annapurna add

much much ki kahaniजाडोको मौसम । खाजा समय । न्यायाधीशरु अदालत पछाडिको चौरमा बसेर खाजा खाइरहेका । मुद्दाका रुपहरुका बारेमा खाजागफ हुन थाले । एकजना माननीय न्यायाधीश भनिरहेका थिए ''तराईका धेरैजसो मुद्दा त -मोँचका मुद्दा अर्थात जुँगाका मुद्दा हुन्छन ।

समग्रमा सबैले सबै नबुझे जस्तो भयो । उनले एक घटनाक्रम नै पस्के । दोहोरो कुटपीटको वारदात र दोहोरो कुटपीट मै परेका मुद्दाहरुको फैसला र त्यसको परिणामबारेको बुझाइको क्षणको कथा ।

फैसलामा दुबै पक्षलाई सजाय सुनाइएछ । आखिर कुटपीट भनेपछि नापे तौले जसरी बराबर हुन सक्ने बिषय भएन । फैसला सुन्न आएका कानून ब्यबसायीलाई सँक्षिप्तमा एकलाई घटी र अर्कोलाई बढी सजायको ब्यहोरा सुनाइएछ । फैसला सुनेपछि बाहिरिएका कानून ब्यबसायी उहि इजलासमा अर्को मुद्दामा बहस गर्न फेरि भित्र पसे तर अली खुलेर हाँस्दै बसेछन् ।

''किन हाँस्नु भो बिद्वान महोदय ? '' इजलासको जिज्ञासा रहयो ।

उनले भने ''बढी सजाय भएपनि मेरो पक्ष फैसलाबाट अति नै खुसी भयो श्रीमान'' ।
''दोहोरो कुटपीटको मुद्दामा अर्को पक्षलाई भन्दा आफूलाई बढी सजाय ठहर भएकोमा पनि बढी सजाय हुने पक्षमा खुसीपन कसरी ?'' न्यायाधीशले आश्चर्यवोधक भावमा सोधे ।

वकील साहेबले झन् हाँस्दै भने ''श्रीमान् फैसलाले बिपक्षले भन्दा आफूले बिपक्षीलाई बढि कुटेको ठहर भएको र जरिवाना बढी नै तिर्नपरेपनि खासमा मेरो पक्ष झगडीया भन्दा आफू बलियो ठहर अदालतबाटै भएको बुझेर गदगद छ……..'' ।

सङ्गै रहेका केहीले त्यतिवेला वल्ल बुझे- मोँचको लडाँई । कथा वाचक न्यायाधीशले थपे हो यही र यस्तै हो श्रीमान मोचँको लडाइ भनेको । यस्तै यस्तै हुन्छ मोँचको लडाईँमा । बिशेषतः मोँचको लडाइका मुद्दाहरु श्रीमान् ।

''सटीक रहेछ श्रीमान् उदाहरणतः '' अर्को कसैले भन्यो । घडीले खाजा समय सकिएको सकेँत दिएपछि न्यायाधीशहरु फेरि मोँचका मुद्दा हेर्न आ-आफ्ना इजलास तिर लागे । तोकिएको इजलासको काम सकिएकोले मभने घाममै बसिरहेँ ।

मेरो भित्री मनले मनमनै विश्लेषण गर्दै गयो, अदातलहरुमा आउँने विवाद (मुद्दाहरु) हरु त चार किसिमका पो हुँदा रहेछन् -(१) सोँचका मुद्दा (२) खोचँका मुद्दा (३) घोँचका मुद्दा र (४) मोँच (माेछँ) का मुद्दा ।

२०७१।०९।०३ भैरवटोल, हेटौडा

प्रकासित मिति

 
 
Loading...

 

ताजा खबर