annapurna add

VISIT NEPAL 2020 को #Tag लगाएर मैले, मेरा थुपै रहर र सपनाहरू tag गरेको छु ‍। एकिदन 2020 को गणितमा 02_02 थपिएको छ । र म यो magic number ( 2020_02_02 ) मा magic सपनाको झोला बोकेर हतार हतार काठ्माडाैँ बाट बर्दियाको लागि निस्किएँ । मैले मेरा मनका थुप्रै रहरहरू मारेर पनि, केहि रहरहरू उब्जाएको थिएँ ।

satya thapaम फरक देखिन्थेँ टाढाबाट, झोला भारी थ्यो, मन हलुङ्गो ।   रहरको भारी बोकेर दिन ढल्किँदै गर्दा म बर्दिया राष्ट्रिय  निकुञ्ज भित्र प़वेश गरेँ । अब न हतार  थियो मसगँ, न भारी ।

#Tag गरेको रहर मेटाउने आशामा, एक्लै जङ्गलको बाटो हिडिरहे म, डराएको थे, अलिकति ! उत्सुकता र कौतुहलता थ्यो सगॅसगै । म टकटक अगाडि गए । मेरो पछिपछि केहि आइरहेको आवाज आयो मलाई ।

म झस्किएँ, डराएँ पनि, सोचेँ; यस्तो सुनसान ठाउँ, त्यो माथी जङगल बर्दिया राष्ट्रिय निकुञ्जको । अलि अगाडि पुगेँ, र देखेँ, एउटा बुढो, ठूलो सालको रूख, रोकिएँ, र बसेँ रूखमुनि ।

त्यो घनघोर जङ्गलको परबाट, शान्त भएर केहि मेरो नजिक आइरहेको अनुमान भयो मलाई । म डराएँ र सोचेँ , यत्राे ठूलो, यति सुनसान , घनघोर जङगलमा, मलाई जङ्गली  जनावरहरूले घेरेर मारे भने, बाघ, भालु आएर लखेटे भने, थोरै साहस बटुलेर अडिएँ त्यतै, त्यो आवाज बिस्तारै ठूलो ठूलो हुँदै गयो, र मेरो मन डरले सानो सानो, हुदा हुदैँ त्यो आवाज मेरै अगाडि आइ सक्यो, म निथ्रुक्कै भएँ डरले, आँखा बन्द भए मेरा , रोकिएँ म त्यहिँनेर, केहिबेर पछि बिस्तारै आखॅा खोलेँ, र देखे ;

पहेँलो र सेतो टाटे रङ्गको, लामो लामो जुङगा भएको, देख्दै खाइहाल्ला जस्तो लाग्ने, बाघ पो रहेछ । यति देखेपछि न त म बेहोस हुन सकेँ, न त म बोल्न नै । म यसरी नतमस्तक भएको देखेर  बाघले मेरो मनको कुरा बुझ्छ र भन्छः

- “मलाई लागेको थियाे, तिमी भेट्न आउँछौ भनेर” बाघ बोल्यो ।”

- “चिन्छौ, र मलाई”
- “किन नचिन्नु सत्यलाई”
- “नाम नै था रैछ त…”

म शान्त हुनुको बिकल्प थिएन  । हामी  शान्त भयौँ, र बस्यौँ, मैले आफैँलाई पत्याइँन , म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघसॅग बसिरहेकोछु, कुरा गरिरहेकोछु भनेर, फेरी सोचेँ, आखिर म छु नै त बाघसॅग । बाघले मलाई बन्यजन्तु, वनजङ्गल  र बासस्थानको बारेमा वेलिविस्तार लाएर भन्यो, मैले हुन्छ मात्रै भनेर सुनिरहेँ । अब म एक्लो रहिँन , हामी निस्कियौँ त्यहाँबाट,  र हिड्दै गयौँ , अलि पर पुगिसकेपछि सोधेँ मैले,बाघलाई,

- “कता जान लागेको हामी ?”

- “खोलामा !!”

- “मैले भने, पौडिन ?”
- “होइन, पानी पिउन ।”

मेरो मन, मेरो मन जस्तो रहेन अब, मेरो मनले सोचेको बाघलाई,  मैले देखेको बाघले खाईदिएछ । हामी अलि अगाडि आईसकेपछि एउटा सुन्दर खोला उत्तर- दक्षिण बगिरहेको थियो, किनारैमा एउटा कुवा पनि रहेछ, हरियो झारहरूले छोपिएको  थियो त्यसलाई ।

सुनसान जङगल छनछन गर्दै बगिरहेको खोला ।  पानीमा रङ्ग थिएन तरपनि सबै हरियो देखिरहेको थियो, यतिकैमा बाघ तल झर्यो , र पानी पिउन थाल्यो ,म एकटकले हेरिरहेँ, यी सब कुराहरू । बाघ माथी आएर भन्यो मलाई..

-“पानी नपिउने तिमी ?”

-अहॅ

-“यो त मिनरल वाटर हो नी !”

यति सुने पछि मैले मुस्कुराउँदै पानी लिएँ, र भने
 -“मिनरल नि रहेछ, फिृजको नि रहेछ ।’’

फेरि जङगल भित्रको बाटो पन्छ्यायौँ हामीले, जङगलको बाटो ,बुट्यान झारहरूले घेरिएको ,बाघले बाटो पन्छाउँदै मलाई डोर्याएर लग्याे । बाघ  मसगॅ घुलमिल हुँदै गएँ, र म अचम्मित हुँदै गएँ । यत्तिकैमा एउटा खरायो डरले दगुर्दै दगुर्दै गयो,तर हामी उसलाई देखेर निर्धक्क साथ विस्तारै गयौँ ।

रोकिँदै हिँड्दै - रोकिँदै हिँड्दै गरिरह्याैँ बाघ र म, रूखहरू घना-घना हुँदै आएसॅगै कर्णालीले सुसेलेको सुनिन थाल्यो अब, यतिकैमा मेरो आखॉ हरिणमा परेछ, त्यो सुतिरहेको थियाे, बाघ र म अगाडि बढिरह्यौँ, मैले मनमनै भने, ए हरिण भाग ? बाघ आउँदै छ ।

म बोलेको हरिणले सुनेन पनि , भागेन पनि । फेरी मैले पुकार गरेँ, महादेव भगवानसॅग , हे भगवान यो विचरा हरिणलाई बचाइदेउ । बचाउनु भएछ भगवानले हरिणलाई, हामी हरिण छोडेर अगाडि बढ्यौँ आफ्नै सुरमा । मैले बुझ्नै सकिन, अप्ठ्यारो ब्यावहार । सोधेँ बाघलाई ।

“बाघ ! खरायो, हरिणलाई चाहि किन नखाएको  ? ”

-“म मासु खादिन नी ” बाघले भन्यो

-“के रे , मासु खादिन रे ”

-“माघको महिना क्या । ”

-अरे वा !!!

म बाघका कुरा देखेर अचम्मित संगसँगै प्रफुल्लित हुँदै गैरहेको थिएँ । हामी हिँड्दै गइरह्यौँ  अनि बाघले टाउको हल्लाउँदै सुन्दर बगैँचा देखाएर भन्याे, हो हामी त्यतै जान लागेका हौँ । अब चाहीँ मेरो गन्तब्य स्पष्ट भयो र मेटियो मेरो मनको कौतुहलता पनि । जब म नजिक नजिक पुग्दै गएँ, त्यो बगैँचा झन मनोरम हुँदै गयो ।

म कुदेर गएँ बगैँचामा, र हेरेँ चारै तिर, यो फूलहरूको बगैँचा मात्र होइन रहेछ, खुसीहरूको बगैँचा रहेछ यो त । यहाँ फूलसॅगै खुसीहरू पनि फूल्ने रहेछन्, नओइलाउने गरेर, मन्त्रमुग्ध भएँ म, स्वर्गिय अनुभूतीका साथ ,स्वर्गको एउटा टुक्रा, खसेछ  यता पनि ।

बाघहरू यस्ता ठाउॅमा बस्दारहेछन् र त खुसी रहेछन्, म पनि खुसी भएँ र बटुलेँ पनि । म अनेक थरी फुलको मज्जा लिइरहेको बेला बाघ भने आफ्नै धुनमा मस्त थियो, यत्तिकैमा हस्याङफस्याङ गर्दै बाघ म तिर आयो ,

म टक्क उभिएँ, र हेरे बाघ तिर । बाघले मुखमा च्यापेको सुन्दर गुलाब हात मा लिएर मुस्कुराउँदै भन्यो,

“ह्याप्पी रोज डे Young Men…”

म हिस्स हाँसे र गुलाव लिँदै भने; “ भ्यालेन्टाइन भरी यहि ठाँउमा कुर्ने छु म । ”

  -सत्य थापा

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर