लघुकथा

१ )  :- अक्कड बहादुर

कार्यक्रम चलिरहेको छाप्रो पछाडीको बाँसघारीमा अक्कड बहादुर दिसा गर्दै थिए, कार्यक्रम सञ्चालक माईकमा ठूलो स्वरमा बोले "मन्तब्यकै क्रममा अब आउँदै हुनुहुन्छ यसै गाउँपालिकाका अध्यक्ष श्री अक्कड बहादुर...! यो सुन्नासाथ अक्कड बहादुर हतार हतार बनामाराका स्याउलाले दिसा पुछेर कार्यक्रम स्थलमा पुगे माईक समाएर आफ्नो मन्तब्य राखे र अन्त्यमा भने - यस "खुल्ला दिसामुक्त गाउँपालिका घोषणा कार्यक्रम" मा पाल्नुहुने यहाँहरु सबैलाई धन्यवाद !

lekhkarki

२ )  - प्र्याङ्क

गोठाला गएको सुमन उतैबाट बटुवालाई खसी बेचेर भागेर काठमाण्डौ गयो । छिमेकीले बाँकी गाईबाख्रा घरमा ल्याईदिए । घरमा रुवाबासीभो । आमा धेरै रोईन् । मूला कहाँ चाहिँ जाला र पैसा सकिएपछी घर आईजान्छनि भनेर बाउ रिसले मुर्मुरिदै बसे ।

दिन बित्दै गए सात महिना भयो छोरो फर्किएन । भतिजो केटो दीपकलाई साथी लिएर बूढा छोरो खोज्न काठमाण्डौ गए । कलंकीमा उत्रिएर दुबै जना यताउता हेर्दै हिंड्दै थिए । एउटाले पछाडीबाट सुइँ सुइँ आएर दीपकको गोजीबाट पर्स फुत्त निकालेर दगुर्यो ।

दीपकले चोर चोर भन्दै लखेट्दै अलिकती पर्तिर पुग्नासाथ पक्रिहाल्यो । पक्रेपछी पर्सचोरले हाँस्दै भन्यो सरि ब्रो उ माथी हेर्नुत हाम्रो क्यामेराछ माईण्ड नगर्नु ल प्र्याङ्क भिडियो बनाएकोहो । दीपक ट्वाल्लss .. पर्यो र एकछिन् घुरेर हेर्दै प्र्याङ्करको गालामा कस्सिएर एकझापट दिदै भन्यो - सरि ब्रो ! उ पर हेर्त तेरो बाउ हुनुहुन्छ ल !

३ ) :- सत्यनारायण

सत्यनारायण काका भ्रष्टाचार विरुद्धको अभियानमा आधाघण्टा भाषण गरे र साथीभाइसंग गफगाफ गरि साँझमा घर आए । ( घरमा आउँदा पेशाले मालपोतका खरिददार ) छोरीज्वाइँ आएर बसेका रहेछन् । ढोगाभेट भयो सञ्चो बिसञ्चोका कुरा भए ।

कुरैकुरामा सत्यनारायणले भने घडेरी किनेको पनि दुई बर्ष भयो अब त घर हाल्ने होला नि ज्वाइँसाव ..! अमिलो मन बनाउँदै ज्वाइँले भने :- घडेरीकै ॠण तिरिसक्या छैन पैसा कहाँ छ र बुवा ! लाग्छ होला दुईचार बर्ष ।

एकछिन् मौन बसेर ....शिरको टोपी झिकेर दाहिने हातले टाउको कन्याउँदै सत्यनारायण बोले ... जागिर खाको दस बर्षमै एकजना सुरेश भन्ने लेखापालले पाँच करोड कमाएछन् ! हिम्मत र चलाखीपन् हुनुभने त पैसा कमाउन के डिभी पर्नुपर्दो रछ र के चिट्ठा पर्नुपर्दो रछ र हगि ...! ठाउँको ठाउँ मालामाल । मोराले चार चारजना श्रीमती पनि ल्याएको रहेछ । श्रीमती चाहिँ एउटी भन्दा धेरै नल्याउनुपर्ने !

ज्वाइँ ... ह जु र ! हजुर !

© लेख कार्की

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...