Header
Loading...

‘पाठशाला नेपालले विद्यार्थीलाई नैतिक र व्यवहारिक शिक्षाको परिपूर्ति गर्छ ।’

amrit

iswor adhikari

के हो  पाठशाला नेपाल ?

पाठशाला नेपाल फाउन्डेसनद्वारा संचालित पाठशाला नेपाल काठमान्डौमा फरक पहिचान बनाएको स्कुल हो ।२०६१ साल देखि संचालित यस स्कुलले अहिले कक्षा १० सम्म पठन पाठन गराउने गर्छ । एस एल सी र अन्य  परीक्षामा  समेत राम्रो नतिजा ल्याएको पाठशाला अहिले काठमाडौँका केहि स्तरीय  स्कुलहरु मध्यको एक हो । पाठशाला नेपालका बारेमा पाठशाला नेपालका संचालक ईश्वर अधिकारीसँग कान्तिपथका लागि देव चौलागाईंले गर्नुभएको संवादको सम्पादित अंश :

पाठशाला नेपाल किन ?

पाठशाला नेपाल एक मात्र यस्तो स्कुल हो जसले स्थापना देखि नै पठन -पाठनको फरक विधि अपनाएको छ ।नेपालको शिक्षा प्रणाली अलिक  परम्परागत छ , अझ भन्दा नेपालको  शिक्षा प्रणाली र  शिक्षण विधिले  विद्यार्थीहरु अहिलेको परिवर्तनशील विश्वमा प्रतिष्पर्धा गर्न सक्दैनन्  ।हामि त्यस्तो  विधि अपनाउन चहान्छौ कि हाम्रा  विद्यार्थी अन्तराष्ट्रिय मार्केटमा सजिलै प्रतिष्पर्धा गर्न सकून्  । विद्यार्थीको सिकाईमा शिक्षकको सिकाउने विधि र  पाठ्यक्रमले ठुलो भूमिका खेल्छ ।पाठशाला नेपालले कसरि विद्यार्थीलाई सिकाउने भन्ने विधि शिक्षकलाई पनि सिकाउने गर्दछ । हामीले शिक्षकलाई  पनि  सिकाईको विधिबारे नियमित तालिम दिने गर्छौ ,ताकी शिक्षक पनि नंया र  उपयोगी शिक्षण विधिमा निपुण हुन सक्नेछन   ।

नैतिक शिक्षामा जोड

पाठशाला नेपालको अरु भन्दा फरक विधि भनेको विद्यार्थीहरुलाई नैतिक शिक्षा प्रदान गर्नु  पनि हो । एकाडेमिक डिग्री संगै विद्यार्थीलाई  नैतिक शिक्षा  आवस्यक छ ताकी उनीहरुले समाजसंग सौहाद्रपूर्ण ब्यबहार गर्न सकुन ।एउटा नैतिक र मुल्यवान मानिस बन्न उसको विद्यालय नै मुख द्वार हो ।नेपालमा दिइने शिक्षामा नैतिक शिक्षाको  पाठ्यक्रम छैन ।जसले डिग्री हाशिल गरेको मानिस समेत  नैतिक बन्न सक्दैन ।

व्यवहारिक  शिक्षामा जोड

हामीले  देखिरहेका छौ दिनप्रति दिन नेपालि युवाहरु लाइन लगेर विदेशिएको  । त्यसको मुख्य कारण कमजोर शिक्षानै  हो  ।सरकारी तवरबाट  दिइने शिक्षा र व्यवहारिक शिपमा निकै ठुलो दुरी छ ।तपाई हामीले देखेकै छौ ,मास्टर्स गरेको कुनै युवा पनि खाडी जान पासपोर्ट बनाएको हुन्छ ।किनकी उसले डिग्री मात्र प्राप्त गर्न सक्यो । डिग्रीसंगै व्यवहारिक शिक्षा अर्थात् शिप  सिकेको भए सर्टिफिकेट हातमा लिएर खाडीको लाइनमा लाग्नु पर्दैनथ्यो ।

पाठशाला नेपालले विद्यार्थीलाई स्कुल स्तरबाटै व्यवहारिक कुरा बढी सिकाउने गर्छ ।पाठ्यक्रममा समाबेश गरिएका सबै विषयलाई व्यवहारिक रुपमा यसरी यसरी हुन्छ भनेर सिकाउनु नै पाठशाला नेपालको फरक विधि हो ।

अन्तराष्ट्रिय स्तरको पाठ्यक्रम

पाठशाला नेपालले विद्यार्थीहरुलाई अन्तराष्ट्रिय मार्केटमा प्रतिष्पर्धा गर्न सक्ने पाठ्यक्रम र शिक्षण विधि अपनाइरहेको छ ।बढ्दो व्य्पारिकरण ,प्रविधिको विकास र विज्ञानमा आएको चमत्कारलाई ग्र्याब गर्न हाम्रा विद्यार्थी पनि सक्षम्  हुनेछन ।हामीले बिभिन्न मुलुकमा रहेका प्रतिष्ठित विश्विध्यालयसंग पनि निकट भविस्यमै समन्वय गर्ने छौ ।

चर्को फि 

अहिले पनि लाखौ ,करोडौ खर्च गरेर  भए पनि अभिभावकहरुले  आफ्नो बच्चालाई विदेश पढ्न पठाउनु भएको छ ।हामीले चर्को फि लिएका छैनौ ।नेपाल बाहिर जाने जनशक्ति र पैसा नेपालमै खर्च होस् भन्ने हामि चाहन्छौ ।तपाई बुझ्न  सक्नुहुन्छ ,काठमान्डौमै पनि महंगा भनिएका स्कुल भन्दा पाठशालाको  फि एक मात्र स्रोत हो  ।पक्कै पनि हामीले दिने क्वालिटी हो ,क्वालिटी दिन आवस्यक स्रोत त  जुटाउनै पर्यो ।हामीले कुनै संघ सस्थाबाट डोनेसन लिएका छैनौ ।सबै स्रोत अभिभावकबाट नै उठाउने हो ।

शिक्षा मन्त्रालयसंगको सहकार्य 

हामीले पटक पटक शिक्षा मन्त्रालय र जिम्मेवार निकायसंग छलफल गर्दा अहिलेको शिक्षा प्रणालीलाई व्यवहारमुखी बनाउनु पर्यो भन्दै आएका छौँ । एस एल सीमा ग्रेडिंग सिस्टम लागु हुनुपर्छ भनेर हामीले नै शुरु देखि लबिंग गर्दै आएको हो  ।कुनै पनि विद्यार्थीलाई फेल गराई उसको मनोबल कमजोर बनाउनु हुदैन ।अहिलेको पाठ्यक्रम र व्यवहारमा निकै ठुलो अन्तर छ । सरकारले निजि स्कुललाई उचित मोनिटोरिंग गर्नुपर्छ  ।नागरिकलाई शिक्षा दिने पहिलो जिम्मेवारी नै सरकारको हो ।यदि सरकार आफुले सक्दैन भने  आवस्यक नीति तर्जुमा गरि निजि सस्थालाई सम्पूर्ण जिम्मा दिनुपर्छ  ।पाठशाला नेपाल सधै  शिक्षा मन्त्रालयसंग सहकार्य गर्न तयार छौं  ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विदेश

प्रवासी मजदुर संगठन ओसान शाखाको अधिबेशन तथा शैक्षिक कार्यक्रम सम्पन्न ।

कोरियामा कार्यरत सम्पूर्ण देशको प्रवासी मजदुरहरुको हक अधिकार प्राप्ति र समस्या समाधानको निमित्त प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु)को ओसन शाखाको चौथो अधिबेशन तथा शैक्षिक कार्यक्र... विस्तृतमा


कागजविहीन आप्रवासीलाई देश निकाला गर्दै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति सार्... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com