Header
Loading...

शेर्पा प्रदेश प्रति प्रतिबद्ध छुः पूर्व मन्त्री कृपाशुर शेर्पा

sherpaकाठमाडौं, १२ पुस । संविधान र संविधान संशोधनका विषयमा छलफल गरी धारणतय गर्न शेर्पा समुदाय घनिभूत छलफलमा जुटेका छन् । संशोधान प्रास्तावमा समेत शेर्पा प्रदेश पर्ने ‘छनक’ नदेखिएपछि छलफललाई व्यापक बनाउँदै आन्दोलनको तयारी अघि बढाएका हुन् । 


शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको आयोजना भएको चरणबद्ध वैठकले पहिलो चरणमा शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने निष्कर्ष निकालेको आन्दोलन परिचालन समितिका संयोजक ल्हाक्पा शेर्पाले जानकारी दिए । आइतबार दिउँसो शेर्पा गुम्बा बौद्धमा भएको लामो छलफलपछि नेपाल शेर्पा संघका महासचिव ङावाङ सोनाम शेर्पाको संयोजकत्वमा ९ सदस्यीय समिति नै गठन गरेर ज्ञापन पत्र बुझाउने जिम्मेवारी दिइएको छ ।


यसअघिका वैठकहरुमा ज्ञापन–पत्र बुझाउने र शेर्पा प्रदेश सम्वन्धी ध्यानाकर्षण गराउने विषयमा छलफल भएपनि ठोस निर्णय लिन सकेको थिएन । विभिन्न दलमा आबद्ध शेर्पा अगुवाहरुको उपस्थितीमा भएको छलफलमा ‘सिमांकनले समेत शेर्पाहरुको अधिकारलाई कुण्ठित पार्न राज्य उद्दत भएको’ निष्कर्ष निकालेको सहभागि एक सदस्यले शेर्पाखबरलाई जानकारी दिए । 


‘हामीले पहिचानसहितको शेर्पा स्वायत्त प्रदेश खोजेका थियौं तर यहाँ सिमांकनले समेत हामीलाई छिन्नभिन्न बनाइ दिएको छ । १ नम्बर र ३ नम्बर प्रदेशमा शेर्पालाई विभाजित गराएको छ । यो हाम्रो लागि स्वीकार्य छैन ।’ महासचिव शेर्पाले भने ‘हामीलाई विभाजित गराएर शक्ति क्षण गर्ने कुचेष्ट राज्यले गरिरहेको छ । यसतर्फ हामी सचेत रहँदै आन्दोलन गर्नुको विकल्प छैन ।’


उत्पीडित वर्गको हितका लागि भनेर लेखिएको संविधानले आम शेर्पालाई न्याय दिन नसकेको उल्लेख गर्दै वैठकमा सहभागि शेर्पाहरुले एकिकृत आन्दोलनको विकल्प नभएकोमा सामूहिक धारण बनाए । 


म शेर्पा प्रदेश विरोधी हुँइनः पूर्व मन्त्री शेर्पा
संभवत शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको वैठकमा पूर्व मन्त्री तथा सांसद कृपाशुर शेर्पा पहिलो पटक सहभागि भए । शेर्पा प्रदेश, पहिचान विरोधी जस्ता संगिन आरोपहरु खेपेका शेर्पाले वैठकमा ‘आफू शेर्पा प्रदेश विरुद्ध नलागेको’ प्रष्टिकरण दिए ।

‘म शेर्पा प्रदेश विरोधी हुँइन, शेर्पाहरुको हकाधिकारको लागि सायद मैले जति अरुले संघर्ष गरेनन् होला ।’ सांसद समेत रहेका शेर्पाले भने ‘तत्कालिन अवस्थामा जे जति आरोपहरु लगाए ती सवै मित्थ्या हुन ।’ वैठकमा पूर्व मन्त्री शेर्पाले अधिकार प्राप्तिको लागि आन्दोलनको विकल्प नभएकाले सवै एकिकृत भएर लाग्न आह्वान समेत गरे । 
सहभागि युवाहरुले वैठकमै सांसद शेर्पामाथि उनीहरुकै शैलीमा सवालजवाफ समेत गरे । 

एउटै बोली एउटै लोली
वैठकमा सहभागि सबैले पहिचानसहितको शेर्पा प्रदेश र सिमांकन मिलाउन आन्दोलनको विकल्प नभएकोमा जोड दिए । वैठकमा वहालवाला सांसददेखि पूर्व सांसद, शेर्पा समुदायका अग्रज संस्थाका प्रतिनिधीहरु सहभागि थिए । आन्दोलनलाई उचाईमा पुर्याउन सवै एक भएर अघि बढ्न समेत सहभागिहरुले आह्वान गरे । वैठकमा सांसद ओङदी शेर्पा, पूर्वसभासद लक्की शेर्पा, आङदावा शेर्पा लगायतले आफ्नो धारण राखे । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

विज्ञान/प्रविधि

View more

जीवन शैली

धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्न चाहन्छन

विराटनगर – नेपालमा एक सयभन्दा धेरै जोडी समलिङ्गी औपचारिक रुपमा विवाह गरेर बस्ने चाहना गरेका छन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ । तर, कानुनको अभावमा उनीहरुले विवाह गर्न पाउने अव... विस्तृतमा


अपाङ्गता भएका महिला घरभित्रै असुरक्षित

काठमाडौँ । “म साङ्ग हुन्जेल श्रीमान्सँग राम्रो सम्बन्ध थियो, घरपरिवारसँग पनि राम्रै थियो... विस्तृतमा
View more

मनोरन्जन

View all

शिक्षा/स्वास्थ्य

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com