tealaya add

jhapa puraskarझापा : कवि एवं समालोचक प्रकाश थाम्सुहाङ ‘दिव्यविक्रम नेम्बाङ स्मृति पुरस्कार’बाट पुरस्कृत भएका छन् । झापाको विर्तामोर्डमा आयोजित एक कार्यक्रममा ३० हजार रुपैयाँ राशीको पुरस्कारबाट थाम्सुहाङलाई पुरस्कृत गरिएको हो ।

नन्दहाङ नेम्बाङको अध्यक्षता र कवि कृष्ण बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुरस्कृत व्यक्तित्वमाथि कवि मुनाराज शर्माले आफ्नो धारणा राखेका थिए।

स्व. दिव्यविक्रम नेम्बाङ २०१७ सालको क्रान्ति योद्धाका रुपमा चिनिन्छन्। त्यसबेला कांग्रेसको राजनीति गरेवापत उनलाई देश निकाला गरिएको थियो। पछि कांग्रेस नेता सुवर्ण शमशेरले नेपाल प्रवेश गराएका मध्ये उनी पनि एक हुन् । नेम्बाङ शिक्षा क्षेत्रमा लागेर प्रधानाध्यापकसम्म भए ।

दार्जिलिङबाट म्याट्रिक गरेका नेम्बाङका दार्जिलिङ र काठमाडौंबाट प्रकाशित विभिन्न पत्रपत्रिकामा कविता, निबन्ध छापिएका छन् । कार्यक्रममा स्व।नेम्बाङको जीवनीमाथि कवि धर्मेन्द्रविक्रम नेम्बाङले प्रकाश पारेका थिए ।

मुनाराज सेर्माले कबि प्रकाश थाम्सुहाङ अत्यन्तै सुन्दर समालोचना तथा अर्गानिक कबिता लेख्ने संज्ञा दिए । मसुहाङले याक्थुङ लेखक संघको केन्द्रिय अध्यक्ष जस्तो पदमा रहेर समाजिक अभियन्ताको रुपमा पनि काम गरी रहेको बताए । उनको हरीयो ग्रहको मान्छे भन्ने कबिता माथि कसैले चलचित्र नै बनाउँदा पनि सुन्दर बन्ने बताए ।

अतिथि केशव आचार्यले सुन्दर कबिता र सुन्दर सुन्दर समालोचना लेखेर नै पुरस्कृत भएको बताए । आचार्यले दुइवटा गजल पनि वाचन गरे । सो कार्यक्रममा रेगेस्थानी कवि तिर्थसंगम राई, बिराट किराती, राजकुमार अनिश्चित, अशोक बस्नेत र इक्साहाङ चेम्जोङ लगाएयले रचना बाचन गरेका थिए ।

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...