- बलराम तिमल्सिना

तपाई अहिले
कुनै चर्चित वलात्कारको कुरा गर्दै हुनुहोला
भोलि जुलुश निकाल्ने कुरा पनि होला
तर याद गर्नु होस
यहाँ रातभरिमा अर्थोकै भैसक्छ
तपाईको दिमागमा भोलि बिहान
वाइड बडीले कव्जा गरिसक्छ !

तपाई वाइड बडीको गफ गर्न थाल्नु हुन्छ
जति कुरा गर्ने हो गरिहाल्नुस
अर्को दिन भाइरल बनेर देशमा
तेत्तिस किलो सुन आइसक्छ !

श्रीमतीले सुनको फुली माग्दा
किन्न नसकेर हैरान तपाई
तेत्तिस किलो सुन संझेर
बेहोस हुन खोज्दा खोज्दै
भ्याट्ट अर्को समाचार आउँछ-
'प्रहरीले पक्रेको सुन दिनभरिमा तामा भयो !'


तपाई
महङ्गीको कुरा गरेर रुँदै हुनु होला
ऐले रुनोस धित मरुन्जेल
भोलि विहान मुड हठात वदलिन सक्छ
रेल र पानी जहाजले तपाईलाई
पेट मिची मिची हँसाउने छन् !

तपाईलाई
पुराना कुरा संझने फुर्सद नै हुने छैन
एउटै कुराको विरोध गरेर बसिरहन
तपाईलाई सुविधा नै दिइने छैन !

बलात्कारलाई
भ्रष्टाचारले छोपिन्छ
भ्रष्टाचारलाई
तस्करीले छोपिन्छ
तस्करीलाई
महङ्गीले छोपिन्छ
महङ्गीलाई
अनुगमनले छोपिन्छ
अनुगमनलाई
प्रतिगमनले छोपिन्छ
प्रतिगमनलाई
परस्त्रीगमनले छोपिन्छ !

लाजलाई घीनले
घीनलाई लाचारीले
लाचारीलाई व्यभिचारले
व्यभिचारलाई अतिचारले
यसरी छोप्ने श्रृङ्खला जारी रहन्छ !

सरकार
मुख देखाउँन लाज भयो भने
मलद्वारले मुख छोप्छ
मलद्वार देखाउँन लाज भयो भने
मूत्रद्वारले मुख छोप्छ !

छोप्ने श्रृङ्खला पनि चलिरहन्छ
सरकार पनि आरामले चलिरहन्छ !

मूत्रद्वारले मुख छोपेको सरकारले
लाज मान्न थाल्यो भने भोलिबाट
केले मुख छोप्ने हो त्यसपछि
नागरिक समाज जोखाना हेर्दै छ !

69289637 2526265237396703 8654729138642354176 n

 

 

 

 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...