Hidden
धर्तिमा तारा देख्न नसक्ने आकाश
"धर्तिमा तारा देख्न नसक्ने आकाश"
अस्ती अस्तिनै सम्म मलाई सब भन्दा धेरै
मन पर्ने चिज आकाश थियो
मेरी आमाले घुरेनमा मलाई जन्माउदा
सबै भन्दा पहिले ओताएर सुरक्षित महशुस
गराएको थियो यही आकशले!!
म जती जती ठुलो हुँदै हुर्किदै गए
उति उतिनै आकाश पनि फुर्किदै बढ्दै गयो र
कहिल्यै ठोकिएन पाएन मेरो टाउको
जहाँ जहाँ गए त्येहा त्यहा पुगेर
ओताइदिन्थ्यो मेरो सिर
बाबा जस्तै प्यारो लाग्थ्यो आकाश
जहाँ सधैं आफ्नो सिर ओताएर
सुरक्षित महसुश गर्थे,,
अनि मेरो बाबाको माया र महानतालाइ
आकाश बिम्ब बनाएर लेख्थे कबिताहरु..
मन अध्यारो हुँदा जुन को उज्यालो
सापटी दिए जस्तो लाग्थ्यो
मन उदासी हुँदा तारा झिल्मिलाएर
मेरै मनलाइ चम्काइदिए झै लाग्थ्यो
संसारमा सबै भन्दा निस्वार्थ एकोहोरो
साथ र माया
दिने कोही छ भने त्यो आकाश हो
यस्तै लाग्थ्यो..!!
तर आजकल आजकल मलाई आकाश
मन पर्न छाडेको छ
सबै भन्दा स्वार्थी लाग्न थालेको छ
जब देखी हाम्रा धर्तिका ताराहरुलाई
देख्न नसकेर उसैको तारा बनाउन
हतार गरिरहेको छ
चिच्याएर सोध्न मन लागेको छ
ए आकाश!! तिम्रो मण्डलमा कुन ताराको
कमी थियो र हाम्रो धर्तिको ताराहरुलाई
लागिदिन्छौ??
के धर्तिमा ताराहरु चम्किन पाप होर??
कुनै दिन तिम्रा पनि सबै ताराहरु ब्लाकहोल ले
खाइदिन्छन र त्येतिबेला महशुस गर्न सक्छौ
हाम्रो पिडा.....
(हार्दिक श्रदान्जलि!! उनै हाम्रा प्रिय धर्तिका चम्किला ताराहरु स्व.को-पाइलट सन्तोष राना, पाइलट पारस राइ र कैलाश गुरुङ मा समर्पित)
प्रकासित मिति