dhanasara photoगाउँमा जन्मिएकि म धेरै पढ्न पाइँन उमेर बढदै गयो अनि बिहेका कुरा पनि चल्न थाले गाउँका मान्छेको सोच नै यहि थियो छोरी मान्छे धेरै पढ्नुहँुदैन बेलैमा घरबार जोडिहाल्नु पर्छ नत्र पछि पछुतो हुन्छ । मैले मनमनै सोचेँ हुन पनि हो अहिले बिहे गरिन भने पछि कस्ले बिहे गर्ला र उमेर गएपछि यहि साँघुरो सोचले बिहे गर्न राजि भएँ।

मंसिरको ५ गते बिहेको साइत निस्कियो त्यो ५ गतेको दिनविवाहको मौसम थियो त्यतिबेला विवाह, भोज र भतेरका लागि मान्छे उत्साही थिए, तर म भने एकातिर खुसि थिएँ भने अर्को तिर दुखि थिएँ । किनकि म कसैकि बुहारी बन्दै थिएँ बुहारी बन्न त्यति सजिलो थिएन नयाँ घर,नयाँ परिवार,नयाँ परिवेशमा म जाँदै थिएँ ।  म पनि कसैकि छोरी थिएँ, कसैकी दिदी थिएँ, कसैकी बहिनी थिएँ एक चिम्टि सिन्दुर ले म त्यो दिनबाट कसैकि श्रीमती कसैकि बुहारी भएँ ।

त्यसमाथी परिवारले मबाट खोजेको निपूर्णताको परीक्षा मैले एकै पटक पास गर्नु पर्ने थियो नयाँ घर, नयाँ परिवेश र नयाँ सम्बन्धहरुलाई आत्मसाथ गर्ने अवसरै नदिई मेरोे मूल्यांकन शुरु हुँदै थियो । घर परिवार मात्र होइन, मेरोे परीक्षक बनेर बसेका थिए नन्द, आमाजू, ठूलीआमा सानीआमा, मेरा स्वामीनाथहरु, छरछिमेक र परिवारसँग जोडिएका ईस्टमित्रहरु ।बिहेको केहि वर्ष हाँसिखुसि रमाइलोसँग बिताएँ त्यहि खुसिले होला मेरो मन चंगा झैँ उडिरहेको थियो । लाग्थ्यो कि मैले स्वर्ग जस्तै घर पाएँ भगवान जस्तै श्रीमान सासु ससुरा पाएँ तर त्यो खुसि मेरो जिवनमा धेरै दिन टिक्न सकेन जिन्दगीले एक्कासि अर्कै मोड लिन पुग्यो ।

हरेक दिन मलाई गर्ने व्यवहारमा परिर्वतन पाउन थाले न कोहि मसँग बोल्थे न त कोहि नजिक नै पर्थे मलाई थाहा थिएन म मबाट के गल्ति भयो मैले उहाँहरुको किन मन दुखाएँ सबै परिवार म बाट टाढा बन्दै छ । सोध्न मन लाग्थ्यो म बाट के गल्ति भयो मैले के भुल गरेर तपाइँहरु मलाई देखि सहनुहुन्न तर बिवश थिएँ । म कसरी मेरो मनमा उब्जिएका लाखाँै प्रश्न जस्लाई सुनाउन खोजेको थिए उसैले नै सुन्न नचाहेपछि ।  बिहे पछि पढ्न पनि पाइन घरकै चुलो चौकोमा सिमित भयो मेरो जिन्दगी । अरु केहि जागिर गरुँ भने पनि योग्यता थिएन अनि घरको काम बाहेक केहि काम गर्ने अबसर पनि पाइँन।

तर थाहा थिएन कि छोरी र बुहारिमा यति फरक हुन्छ मेरो समाजमा । म पनि त एऊटा छोरी नै हुँ तर यहाँ बिहे गरेर अर्काको घरमा गएको छोरीलाई किन बुहारी भन्नेर छुट्याइन्छ ? बुहारीले नै सबै काम गर्नुपर्छ भन्ने सङ्किर्ण सोच भएको मेरो समाज अनि मेरो घरमा पनि कहाँ राम्रो सोचाई हुन्थ्यो र कि बुहारी पनि छोरी नै हुन भन्ने । माइतिमा छँदा त्यति काम नगरेकि म सबै काम यति छिटै कहाँ गर्न सक्थेँर तर पनि मैले रातदिन नभनि काम गरेकै थिएँ । बिस्तारै सबैकुरा सिक्दै थिएँ । उनीहरुलाई म भन्दा काम प्यारो थियो अनि मैले घरपरिवारको मायाँ पाउनु एउटा सपना देख्नु मात्रै थियो मेरो लागि ।

कहिले सोचेनन् ढुंगाको मन हुनेले कि उस्को पनि शरीर हाम्रो जस्तै हो उस्को पनि त मन छ दुख्छ भनेर ” सोचुन् पनि कसरी उनिहरुलाई म होइन मेरो काम प्यारो थियो । जन्म घरमा हुँदा बिहान ढिला उठ्ने मेरो बानी स्कुल बिदाको दिन पढ्न नपरेको दिन ९ बजेसम्म मजैसँग सुत्ने म कति सुतेकी उठ् भन्दै आमाले गाली गर्दा पनि सहजै सुुतिदिने म, तर के मेरो घर आएर त्यही सहजता म बुहारीले कहाँ पाउथेँ र कति बिहान मलाई सन्चो थिएन होला कति बिहान मलाई ऊठन अल्छी लाग्यो होला तर म बिहान भालेको डाको सङ्गै ऊठ्नु पर्ने, के मलाई अल्छी लाग्दैन होला के मलाई कहिले विसन्चो हुदैन होला के मलाई आराम गर्न मन लाग्दैन होला, भन्न त मन थियो काम गर्ने मान्छे ल्याएको कि भनेर. तर, भनिनँ तेरो लेक्चर सुरु नगर भन्ने वचन मैले धेरै खाइसकेको थिएँ ।

भान्साको काम देखि लिएर घर बाहिरको हरेक काम मैले गर्नुपर्ने, काम गरेर थाकेको शरीर भोक लागेको हुन्छ खानलाई पकाएको खाना पाक्ने बितिकै खान नपाईने सबै परिवार जम्मा भए पछि सबैले खाईसके पछि मेरो पालो आउने आखिर जसलाई भोक लाग्यो ऊस्सैले पहिला खाना खाँदा पनि हुन्थ्यो नि तर बुहारी भए जतिसुकै भोक किन नलागोस सबै परिवारले खाएपछि अनि म बुहारिको पालो आउने । मलाई पनि त साथिभाईसँग रमाईलो गर्न मन लाग्दो हो,साथी सङ्गगिसँग भेट हुने भनेको त कि माइतै गएसी कि त संयोगले मात्रै रहेछ । केटि साथीसँग भेट्दा त हेर हेर यो फलाना कि बुहारी यसरी बिनाकामै गफ गरेर बसेकी भनेर नानाथरी भन्न भ्याऊने मेरो समाज झन केटा साथी सङ्ग भेट्यो भने के भन्दो हो ।

कतै बजार तिर आफ्नो नजिकको छिमेकी वा अलि टाढा कोहि भाइ सङ्ग कुरा गरेको देख्यो भने म भन्दा छिटो यो खबर पुग्छ कि फलानो बुहारीको केटासँग बजार तिर मस्किरहेकि थिई । साँच्चै बुहारिलाई कसैसँग बोल्नबाट बञ्चित गराउने यहि समाज छ । मलाई पनि रमाउन मन लाग्दो हो यो सब मलाई सुहाउँदैन रे बुहारी भएर यसरी बरालिएर हिड्ने यो कस्ति घरकि बुहारी हो भनेर नानाथरी कुरा काट्ने मेरो समाजको अगाडि म कसरी रमाउँन सक्छु ?

सपना र अपना, आफ्नो मान्छे घर अनि आफुसँगको सम्झौतापछि मात्र केटी बुहारी बन्न सक्छे. जहाँ सम्झौता भनेको लगभग हार नै हो । चाहेको पाउन नसक्नुलाई मायाँमा त्यागको ट्याग लाग्छ होला. तर बिहेमा आजकाल माया कहाँ हुन्छ र ? हारेको शरीरमा हार लगाउनु नै विवाह हो. हारपछिको प्यारमा संसार कहाँ हुन्छ र ?  सानै ऊमेरमा बिहे गरेकी म सासू ससुराकी असल बुहारी बन्न नसक्नु मेरो नै कमजोरी थियो कि ऊहाँहरुले मलाई बुझ्न सक्नु भएन । पढ्दा पढ्दै बिहे गरेकी मैले बिहेपछी पढ्ने अवसर पाईँन सधैँ चुलो चौको मै सिमित भएँ । रहर त मेरा पनि कति थिए , कति मिठा सपना सजाएकी थिएँ तर मेरा अधुरा सपना पूरा कहिले पनि भएनन् । पछुतो लाग्छ कहिले काहिँ सङ्गै पढेका साथिहरु पाइन्ट सुट लगाएर रमाउँदै कलेज गएको देख्दा ।

मैले पनि घरमा म पढ्छु भन्दा मुटु नै बिझाऊने गरी गाली खानु पथ्र्याे तँ बुहारी होस छोरी होइनस् यसरी कलेज जाने तेरो दिन अब सकियो तँ घरको बाहेक अरु तिर ध्यान दिने होइन यो वचन सुनेपछी मेरो बोली नै बन्द हुन्थ्यो । म केही बोल्न नसकेपछी कोठामा बसेर एक्लै रुने गर्थेँ बन्द कोठामा र आफै सङ्ग प्रश्न गर्थेँ आफैँले ऊत्तर दिने गर्थेँ ।

छोरी र बुहारी दुवै फुुल नै हुन. फरक यत्ति छ, छोरी बगैंचामा फुल्छे र बुहारी गमलामा । के गमलामा जरा सीमित गर्नु हार होइन ? फैलिने स्वतन्त्रता नपाएको गमलाको त्यो फुल हारेको होइन र ? रहर इच्छा अनि सपना मारेर, नयाँ सुरुवातका लागि कन्भिन्स गरिरहँदा, परिवारले किन सोच्दैन मैले बुहारीलाई घरको काममा सिमित किन बनाएँ ? चाहेको पाउँन नसक्नुलाई मायाँमा त्यागको ट्याग लाग्छ होला.तर बुहारीलाई घरमा आजकाल माया कहाँ हुदो रहेछ र ? हारेको शरीरमा हार लगाउनु नै विवाह हो. हारपछिको प्यारमा संसार कहाँ हुन्छ र ?

मेरो रहर भन्दा जिम्मेवारी ठुलो थियो त्यस घरमा । बेलैमा बिहे गरेर घरबार बसाउनुपर्छ भन्ने हरेक म जस्तै छोरीको मानसिकताका कारण आज म जस्तै अन्य बुहारीले जिन्दगीभरी पनि आफ्नो व्यवहार मिलाउँन सकिरहेका छैनन् । हतारको निर्णयले आज म जस्तै अन्य बुहारी चुलो चौकोमै सिमित हुनपर्यो त्यसैले बिहे जिन्दगीमा एकपटक मात्रै गरीन्छ सोचेर बुझेर र सबैकुरामा परिपक्क भएपछि मात्रै बिहे गरौँ जिन्दगी सुखमय हुन्छ ।


(यो लेख काल्पनिक हो यदि कसैको जिवनमा मेल खान गएमा संयोग मात्र हुनेछ - लेखक ।)

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...