tealaya add

अहिले सम्म तपाइहरूले पढनु भाे- राजेन्द्रकाे दुखान्त प्रेमकथाको पहिलाे र दोश्रो भाग, जहाँ बहिनी बिहे गर्न जन्ती लिएर हिडेको राजेन्द्र दिदी झुमालाइ बेहुलीकारूपमा लिएर फर्कन्छन । अब पढनुस तेस पछि के हुन्छ र यो कथा किन लेखियो । के यो कथाको शुखान्त अन्त्य होला त? तेस्कोलागि त श्रृखलाबद् कथा पढनै पर्ने हुन्छ ।

उनुस तेश्रो तथा अन्तिम भाग सुरू गराै-

dev kantipathnews

अर्धचेत अवस्थामा नै रात बिती भोलिपल्ट भएछ। भोलिपल्ट बिहानै घर वरपर गाउँका आफन्तहरुको घुइंचो थियो । भन्दै थिए “ खै नयाँ दुलही कस्ती छे ? हेर्नुपर्यो भन्ने गाइंगुइं  मेरो कानमा गुन्जी रहेको थियो। यता म भने ढल्के मुढो जस्तो एकोहारो पागल मात्र हुन बाँकी थिएं । बिचरी झुमा आवाज बिहिन थिइन् र उनलाई आफ्नै जुम्त्याहा बैनीले झुक्याएर विवाह गरेको समेत थाहा रहनेछ।

झुमा बोल्न नसक्ने भए पनि साह्रै सुन्दर थिइन् । कान पनि कम सुन्ने भएकोले ठुलो आवाजमा बोलाउनु पर्थ्यो। यता गाउँघरका आफन्तहरु सबैजनाका एउतै बोली सुनिन्थ्यो, “ हैन यो राजेन्द्र बौलायो कि क्या हो?” मान्छे धेरै पढेपछि बौलाउछ रे, भन्थे साच्चै त्यही भएछ। यती धेरै पढेको मान्छेलाई मुखियाले नि छोरी दिन्थे नि” कोही नपाएर लाटीपो बिहे गरेछ” है देव तैंले यो राजेन्द्रलाई कस्तो बुद्धि दिइस। मलाई यी गुन्जीरहेको आवाज प्रति कुनै रिस तथा आवेग थिएन, किनकी म आफैं लुटिएको थिए,  त्यो पनि संगै जिउने मर्ने कसम खाएकी प्राणभन्दा प्यारी लाग्ने प्रेमिकाबाट।

घरमा सबैजना निरास देखिन्थे, मानौ शोक नै परेजस्तो । म पनि मणी हराएको सर्प जस्तै भएको थिए। बुबाआमाले मलाई एकान्तमा पारी धेरै सम्झाउनु भयो, गालि गर्नुभयो, तर मैले मेरी प्राण भन्दा प्यारी स्वर्गकि आप्सरा जस्तो रुप भएकी उमाले धोका दिई प्रेमको नाटक गरी उनकी बोल्न नसक्ने दिदी झुमसंग बिवाह गराएको कुराको गोप्यता कहिल्यै कसइलाई नसुनाएर मनमनै सोचेर मात्र राखेँ। मैले सबैलाई  गरेर ल्याएको प्रेमिका नै झुमा हुन् भन्ने बिस्वास तथा मनको आवास सबैलाई पारिरहे । झुमा पनि निर्दोष थिइन्, त्यसैले उनलाई दोष थुपार्ने पक्षमा म भइन र झुमा संगै जिन्दगी बिताउने मनस्थिती बुन्न थाले।

केहि दिनको गाउँ बसाईपछि मलाई गाउँ तथा सदरमुकाममा बस्न मन लागेन, मानौ जीवनले नै लखेटेको जस्तो लाग्दथ्यो। जसले गर्दा मैले काठमाडौँ जाने निर्णय गरे र मेरो निर्णयमा समर्थन जनाइ बुबा-आमाले पनि सहयोग गर्नुभयो।  म मेरी झुमालाई लिएर काठमाडौँ बसाइको लागि पसे, केहि नयाँ जीवनको सुरुवात कोलागि, मेरो साथमा धेरै पैसा भएकाले गर्दा काठमाडौँ बसाईको लागि त्यस्तो समस्या भएन। काठमाडौँ आइ मैले पढ्न र पढाउन सुरु गरे र दुई बर्षमा नै मैले अंग्रेजी विषयमै एम. ए पनि राम्रै अंक ल्याई उत्तीर्ण गरे । यता ट्यूसन र स्कुलमा पढाउने र क्याम्पसमा पनि पढाउने बाटो बनेको थियो, जसले गर्दा हाम्रो गुजरा शैली राम्रै थियो, झुमा पनि खुसि नै थिइन्। बचेको पैसा मैले घरमा भाइको पढाई खर्च र घरखर्च पठाईरहन्थे ।

दुईवर्ष काठमाडौँ बस्दा मैले फुर्सदको समय राम्रै सदुपयोग गरेको थिए। मेरी श्रीमती आवाज बिहिन भए पनि कान सुन्न सक्ने भएकोले फुर्सद हुने बित्तिकै उनलाई पढाउन थाले। फेरी सामान्यतया उनि अक्षर चिन्न सक्ने भएकी थिइन् तर आवाज नभएकोले उच्चारण गर्न सक्दिन थिइन् तर उनको आत्माले भने पढिरहन्थ्यो। काठमाडौँ बसाईको समयमा हामी दुई चोटी  दशैंमा गाउँ गएका थियौं भने बुबा-आमा र भाइ पनि दुई चोटी नै काठमाडौँ आइ फर्कनु भएको थियो । तर झुमा र म, झुमाको माइती, मेरो ससुराली कहिलै फर्कीएनौं, झुमा भने एकपटक गएकी थिइन्।

उता उमाको पनि बिहेको कुरा चल्दै छ रे भन्ने गाइगुइ  हल्ला सुन्ने गर्दथे, र मनमै सोच्थे ।

मैले एकदिन झुमालाई उपचारको निमित्त अस्पताल लैजाने निर्णय गरे। अनि अस्पतालको लागि डाक्टरसँग परामर्स गर्दा झुमालाई सानै उमेरमा भएको निमोनियाको कारण आवाज बिग्रिएको भन्ने बुझाए। साथै डाक्टरले लामो समयको लागि औषधी दिनुभएको थियो, जसले झुमाको स्वास्थमा सुधार आउन सक्थ्यो। यता झुमा पनि गर्भवती भएकी थिइन्, हाम्रो नासो उनको पेटमा हुर्कीरहेको थियो। म पनि उनको लतमा परि सकेको थिए। म हाम्रो मायालाई थप उचाईमा पुर्याउने सोचमा थिए।

love dairy2 kantipathnews

(दोश्राे भाग - एउटा प्रेम डायरी यहाँ पढाै)

उनको स्वास्थमा पनि परिवर्तन आउन सुरु हुँदै थियो। आवाज पनि कनिकुथी निकाल्न प्रयास गर्थिन्, तोते आवाज निकाल्दै भावुक हुँदै मेरो अंगालोमा बाधिन पुग्थिन्। म पनि उमालाई बिर्सदै झुमाको मायामा हराउन खोज्थे। मेरो खुसीका दिनहरु आउदैछन् जस्तो लाग्थ्यो, अब बाबुबन्ने बेला आयो भन्दै मन गदगद भएको महसुस हुन्थ्यो। साथै मलाई लाग्थ्यो उनि मनमनै फरर् पढ्न सक्थिन्। अनि उनि किन किन खुसि पनि देखिन्थिन्। यी सबै जीवनका प्रत्येक क्षणहरु म संगाल्न चाहन्थे, जसले गर्दा जीवनको सम्पूर्ण सुख-दुखका रंगहरुलाई आफ्नो डायरीमा लेख्ने गर्थे।

केहि महिना पशचात हाम्रो छोरा भयो र गाउँबाट काठमाडौँ आएर आमाले बुहारी तथा नातिको राम्रो रेखदेख गर्नुभयो । किन किन आमाको व्यवहार देख्दा लाग्दथ्यो ‘सावाँकाे भन्दा ब्याजको माया बढी’ जस्तो, आमा पनि खुसी नै देखिनुहुन्थ्यो। झुमा पनि मख्ख थिइ, उ अब त अलिअलि बोल्न र पढ्न सक्ने भइसकेकी थिई। छोरा प्रति हामी दुवैको स्नेह सदावहार थियो, हाम्रो स्नेह बीचमा छोरा पनि दिनप्रतिदिन ठुलो हुँदै गयो। उ स्कुल जाने भइसकेको थियो , अलि जिद्धि स्वभावको चन्चले छोरा आफ्नो ममी (झुमा) लाई अत्यन्त माया गर्थ्यो। तर मैले मेरो जीवनको तीतो यथार्थ, सत्य कसैलाई भनेको थिइन, मात्र डायरीलाई साथी बनाई उसको पानामा मसीको काला डोबहरुले सजाएको थिए।

एक दिन मेरो जीवनमा ठुलो भुकम्प आयो – मेरी प्राणप्यारी झुमा जो लेख्न पढ्न सक्ने भएकी थिइन्,एउटा  छोराकी आमा भएकी थिइन्, मायाकी खानी थिइन्, उनले अचानक धेरै ठुलो अप्रिय निर्णय गरिन् । बिदाको दिन छोरा र म घुम्नको मिमित्त निस्किएका थियौं। बेलुकीपख हामी डेरामा फर्कदा हामी बस्ने घरमा मानिसहरु आवतजावत गर्दै भिडभाड देखिन्थ्यो, मेरो मनमा डरले डेरा जमाउन थालिसकेको थियो।

हामी कोठातर्फ लाग्दै थियौं, हाम्रो हाम्रो कोठावरिपरी मान्छेको भिड थियो, मानौ त्यहा ठुलो मेला लाग्या जस्तै: मेरो मन अझै सशंकित भइ डरायो निरासाको ज्वारभाटाहरु ढल्कीरहेको थियो। सबै जना हामीतर्फ इसारा गर्दै कानेखुसी गर्दै थिए। सबै जनाले निरास मुहारमा हामीलाई नियालिरहेका थिए। छोरो र म हत्तपत्त कोठामा छिरेउ, त्यहाँ पुग्ने बित्तिकै मेरो हातगोडा काप्न थाल्यो, पृथ्वी नै फनफनी घुमेको जस्तो भै कोठाभित्र भुइँमा बजारिन पुगे, त्यहाँ मेरी प्राणभन्दा प्यारी झुमाले आत्माहत्या गरेकी रैछिन्, छोरा पनि साह्रै अधैर्य भइ चिच्याएर रोएको रोयेई भयो।

kantipathcom dusty darary dev anjan

(प्रथम भाग- धुलाे लागेकाे डायरी यहाँ क्लिक गर्नुस) 

पुलिसहरु आएर कोठा र घटनाको बिवरण तयार गर्न थाले, झुमाको मृत  लाश शरीर नजिकै एउटा कागज भेटियो, जसमा झुमाले यस्तो लेखेकी थिइन्। “मेरो प्राण मेरो राजा, हजुरले यति ठुलो धोका खाएर पनि मलाई आफ्नो बनाउनु भएको रहेछ। मैले हजुरले लुकाएर राख्नु भएको डायरी सबै पढे, मेरो जुम्ल्याहा बहिनी ‘उमाले’ गरेको गल्तीले म हजुरको श्रीमती हुन पुगेछु। यति हुँदाहुँदै पनि मलाई स्विकारी मेरो जीवनलाई रंगिन बनाउनुभयो, मलाई यति धेरै माया गर्नुभयो। मेरो  बहिनिले दिएको त्यो धोकालाई माफि दिनुहुनेछ र हाम्रो प्राण भन्दाप्यारो छोरालाई असल संस्कार दिनुहुनेछ भन्ने विश्वास लिएर यो संसार छोड्ने निर्णय लिए, मलाई माफ गर्नु, अबको करोडौं बर्ष हजुरको श्रीमती हुन पाउँ।”

यो सुन्दा मलाई प्रलयको भुमरीमा फसेजस्तो भयो, केहि बोल्न नसकी आँखाबाट आँसु झार्दै रोइरहेको छोरालाई समात्दै एकोहोरो भइ झुमाको शरीर हेरेको हेरै भए।

यसरी डायरी पढ्दै गरेको म झसङ्ग हुँदै ठुलो आवाजमा "झुमा" भन्न पुगेछु। बगेको आँसु र निस्किएको सिगान पुछ्दै डायरीको अर्को पाना पल्टाउने हिम्मत राखिन र उक्त डायरीलाई बिगतको एउटा दुख्ने घाउ मान्दै डायरी जलाउने निर्णय लिएँ । (समाप्त)

कथाकार देव चाैलागाइका थप कथा पढन चाहानुहुन्छ भने, उहालाइ यो लिंकमा हाैशला बढाउन सक्नु हुनेछ । 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...

ताजा खबर