tealaya add

काठमाण्डौ । साहित्य सुधा नेपाल शाखाको औपचारिक घोषणा भएको छ । डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय लाजिम्पाट, काठमाण्डौमा शनिबार शाखाको समुद्घाटन भएको हो ।कृष्णदेव रिमालको  सञ्चालन वरिष्ट कवि रमेश खकुरेलको प्रमुख अातिथ्यतामा डा रामप्रसाद ज्ञवाली, डा देवी नेपालको विशेष अातिथ्यतामा साहित्य सुधा नेपाल शाखाको घोषणा भएको हो ।
दीप प्रज्वलनपछि प्रमुख अतिथि रमेश खकुरेलले कार्यसमिति र सल्लाहकारको नामावली सुनाउनु भएको थियो ।  कल्पना काफ्लेको अध्यक्षतामा कार्यसमिति बनेको छ । जसमा गणेश घिमिरे उपाध्यक्ष, इन्दिरा दाहाल सचिव, कृष्णदेव रिमाल सहसचिव, मुकेश रिजाल कोषाध्यक्ष छन् । कार्यसमितिमा दुष्यन्त भट्टराई, राजेन्द्र घिमिरे, टीका सुदिश निरौला र गौतम भद्रध्वज सदस्य छन् । कार्यसमिति सल्लाहकारमा गण्डकी पुत्र, मनीषा प्रसाईं, पुष्प घिमिरे काँडा, रमेश पौडेल, कृष्ण प्रसाईं (कानुनी) र कलानिधि दाहाल रहेका छन् ।
गणेश घिमिरे मार्मिकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सन्ताउन्न  कविले रचना वाचन गरे ।
प्रदीपकुमार मैनाली, प्रकाश बस्नेत गफाडी, कलानिधि दाहाल,भागवत अाचार्य, छवि बैरागी घिमिरे, रामराजा तिमल्सिना, राजेन्द्र घिमिरे, भैरवी भूगोल, लव खड्का, मानसी रेग्मी, कोशराज न्यौपाने(मन्तव्य सहित), प्रह्लाद पोखरेल,गण्डकी पुत्र(मन्तव्य सहित), प्रभा भट्टराई, रामप्रसाद ज्ञवाली(मन्तव्य सहित), पुनम घिमिरे, गणेश घिमिरे गहन, रुकेश श्रेष्ठ,पृथक हिमाल वली, गजेन्द्र मोक्तान, भुवनहरि सिग्देल, गङ्गा अाचार्य(पर्वत),सुनील अधिकारी, मुकेश रिजाल, कृष्ण प्रसाई, सुजन ढुङ्गेल, कुमार नेपाल, डम्बर घिमिरे, रुद्र अधिकारी, रमेश पौडेल(मन्तव्य सहित), बद्री उप्रेती,पदम दोङ, गङ्गा अाचार्य(नुवाकोट), सुशान्त केसी, पुष्कर लोहनी, सीता पौडेल, विजयराज न्यौपाने, हरि सिग्देल, देवराज जोशी, विजयध्वज थापा, भुवन सिवाकोटी, रवीन्द्र अाशिष शैली, निर्मलरमण पराजुली, वासु काफ्ले, साया मोक्तान, राधा कार्की दुवाल, अामना पौडेल, प्रभाती किरण,सरोज घिमिरे, चन्द्रप्रसाद न्यौपाने, पुष्कर लोहनी, मुकेश रिजाल, दुष्यन्त भट्टराई, देवी नेपाल(मन्तव्य सहित), कृष्णदेव रिमाल, इन्दिरा दाहाललगायतले आफ्ना रचना प्रस्तुत गरे ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

ताजा खबर