tealaya add

rup kantipath

हेटौंडा – १५ रातोमाटेमा रहेको दिव्यसेवा निकेतनमा आश्रित साहित्यकार भूपेन्द्रप्रकाश बास्तोलाले रचना गरेको उपन्यास ‘रुपकली’को प्रदेश नम्बर ३ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले लोकार्पण गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री नेपालले समाज परिवर्तनमा साहित्यको ठूलो भूमिका हुने र अबको साहित्य राजा महाराजको बखान गर्ने नभई समाज विकासमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

उनले साहित्य सिर्जनामा अनवरत क्रियाशील भूपेन्द्रप्रकाश बास्तोलाको प्रशंसा समेत गरे । कार्यक्रममा निकेतनका प्रमुख सल्लाहकार पूर्व सांसद केदार न्यौपाने, मकवानपुर बहुमुखी क्याम्पसका प्राध्यापक घनश्याम घिमिरे, हेटौंडा–१० का वडा सदस्य इन्द्र नेपाल, निकेतनका मकवानपुर शाखा अध्यक्ष चम्फुसिँ वाईवा, सचिव अर्जुन पोखरेल, सदस्यहरू राजु अधिकारी, शान्ति वाइबा, लालबहादुर गोले, मीरा वाइबा, सूवर्णसिँ वाइबा लगायतकाको आतिथ्यता थियो ।

कार्यक्रम निकेतनका केन्द्रीय अध्यक्ष टीआर निरौलाको अध्यक्षतामा भएको हो ।

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...