tealaya add

कुनै पनि देशले विदेशीलाई भन्दा स्वदेशीलाई पहिलो प्राथमिकतामा राख्छ भने हामीले त्यसको खण्डन गर्नु अापति जनाउनुपर्ने कुनै अाधारहरु छैनन् ।यदि कुनै पनि नितीसंग जुन देशका जनताहरु खुसी छन भने अाप्रवासीहरुलाई किन टाउको दुखाई?

हो ट्रम्पको विदेश निती अवैधानिक रुपमा बसोबास गर्दै अाएका अाप्रवासीहरु प्रति ट्रम्प कडा रुपमा प्रस्तुत हुनुले यहि बाट सुरु हुन्छ उनको सफलताको सिढी यहिँ यावत कारण त अाज उनले लोकप्रिय हुदै राष्ट्रपतिको पदभार समालीरहेका छन खुल्ला सिमा अवैधानिक नितिमा नेपालले ट्रम्पको ब्यबस्थापन नितीबाट सिक्नु पर्छ यो खुल्ला सिमानाको चुनोैती नेपालले सामना गर्नै पर्छ जसरी अमेरिकाले यसलाई चुनोैती दिदै कडा रुपमा प्रस्तुत भएको छ। यो उनको प्रभावकारी कदम हो।

हाम्रो जस्तो भुपरिवेष्ठित खुल्ला सिमाना भएको राष्ट्रहरुको लागि यो अत्यन्तै महत्वपुर्ण कुरा हो हाम्रो देशले पनि यो निती अपनाउनुपर्ने हुन्छ यो देशको लागि ठुलो उपलब्धि हुनेछ । 

यो ट्रम्पको ब्यक्तिगत फाईदा नभई अमेरिकाको जनतालाई विशेष राहत मिलेको छ सहि ब्यबस्था ल्याएको छ अवैधानिक हुने वितिकै ब्यक्तिगत जोखिम साथै जुन विचका विचोैलिया दलाललाई दिईने फाईदा हो।

यो एउटा विडम्वना पनि हो सपनाको संसार स्वइर कल्पनाको टुक्रा सम्झने अमेरिका सबैको तनमन मा हुन्छनै सबैको सपना हुन्छ त्यसैले त अवैधानिक रुपमा अाखाँ बन्द गरेर पैसाको खोला बगाउदै अमेरिकाको सपना बुन्ने गर्छन यो नितिले अवैधानिक रुपमा अमेरिका जाने योजना भएका ब्यक्तिहरु पनि बचेका छन अाफ्नो जिवनभरि खान पुग्ने सम्पती दलाललाई खुवाउदै अमेरिकाको सपना बुन्ने दिन गएको छ यो एउटा खुसिको खबर पनि हो जसलाई जानु छ वैधानिक रुपमा जान सकिन्छ भने किन जोखिम बेहोर्ने?

रेमिटान्सको भित्रिएको देख्ने अाखाले लास किन देख्दैन सरकार? 

किन दलाल विचोैलियाहरुलाई खान दिने सकिन्छ सुरक्षित वैधानिक अपनाउने सकिदैन भने किन जिन्दगीभरि खाना पुग्ने सम्पती अमेरिकाको सपना देख्दै स्वाहाँ बनाउने यो नितिले पक्कै पनि दलालहरुलाई गतिलो झापड हानेको छ विदेशिहरुलाई पनि यो ठगिनबाट बच्ने निती भएको छ यसलाई जोडदार स्वागत गर्नै पर्छ ।

भएका सुविधाहरुको भरपुर उपयोग गर्ने तर उपयोग गरेको सुख सुविधाको कर छल्ने यो जुनसुकै देशलाई पनि प्रत्यक्ष असर पार्ने कुरा हो यसलाई यसरी बुझ्न सकिन्छ भोकाएका दुईजना ब्यक्तिहरुलाइ पकाएको खाना चार जनाले खान पर्ने भएपछि केहि हद सम्म भोक ता मेटिएला तर पुर्ण रुपमा अघाउन पक्कै सक्दैन यो अवैधानिक को असर पनि यहि हो।

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

अवैधानिक भएपछि देशलाई पनि प्रत्यक्ष घाटा छ यो अमेरिकाको लागि मात्र हैन नेपालले यसलाई उदाहरणको रुपमा लिनु पर्ने छ र अाफ्नो देशको कडा निती बनाउनु पर्ने छ यो नितिले अमेरिकाका स्थानिय र गैर स्थानिय नागरिक लाई अझ सुविधा मिल्ने छ जसरी अवैधानिक हरु सस्तोमा वेचिनु पर्ने छ यसको असर सिधा वैधानिक अाप्रवासिहरुमा परेको छ यसले सजिलै महशुस गर्न सकिन्छ वैधानिक रुपमा बसोबास गर्नलाई अझ ब्यबस्थित हिसाबले ब्यस्थापन गरिरहेको छ भन्ने सकरात्मक हिसाले बुझ्न सकिन्छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी राजनीतिमा देखिएको आश्चर्यजनक र सनसनीपूर्ण सङ्क्रमणकालको अन्त्य हुन लागेको छ । यो समयले आगामी दिनमा ट्रम्पसँगको जीवन कति अकल्पनीय हुनेछ भन्ने जगजाहेर भइसकेको छ।जहाँ सम्मकी ट्रम्मको तर्क वितर्क ले अमेरिकाको स्थानिय र गैरस्थानिय जनताको भविष्य अझ रङ्गिन र ब्यबस्थित हुने छ भन्ने उनका अभिव्यक्तिले नै काफी बनाएको छ ।

" जिवनको असफल यात्रा"

फरक पृष्ठभुमीवाट अाएको ट्रम्म उनका सकरात्मक सोच र सर्वमान्य योजनाले नै अहिले पदभार समाल्न सफल भएको हो यसबाट बुझिने कुरा केही असर र चुनोैतिको सामना गर्नु परे पनि अमेरिकाको बसोबास ब्यबस्थित हुने छ भन्ने उनको योजनाले सजिलै दर्साएको छ ।जहाँ कि हाम्रो नेपालमा यकिन गर्न सकिदैन कति छन यस्ता अवैधानिक बसोबास अझ कति त दोह्रोरो नागरिकतामा रमाइरहेका छन नेपाल सरकार प्रमुखहरुले सिक्नु पर्ने अति महत्वपुर्ण कुरा हो ।

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

तर उनका विदेश नितीमा भने केहि खोट देखाईएका छन ।
राष्ट्रपति निर्वाचनपछिको सङ्क्रमणकाललाई ट्रम्पले आफ्नो पदाधिकारी छनौट र आगामी दिनमा अमेरिकाले कस्ता प्रकृतिका विषयमा झन्झट व्यहोर्न पर्नेछ भन्ने विषयको अध्ययन गर्न प्रयोग गर्नुभयो तर आफूले राष्ट्रपतिको पदभार सम्हालेपछि अवलम्वन गर्ने नीतिका बारेमा खासै महत्वपूर्ण निर्णय सार्वजनिक गर्न सक्नुभएको छैन । यद्यपि मौखिकरुपमा उहाँका विचारहरु भने राख्दै आउनुभएको छ ।

राष्ट्रपतिमा निर्वाचित भएपछि उहाँले आफ्नै खालको पृथक विदेश नीतिको व्यवस्था गर्ने धुनमा हुनुहुन्छ यो सम्भव नहुन सक्छ विदेश नितिमा मेरो बाह्रैटक्क हुन सक्दैन तर उनको योजना लाइ नकार्न सकिदैन किनकी हरेक देशको पहिलो प्राथमिकता भनेको अाफ्नो देशको नागरिक नै हुन यदि पहिलो प्राथमिकतामा अाफ्ना जनतालाई राखेपछि नेपाल जस्ता देशहरुले अाखाँमा अाशु निकालेर अापति जनाउदै टुलुटुलु हेर्नु बाहेक केहि गर्न सक्दैन अाफ्नो देशको नागरिकलाई पहिलो प्राथमिकतामा राख्नु त उत्तम कुरा हो तर हाम्रो नेपालले अापतकालिन समयमा प्राकृति विपतिमा पनि स्वदेशि छाडेर डलर तिर लाग्छन यहि त हो देश प्रतिको प्रभावकारी पारदर्शि निति नहुनु अाफ्नो देशको नागरिकहरु प्रति बफादार बन्न नसक्नु यसरी नेपालले ट्रम्प नितिबाट ब्यबस्थापनको पाठ सिक्नु पर्दछ ।

"खुसिले बाकस खोल्दा मृत शरीर देखेपछि"

अन्तत,अमेरिकालाई फेरि महान् बनाऔं भन्ने ट्रम्पको नारा यही क्रममा आएको हो । अमेरिकामै उत्पादन बढाएर अर्थतन्त्र मजबुत बनाउँदै हतियार निर्माणमा लाग्ने अमेरिकाको नीति हो । चीनलाई अमेरिकामा सामान बेच्न नदिएर आफैं उत्पादन गर्ने र औद्योगिकीकरणलाई बढावा दिने अमेरिकी नीति लोकरञ्जनवादी कदम हो तर यसको रणनीतिक महत्व पनि छ । देशमै अर्थतन्त्र मजबुत बनाएर जनतालाई खुशी बनाउँदा त्यसले राष्ट्रिय सुरक्षामा पनि योगदान गर्छ यो ट्रम्पको राजनितिक र ब्यापारिक दुबै सिदान्त हो नेपालले यो राजनितिक मामिला मात्र नहेरि अाफ्नै देशको उत्पादनमा जोड दिनु पर्दछ यो ट्रम्पका सिदान्त निती बाट सिक्न सकिन्छ।
यदि जुनसुकै देशले अाफ्नो उत्पादन बढाउन सक्यो भने मात्र कुनै पनि अापतकालिन समयमा मार खेत्नु पर्दैन विगतकै उदाहरण हेर्ने हो भने नेपाललाई दक्षिण छिमेकीले गरेको लामो नाकाबन्दिमा नेपालले कति ठुलो अापत दुख खेप्नु पर्यो यदि अाफ्नो देशको उत्पादण केहि दह सम्म हुन्थ्यो भने पनि ब्यबस्थापन गर्ने सक्थ्यो त्यसैले विदेशी ब्राण्डलाई भन्दा पनि स्वदेशी ब्राण्डलाई ट्रम्पको प्राथमिकता हो यो ब्यापारिक सिदान्त नेपालको लागि अति अावश्यक छ नेपालले सिक्नु पर्ने अर्को यो महत्वपुर्ण कुरा हो ।

कथा- अात्मिय साथी "रिप "(Rip)


जसरी अमेरिकाको राष्टपति ट्रम्पले झै स्वदेशी उत्पादनर विक्रिवितरण साथै देश र जनता मात्र भन्ने गरेका छन यो नै उनको पहिलो सफलताको खुडकिलो हो यसरी संम्बोधन गरेपछि अमेरिकाको नागरिक पक्कै पनि मुर्ख छैनन जनताको पक्षमा बोल्दा असन्तुष्टि ब्यक्त गर्ने जनता र देश लाई पहिलो प्राथमिकता हुनुले उनको लोकप्रियता ह्वातै बढेको हो ।

हाम्रो मामीलामा हेर्ने हो भने लज्जास्पद कुराहरु जुन हिन्दिभाषालाइ राष्ट्रिय भाषा बनाउनु पर्नै अंगिकृतलाई प्रमुखकार्यकारी बनाउने जस्ता तर्क वितर्क गरिरहदा अाफुलाई किन निच र निरिह सम्झदैनन् कतिको नैतिकवान छन भन्ने यस्ता गैर जिम्मेवार अभिब्यक्तिले पनि प्रष्ट पारेको छ यो निति जुन देश जनता भनेको छ अमेरिका राष्ट्रपती ट्रम्पले यो त्यस देशको लागी जनताको लागि अति उत्तम जिम्मेवार कदम हो यसलाई उदाहरण सम्झिदै नेपाले पनि जिम्मेवारीपुर्ण कदम कसरी चाल्ने के बोल्न हुने नहुने कुराहरु ट्रम्पको नितीबाट सिक्नै पर्छ ।

"खुसिले बाकस खोल्दा मृत शरीर देखेपछि"


देशको निती सुविधाहरु संग त्यस देशका जनता खुसि छन भने त्यस्तो नितिलाई सकरात्मक रुपमा स्विइकार र सम्मान गर्नुपर्छ ।
तर हामी अाफ्नो देशको निती भुलेर मोदिकहाँ निती सोध्न पुग्छोै जब मोदिका दुईचार वटा कडा शब्द हाम्रा दिमाखमा छिर्छन तब हामी नितीनियम र खुब देशको माया गर्न सुरु गर्छोै हाम्रो निती स्वतन्त्रता छैन भन्ने अाम नागरिकले महशुस गरेको छ कुनै पनि देशको नितीमा विदेशी हस्तक्षेप हुनुले त्यो निती सर्वमान्य र समान हुदैन त्यसैले देशको स्वतन्त्र निती बनाउन ट्रम्पको कदमले पक्कै नेपालले सिक्नेछ र अनिवार्य सिक्नु पर्दछ । हामीलाई देशै सिध्याउने निती चाहिएको छैन देश जोगाउने जनता देश भन्ने ट्रम्पको नितीको अावश्यकता छ।

लेखक : हरि थापा 

प्रकासित मिति २०७३ माघ १८ गते 

 

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...