहि जानेका छैनोैँ ।

एकाथरी भावनामा बहकिदै यसरी पलायन हुने गरेका छन भन्दा फरक नपर्ला जसले सुनोैलो भविष्यको रचना गर्दै भाग्यको रेखा कोर्दै असिमित सपनाहरु पुरा गर्ने दाउमा छिरेका हुन्छन ताकी जादु होस विदेश पुगेको भोल्लिपल्ट देखि सकेको भ्याएसम्म रुखको पात झै बक्रेल्ती जताजतै पात सरी पैसा मात्र टिप्ने काम एक दुई बर्ष टिपे पछि जिवन भरि मोज गरेर खान पुगोस सुखसयलमा जिवन वितोस यो स्वभाविक सबैको चाहना हुन्छ सबैलाई चाडो भन्दा चाडो प्रगति गर्ने प्रतिशपर्धाले सबैलाई दोैडाईरहेको छ ।

अर्काथरि ब्यक्तिहरु यस्ता छन जो अाखाँले देखेका छन तर प्रत्यक्ष भोगेका छैनन ।हिजो अाजको जमाहत पनि त्यस्तै छ रोजगारको क्रममा विदेश गएका युवायुवतीको फुर्तिफार्ती,चुरीफुरी देख्दा सुकिला मुकिला ठुला ठुला सुन्दर घर टावर रिसोर्ट तिरको फोटोहरु हेर्दा सबैलाई त्यो तरङ्गले छुन थाल्छ को होला ताकी सबै फोहोरी भएर दुखको जिवन विताउन सकुन यथार्थ,वास्तविकता वाहिर देखाउन सकुन कोही छैन मनमा भारि चोट बोकेर पनि मुस्कान दिन सक्छन यहि हो नेपालीपन र नेपाली स्वभाव धेरै सहनशिलता छ नेपालीहरुमा हामीले भोग्दै देख्दै अाएका छोै सोझोमा अतिनै सोझा र केही फटाह छन तिनीहरु यति चलाखि छन दुनिया रुवाएर अाफु खुसिको जिवन जिउ्छन तर के दाजुभाई वा एक नेपाली ले अाफ्नै नेपालीलाई ठगेर लुटेर कहिल्य सम्म खुसि रहन सक्लान?

आत्मीय साथी रिप 

विलकुल यस्तो मान्छ जो छन कहिल्यै खुसि र सुखि रहन सक्दैनन् । सबैलाई सुखको जिवन जिउन रहर हुन्छ सबैलाई अार्थिक स्वतन्त्रताको अाबश्यकता हुन्छ सबैलाई सुकिला मुकिला भएर सानको जिवन जिउन मन हुन्छ यस्तै यावत विषयले पलायन हुने क्रम तिव्र रुपमा अाज भन्दा भोली बढ्दै गईरहेको अबस्था श्रृजना भईरहेको छ । 

यस विषयमा सरकार लगायत अन्य रोजगार दाताहरु विभिन्न निकाय जो नेपाललाई दिगो विकास भन्दै विभिन्न कार्यक्रम लिएर हिडीरहेका छन स्वास्थ्य शिक्षा रोजगार विभिन्न विषयमा सक्षम बनाउने कार्यक्रम वर्षेनी घोषणा हुने गरेको छ तर घोषणा हुन्छ तलब भत्ता बाहेक एक रुपया खर्च हुदैन कुनै योजना छैन त्यस्ता भ्रष्ट ब्यक्तिहरुलाई प्रमुख बनाईएको छ के गर्ने अाशा यस्तै पिडाको समाधान हो वैदेशिक रोजगार...

हो सबैलाई उज्यालो भविष्यको अावश्यक छ र अाशा पनि जसरी एउटा किरा उज्यालोको खोजिमा बलिरहेको वत्तिको छेउमा अाउछ र वत्तिको तापले जलेर मर्छ त्यस्तै थाहा छैन हामी वेरोजगारी हरु कहिल्य सम्म उज्यालो भविष्यको खोजिमा परदेश धाईरहेका छोै कहाँ कति वेला राप र ताप मा परिन्छ कसैलाई जानकारी छैन तर यात्रा रोकिएको छैन जब सम्म उज्यालो भेटिदैन यो यात्रा रोकिने छेैन र जब सम्म जल्दैन अाशा कहिल्यै मर्दैन यो नै हो नेपालीको हरुको सङघर्समय यात्रा...


स्टिल मिस यु डियर 


फेरी यो यात्रा रोकियो भने विचोैलिया,दलाल,मेनपावर हरेक कर्मचारी सरकार लामबद्द छ सय एक भोक भोकै मरिहाल्छन नी त्यसैले पनि हामी गरिव जनताहरुमा ठुलो जिम्मेवार छ अाफ्नो परिवार साथै देशका सबै कर्मचारी देश पाल्नु परेको छ त्यसैले त प्रधानमन्त्रीले एउटा लासको यति भनेर मुल्य तोकेको छ कठै मेरो देश अाफ्ना संभावनाहरुलाई साईड लगाएर अरुकै खेती गर्न पल्केका बाध्य पारिएका हामी वेच्ने र किन्ने छ त छदै छ मरे पछि पनि लासको मुल्य भर्खरै तोकिएको छ दिनु राम्रै कुरा हो तर यसरी रेट तोक्दै हिड्नु चाहि त्यती अोैचित्य नहोला सकिन्छ भने यथाशिघ्र अाफ्नै देशमा रोजगारको ब्यवस्था गरे समस्याको समाधान हुने थियो की भन्ने मेरो ब्यक्तिगत भनाई हो.....

लेखक : हरि थापा 

प्रकासित मिति : २०७३ माघ १६ गते 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...