tealaya add

             shanti lama

              गजल 

मुटुमा घाउ मनमा पिर छ, अमिर भएर के गर्नु
आँखामा बिझ्ने तिम्रो त्यो तस्विर भएर के गर्नु

छोएसी दाग लाग्छ सुन्दर कोमल फूलमा
सम्राट बन्छ पत्थरको लकिर भएर के गर्नु

देख्नाको डाल खानाको काल भने झै गरेर
कामै नलाग्ने मान्छेको शरीर भएर के गर्नु

हामीले परदेश नगई नहुने कारण यही हो
पैसा बिनाको सरकारी जागिर भएर के गर्नु

गरौला सँगै सहयात्रा अनि मरौला सँगै हामी
यो जिन्दगी जिउन सुसाफिर भएर के गर्नु

 ✍️ शान्ति थिङ्ग लामा

सिन्धुपाल्चोक

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...