1478958692 banner ad format

 
 
पूज्य बुबा नमस्कार !
आराम हुनुहुन्छ होला, 
आरामको कामना गर्दछु ।
 
चौथो बसन्तमा यात्रारत तपाईंकै रक्तबीजमाथि
निशङ्कोच भोगको राको झोसेर
आफ्नो पुरुषत्त्व जोगाउन सफल तपाईलाई
लाखौं-लाख शुभकामना छ।
 
आमाको एक अगालो मायाकी भोकी म छोरीमाथि
ठुलो हिम्मत र बहादुरीको बलिदानी गर्नुभो
आखिर दोषी त म न भए 
तपाईंसंँग ममता माग्नु मेरो कमजोरी भएछ
किनकी-
मैले थुप्रै बाबु र दाजुका कामुक कथा पढेकी थिएँ 
छोरीको कुमारित्त्व लुट्ने बाबु र उसैको पक्षपाती समाज जान्दाजान्दै पनि यी कलिला हातहरुले
तपाईंका गाला स्पर्श गरेछन, ममता माग्न
तपाईले मेरा अंग-अंग स्पर्श गर्दा
आमा र बुबाको ममतामा फरक हुन्न भन्ने सोच्दै थिएँ । 
 
तपाईं भने क्षणिक आनन्दसँगै
सम्हालिन नसकी होमिनुभो बत्तीमा पुतली झैं 
आमाको मायामा बिछोडिएकी म 
चाहन्थे मातृस्नेह
बिवशताले चौखुरिएछु बाबुबाट 
दुई दिनको आमाको अभाव,
म छोरीबाट पूरा गर्ने
तपाईंहरुलाइ धन्यवाद छ !
 
त्यस क्षण
एक्कासी भिमकाय मांशपिण्डका नौ रेक्टर स्केलको भूकम्पले धक्का दिदा,
म होस गुमाउदै थिएँ 
तपाईं भने मेरो शरीरका मासुका  चोक्टा-चोक्टा 
तान्दै मेरो कौमारित्त्व भोजन गर्दै हुनुहुन्थ्यो 
तीखा नंग्रा  र दाह्रा गाडेर
त्यसैबेला मेरो समाज
मेरै शरीरका आख्ला-आख्लामा
घन ठोक्ने मेलामा ओहोर-दोहोर गर्दै थियो
बिना पश्चताप तपाई भने 
क्षितिज चड्दै हुनुहुन्थ्यो ।
 
ठिक छ तपाइँ निशंकोच हिड्नुहोस्
आफ्नै गाउमा, आफ्नै हैसियतमा
तपाईलाई औंला उठाउने कसको हिम्मत ?
आखिर सबै नियम-कानुन निर्माता तपाईं नै हो
रम्नोस् बेस्सरी रम्नोस् 
आखिर समाज वा अदालत तपाईकै जीत गर्छ
तपाईकै गीत गाउछ
स्रोत-साधन-मान-अवसर-मनोरञ्जन 
सबै तपाईकै हुन्
होइनन् भनेर फेरि म किन अर्को गल्ती गरुँ ?
 
तर हेरौं
अमिलोलाई गुलियो, कालोलाइ सेतो भन्ने समाज
कति दिन हत्केलाले सूर्य छेक्छ ?
डढेका मनमा कति दिन अमिलो दल्छ ?
इतिहास साक्षी छ
निक्कै बर्ष तपेका पिपल उखेलिए
कुबेर सुदामा बने
डिलको ढुंगा विचमा नपुग्ला भन्न सकिन्नँ ।
 
तपाईं रम्नुस् - बेस्सरी रम्नुस्
निस्फिक्री पशुझैं मोजमस्ती गर्ने तपाईंको निजि अधिकारमा सधै तैनाथ रहनुहोस्
मेरो लाखौं-लाख शुभकामना 
अन्तिम पत्र मार्फत
ल त बि ....दा ...बि ...दा ...बि ...दा ...
अल ..बि ...दा .. ।
 
       
      -लेकाली बेलबारी, मोरङ निवासी हुन् ।
 

प्रकासित मिति

Loading...

 

yummyfood