annapurna add

BIJAYATANEWSबदलिँदो मौसमको छहारीमा
जिन्दगीका गुनासाहरु अोत लागेर
बस्दा बर्षासँग भिज्छन्
घामसँग सुक्छन्
संघर्षसँग लड्छन्
फेरि मुस्कुराउँदै उठ्छन्
निर्दोष निरही जीवन
जिउनुको सार्थकतामा
दु:खले लग्ने ग्रहण हटाउन
कुदिरहन्छ जुदिरहन्छ
शृङ्खलाको उचाइमा पुग्ने
सपना चहानाको काधमा
असन्तुष्टिको छाद हालेर
अनगिन्ती बाटोहरुमा
कुभलोको बिरुवा रोप्छ
मधुर मुस्कानहरुले
अनुपम खुसिहरु निमोठ्छ
जितको प्राप्तिमा
अनेकौं अभिलाषालाई
धनको मालामा उन्दा उन्दै
अजम्बरीको चाहना बुन्दा बुन्दै
दिन अँध्यारो हुन्छ एक्कासि
छिन भरमा पैतालाले
आकाश छुन्छ खुसिकाे सिमा
बन्द हुन्छ लकिरहरुका
दु:ख शून्य बन्न पुग्छ
निश्चित हाँसोहरु
तुलनामा जोख्ने तराजुहरुमा
मलामी राखिन्छ
दुख पीडाको भवसागरलाई
निस्वार्थ धर्तीले अङ्गाल्न नपाउँदै
घमण्डको अहङ्कारमा छट्पटीँदा 
छट्पटीँदै जिन्दगीको भयंकर युद्धमा
सफलता समाप्तिको निश्चित विन्दु
बनेर हरेक पहरमा जन्मिरहन्छ
अनिश्चित मृत्यु ।

बिजयीता भण्डारी

थप कविता 

देश मिचिँदैछ कि, बेचिँदैछ ?

कविता : सङ्कुचित आशा

कविता - कसरी मनाउँ तिहार

कविता : म भिकारी छु

कविता : यसपालि दशैं

कविता : देशलाई छ उसको खाँचो

कविता : छोरी

कविता - तिम्रो चिनो

कविता : मायामा युद्ध भए

कविता - निर्मला पन्त

कविता : गन्तव्य

कविता : तिमी चोर

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा खबर