Header
Loading...

निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु

चितवन, ८ पुस । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप आधुनिकीकरण गर्दै लैजान निकुञ्जभित्र अप्टिकल फाइबर बिछ्याउने काम सुरु गरिएको छ । यसअघि सामान्य केवलमार्फत ठाउँठाउँमा सिसी क्यामरा जडान गरेको निकुञ्जले त्यसलाई आधुनिक प्रविधिमा लैजान ५२ किलोमिटर अप्टिकल फाइबर जडान गर्न लागेको हो । 

chitwannationalparkनिकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मुख्य कार्यालय कसराबाट सौराहासम्म २० किलोमिटर, कसरा–भिम्ले–मेघौली २० किलोमिटर अप्टिकल फाइबर बिछ्याउन सुरु गरिएको छ । त्यसैगरी, नवलपरासीको अमलटारीबाट पूर्वतर्फ ६ किलोमिटर र पश्चिमतर्फ ६ किलोमिटर अप्टिकल फाइबर बिछ्याइने कँडेलले बताए । 

यसअघि निकुञ्जले राप्ती नदी किनारका विभिन्न ठाउँमा सामान्य तारमार्फत १० वटा सिसी क्यामरा जडान गरेको थियो । त्यसैगरी, पूर्वपश्चिम राजमार्गमा पर्ने बरण्डाभार जङ्गलको टिकौलीस्थित राजमार्गमा पनि १० वटा सिसी क्यामरा जडान गरिएको छ । जडान गरिएका सिसी क्यामरा वन र वन्यजन्तु संरक्षणमा प्रभावकारी भएपछि अप्टिकल फाइबर नै बिछ्याएर निकुञ्जका विभिन्न संवेदनशील क्षेत्रमा सिसी क्यामरा जडान गर्न लागिएको हो । 

प्रमुख संरक्षण अधिकृत कँडेलका अनुसार विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) को आर्थिक तथा प्राविधिक सहयोगमा अप्टिकल फाइबर र सिसी क्यामरा जडान कार्य सुरु भएको हो । अप्टिकल फाइबर जमिनभित्र बिछ्याइने छ भने संवेदनशील ठाउँमा गोप्यरुपमा सिसी क्यामरा जडान गरिनेछ । 

अप्टिकल फाइबर विछ्याउने कार्यसँगै सिसी क्यामरा जडान कार्य पनि भइरहेको कँडेलले बताए । उनले कुन कुन ठाउँमा सिसी क्यामरा छ भन्नेबारे भने गोप्य नै राखिने बताउनुभयो । उहाँले आवश्यकताअनुसार संवेदनशील ठाउँमा सिसी क्यामरा राखिएको छ भने । 

सिसी क्यामराको मनिटरिङ निकुञ्जको मुख्यालय कसराबाट गर्ने गरी व्यवस्था मिलाइएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । लगातार नौसय ६० दिनभन्दा बढी चोरीसिकार शून्य भएको निकुञ्जको सुरक्षालाई आधुनिकीकरण गर्दै लैजाने नीतिअनुरुप यो कार्य सुरु गरिएको कँडेलको भनाइ छ । 

“चोरीसिकारीलाई शून्यमा राखिराख्न थप आधुनिक प्रविधितर्फ निकुञ्ज जान लागेको हो”, कँडेलले भने। चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, बाघ, हात्तीलगायत जङ्गली जनावर रहेका छन् । निकुञ्जले छिट्टै अर्ना र बाह्रसिङ्गे पनि स्थानान्तरण गरेर ल्याउने तयारी गरिरहेको छ । 
यो पनि पढ्नुहोस : पूर्वाञ्चलमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

कार्कीमाथि कालोमोसो दल्ने विप्लव माओवादीका २ कार्यकर्ता रिहा

काठमाडौं, ७ माघ । गत पुस ७ गते सर्वोच्च अदालत परिसरभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमान सिंह कार्कीमाथि कालोमोसो दल्ने २ जना माओवादी कार्यकर्ता शुक्रबार रिहा भएका छन् ।... विस्तृतमा


एक हप्तापछि संसद बैठक बस्दै

काठमाडौं, ७ माघ  । व्यवस्थापिका संसदको बैठक शुक्रबार बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा... विस्तृतमा
View more

विज्ञान/प्रविधि

View more

कला साहित्य

View more

शिक्षा/स्वास्थ्य

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com