आँखामा पावरवाला चस्माबिना बस्तुलाई पहिचान गर्न गाह्राे भईसक्यो, झर्झाराउँदा गाला चाउरीपरेर खुम्चि सकेछन । कालाे र लामाे कपाल चिल्लाे तालु सहित फुलेर सेतै भईसकेछ, खाइलाग्दाे र हट्टाकट्टा शरीर  जर्जर र कमजाेर भएछ। शायद बुढेसकालले छपक्कै छाेपे जस्ताे छ । अनायासै सम्झे, आज मेरो जन्मदिन । ६१ औं, कहिले ६०औं बसन्त पारगरे थाहा नै नपाए जस्ताे ।

 kantipathcom dusty darary

जवानीको जोस र उमङ्ग लगभग समाप्त भईसकेकाेछ। तै पनि आज एकपटक सम्पूर्ण कुराहरु बिर्सेर  जवान छु भन्ने महसुस गरि पशुपतिनाथ दर्शण गर्न जाने विचार गरें । सोचें मन्दिरका भन्दा ठुला भगवानलाई पहिला दर्शन गर्छु । अनि घरको तेश्रो तलाको बैठक कोठामा बसीरहेको म पाँचौ तलामा रहेको आफ्नो पुजाकोठा तर्फ अघि बढें ।

अकसर मन्दिरको दर्शन कम गर्ने म आज आएर पशुपतिनाथ सम्झिएँ  र फेरी पशुपतिनाथ भन्दा ठुला भगवान तर्फ अघि बढ्दै गएँ । पुजाकोठाको ढोका खोलें भित्र पसेर माकुराको जालो र  धुलो पुछ्दै मेरो संसारका सबै भन्दा ठुला भगवान स्वर्गबास भएका मेरा बुबाआमाको तस्बिर हेर्दै आशिर्बाद मागें तर के आशिर्बाद मांगे आफैंलाई थाह भएन ।

पुरानो बेरंगी र किराले छेउबाट खान सुरु गरेको बुबाआमाको तस्विर हेर्दै आफैंलाई धिक्कारें । यति महत्वपुर्ण तस्वीर पनि आफ्नो कोठामा राख्ने ठाउँ नभएकाे जस्ताे पुजा कोठामा थन्क्याएछु । फेरी अर्को मनले सम्झिएँ मैले त भगवान सम्झिएर यो तस्विर पुजाकोठामा राखेको छु ।

 

kantipathcom dusty darary dev anjan

किराले छेउबाट खान लागेको तस्विर देखेर भगवानसँग अनायास रिस उठ्यो । मेरा बुबा आमालाई त यो संसारबाट टाढा बनायौ आज सम्म धराेहरकाे रुपमा रहेको बेरंगी फोटो माथि किन  किराको रुपमा खादैछौ ?  मनमनै आक्रोस पोखें । टाउको अर्को तर्फ फर्काएँ अनि मेरा नयन ट्याक्क रोकिए, बटार्दै  गरेको टाउको रोकियो अनि मेरा नयन मेरी मयालुसंग  जुध्न पुग्यो ।

एक्कासी  मलाई रिंगटा लागे जस्तो भयो । कोठा फनफनी घुम्न थाल्यो पृथ्वीले नै मलाई थिचेको जस्तो हुँदै गयो । हलचल नगरी उभिई रहेको म थचक्क  भुईंमा  बसें  अनि केहीबेरमा आँखाबाट भरिई रहेका आँसुका  धारा र नाकबाट  बगिरहेको सिँगान  एक हातले पुछ्दै रातो सारीमा सजिएर तस्विरको रुपमा रहेकी मेरी मायालु  छेउ गएँ । अधैर्य भएर दिमागले केहि सोच्न नसकि स्वर्गमा  बास होस् भनेर फेरी भगवानलाई सम्झदै पूजाकोठाबाट  बहिरा निस्कें ।

आफ्नो जन्म दिनको दिन केहि घण्टा अगाडीसम्म जवान महसुस  गरेको म भारी दिमाग र शरीर  लिएर भर्यांगबाट झरें । पशुपतिनाथको दर्शनको योजना बनाएको मैले, योजना रद्द गराै जस्ताे भयाे । अघिल्लो दिन राति अमेरिका रहेको आफ्नो एकमात्र सन्तान, छोराले फोनमा भनेको कुरा सम्झें 'बा जन्मदिनको धेरै धेरै शुभकामना, अझै लाखौँ  जन्म हजुरको छोराको  रुपमा जन्मन पाउँ, भोलि हजुरको जन्मदिनको दिन पशुपतिनाथ  मन्दिर जानु र  मेरा नाममा पनि दुइ वटा दियो बत्ति  बालिदिनुहोस् ।' अनि मस्तिष्क र शरीर  दुवै भारि हुँदाहुँदै भर्यांग झरी मन्दिरको योजना तर्फ लागें ।

ड्राइभर गाडीमा कुरेर बसेको रहेछ । मेरो उपस्थितिले उ प्रफुल्लित हुँदै भन्यो 'ह्याप्पी बर्थडे बुबा' मैले टाउको हल्लाएर इसारा गर्दै धन्यबाद फर्काएँ र  गाडी भित्र बसें । मैले भने बाबु हिंड पशुपति गएर आउँ । उसले गाडी अघि बढायो । मेरो मनले केहि सोच्न सकेको थिएन मनमनै कुरा खेल्न थाल्यो । एउटा भएको छोरो  पनि उच्च शिक्षाको लागि अमेरिका छ । जन्म दिने बाआमा पनि साथमा छैनन् । भाग्यले ठग्दाठग्दै  पाएकी श्रीमती पनि यो संसारमा छैनन् । एक्लो जिन्दगि ..... ।

मनमनै बाँच्नु  भन्दा मर्नु बेस भन्दै गाडीको सिसाबाट बाहिर हेरे, पशुपतिनाथको मन्दिर नजिकै गाडी पार्किंग भईसकेछ । गाडीबाट ओर्लिएर बत्ति  किने दश वटा ,दुई वटा मेरो लागि, दुई वटा  छोराको लागि, दुई वटा मेरी स्वर्गीय मायालुको लागि अनि ४ वटा मेरो जन्मदाता स्वर्गीय बाआमाकोलागि ।

मसंग भगवानसंग माग्ने आशिर्बाद केहि थिएन तैपनि दसवटा दियोको बत्ति बालेर एक फन्को पशुपतिनाथको दर्शण गरिसकी संसारको सबै भन्दा अभागी र एक्लो प्राणी  सम्झी गाडी  तर्फ आएँ । गाडीमा ड्राइभर  थिएन नजिकै  रहेको  पत्रिका पसल पुगें त्यहाँ  ड्राइभर आफ्नो केहि सामान  किन्दै थियो । मैले सोधें के किनेको ? जवाफमा छोरीले जीवनका घटनाहरु डायरीमा  लेख्छु डायरी किनेर ल्याईदिनु भनेकी थिई त्यहि  भएर डायरी  किन्न आएको थिएँ  बुबा, भन्यो । फेरी  भारि भएको मन झसङ्ग भयो अनि आफुले जीवनकालमा लेखेर थन्क्याएर राखेको डायरी सम्झिएँ ।

हामिगा गाडीमा घर तर्फ अघि बढ्दै  थियौं, ड्राइभर  केहि प्रश्र्न म सामु  तेर्स्याउँदै थियो तर मलाई उसका प्रश्नमा  ध्यान नै थिएन । केवल  ध्यान थियो घरको पुस्तकालयमा थन्क्याएर राखेको त्यो डायरीकाे ।

गौशालाको पशुपतिनाथ मन्दिर बाट कोटेश्वरमा रहेको आफ्नो घरमा अाईपुगी सरासर भर्यांग चढे। चौथो तलामा रहेको आफ्नो पुस्तकालयकाे र्याकबाट डायरी  झिकी आँशु  झार्दै पहिलो  पेज पल्टाएँ अनि  आफ्ना अक्षर आफैं पढ्न सुरु गरें । 

क्रमसः   

लेखकलाई  सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...