Header
Loading...

साइबर आतंकविरूद्ध लड्न छुट्टै ब्यूुरो

अन्तर्राष्ट्रिय ह्याकर समूहले सरकारी निकायका वेभसाइट ह्याक गर्ने र बैंकका तथ्यांक चोर्ने घटना

onlineकाठमाडौँ, ११ पुस | टर्किस ह्याकर्स समूहले सानिमा बैंक र बिजनेस युनिभर्सनल डेभलपमेन्ट बैंकको डाटा ह्याक गरेको डेढ वर्षपछि जेठमा खुलासा भयो। केन्द्रीय अनुसन्धान ब्युरोले तत्काल दुई बंगलादेशी नागरिकलाई यिनै बैंकको सिस्टममा अनधिकृत प्रवेश गरेपछि पक्राउ गरी कारबाही चलाए पनि के कति तथ्यांक बाहिरिएको छ, अझै सार्वजनिक हुन सकेको छैन।

दुवै बैंकका ग्राहक र कर्मचारीसम्बन्धी ठूलो तथ्यांक सार्वजनिक गरेको दाबी ह्याकर समूहले गरेपछि सुरक्षा निकाय झस्कियो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

नेपालमा यसबाहेक समयसमयमा अन्तर्राष्ट्रिय ह्याकर समूहले सरकारी निकायका वेभसाइट ह्याक गर्ने र बैंकका तथ्यांक चोर्ने घटना भइरहेको छ ।

यस्तै सामाजिक सञ्जालमार्फत हुने ठगीमा प्रहरीले बिचौलिया पक्राउ गरे पनि मुख्य व्यक्ति समात्न सकेको छैन

यस्ता साइबर अपराध नियन्त्रण गर्न प्रहरी प्रधान कार्यालय बेग्लै इकाइ स्थापनाको अन्तिम तयारी गरिरहेको छ।

साइबर अपराधसम्बन्धी घटनाको अनुसन्धान, दोषी व्यक्ति वा संस्थालाई पक्राउ तथा नियन्त्रण, आफ्नै न्यायिक हिरासत र मुद्दामा राय तथा अभियोजनसहितको अधिकार प्राप्त साइबर ब्यूरो स्थापना हुने भएको छ ।

देशकै साइबर सुरक्षामा हुने सक्ने सम्भावित खतरा रोक्न र भविष्यमा हुन सक्ने साइबर आतंकवादविरुद्ध कारवाहीका लागि डिआइजीको नेतृत्वमा व्युरो गठन हुन लागेको छ । यसमा ७० प्रहरी अधिकारीको दरबन्दी रहनेछन्।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)

काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रका... विस्तृतमा


छैठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला सुरु

काठमाडौं- उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com