- जेविन सर्वहारा

वर्षौदेखि दासताले पिसिएका,
डोको नाम्लोले थिचिएका,
जाँतोले पिधिँएका आईमाईहरु....
बिहानै गोठतिर लम्किए
भैसिलाई खोले बोकेर
बिचरा ! तिनिहरुको पात्रोलाई के थाहा नारी दिवस हुन्छ भनेर !

थाहा हुदोँ हो त,
आईमाईहरु सारी लगाएर नारी बन्ने थिए ।
अनिन्द्राले सुन्निएका आँखामा मस्कारा घस्ने थिए ।
हिलोले खाएका पैतालामा पेन्सिल हिल हुन्थ्यो,
पटुकाको सट्टा वान पिस हुन्थ्यो,
दाउराको भारी छाडेर,
छिमेकिको पर्म छाडेर,
सबै सबै छाडेर तारे होटलतिर लम्किन्छन........
एकहुल आईमाईहरु ।

जब ह्वस्किको फूल बोतलसंगै,
महिला सशक्तीकरण सक्कियो ।
कर्कश आवाजमा पात्रो पल्टियो,
जब ९ मार्च सुरु भो,
नारीहरु आईमाई बनेर घर फर्किए,
कोक्रोमा मुत्नेदेखि चित्तामा सुत्नेसम्म
सबै बलात्कृत भए,
वडाध्यक्ष छाउ बनेर गोठभित्र पसिन ।
अधिकारकर्मि दाइजो माग्न थालिन,
नेतृलाई पहिलो सन्तान छोरो चाहियो,
शिक्षिकाले नयाँ सालको पात्रो किनेर,
गोलो घेरा लगाइन,
८ मार्च २०२०,
फेरि एकचोटी आईमाईबाट नारी बन्नलाई ।।

60601503 163221668041149 4363068409114525696 n

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...