Header
Loading...

छोराको विदाई गर्न गएका बाबुको  छोरा फ्लाईट केहि समय पछि हृदयघातको कारण बाटोमा मृत्यु

हरि थापा /दोलखा, १७ पुस | बाराह जिल्ला,ककडी, ६, का प्रभु चोैधरी दुई छोराका बाबु हुन ।त्यस्तै ५४ बर्षिय चोैधरी जेठा छोरालाई मलेसिया विदाईका लागि त्रीभुवन विमानस्थल पुगेका थिए |


कान्छो छोरा दिलिप चोैधरी विगत दुई बर्ष देखि मलेसियामा काम गर्दै अाएका छन गरिविकै कारण जेठो छोरा पनि विदेश जान लागेपछि अब बाँकी दम्पती वेसाहार हुन लागेका थिए ।


बुढेसकालको साहार दुबै छोरा विदेश गएपछि मनमा चोट त पर्ने नै भयो जब छोरालाई विदाई गरि कलङ्की अाई पुगेका थिए कलङकी अाएपछि अब घर जानको लागि बाराहको टिकट काट्न तयार हुदै थिए सगैँ उसका एक छिमेकी पनि थिए त्यसपछि चर्पि लाग्यो भनेर भित्र गएका चोैधरी एकै छिनमा बाहिर अाए र उभिएकै अबस्थामा ढलेर मृत्यु भएकाे कुरा छिमेकीले फोन मार्फत बताएका थिए जेठो छोराको केहि समय अगि मात्र ल बाबा म उड्न लागे अब मोबाईल अफ हुन्छ म पुगेर कल गर्छु भनेको दश मिनेट पछि चोैधरीले सदाकाे लागि छाडेर गए ।

चोधरीको कान्छा छोरा मलेसियाका कार्यरत सबैको प्यारो मित्र हुन अविवाहित २१  बर्षिय चोैधरीमाथी ठुलो बज्रपात परेको छ यो खबरले हामी निकै मर्माहत भएका छौ। यस दु:खद घडीमा सम्पुर्ण शोकाकुल परिवारजन तथा आफन्तहरुमा इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून्। साथै बुबाको मृत आत्माको चिर शान्तिको कामना गर्दै, हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ। 

चोैधरिका अल्लारे कान्छो छोरा भन्छन चाहेर पनि पीडा लुकाउन गाह्रो छ कहिल्यै सोचेको कुरा पुरा नहुने भयो सबै अाशा निरासमा बदलियो रसाएका आँखा पुछ्दै भन्छन्, दुःख लुकाउन सकिन्न भन्थे हो रहेछ कति सहने समाजले हेपेर सानैमा स्कुल पढ्न छाडेर विदेश कमाउन भनि अाए अब केहि कमाउन लागेको थिए अब के गर्ने बाबाको सपना पुरा गर्न नसकेको मा उनि भकानिदै भन्छन कति सहने यो सहेर हिँड्न ज्यादै गाह्रो रहेछ ।’


एउटा सुनोैलो सपना बोकेर हिडेका जेठा छोरा अझै बोल्न नसक्ने स्थितीमा छन भन्ने खबर अाएको छ कान्छो छोरा घर जाने तयारीमा भए पनि भिसा परमीट बाकि रहेकोले कम्पनीले सहजै पठाउन नसक्ने कुरा गरिरहेका छन । अब चोैधरीको घरमा एक्ली बुढि अामा बाहेक कोहि छैनन् |

अहिले अामालाई छिमेकीले समालीरहेको कुरा फोन बाट बताएका थिए ।अाफ्नो पिताको पृतशोकमा दुबै छोरा नहुनुले जिवन भर नमेटिने दाग लागेको छ । वेरोजगारीको कारण अाफ्नो बाबाको मृत शरिर पनि हेर्न नपाउनु दुई थोपा अाशु पनि विदेशमा खसाल्नु परेको विडम्वना छ । सायद कम होलान यस्ता घटना छोराको फ्लाईट हुनु बाबाको मृत्यु यो जिवन भरको अविस्मरणिय घाउ लागेको छ ।

अविहाहित छोराको अब केहि बर्ष पछि अामा बाबुले रोजेको केटि संग विबहा गरि खुसि दिने योजना केहि दिन अगाडी सुनाउदै थिए । अामालाई त खुसि बनाउन सक्लान तर बाबाले भने सदाको लागी छाडेर गई सक्नु भएको छ । बाबाको ईच्छा पुरा गर्ने अठोटका साथ अगाडी बढिरहेका दिलीप चोैधरी शोकाकुल अबस्थामा छन |
केहि बोल्न सक्ने स्थितीमा छैनन् |

तैपनि दुख विर्साउनको लागि हामी सबैले सम्झाउदै सांत्वना दिदै अाएका छोै अहिले काम गर्ने सक्ने स्थितीमा छैनन नेपाल जाने अब अामाको साहार बनि बस्ने भन्दा कम्पनीले अहिले पठाउन नसक्ने कुरा गरिसकेको छ । यदि जाने हो भने नेपाल बाट चारहजार मलेसियन रिङगेट मगाए पछि मात्र पठाउने कुरा गरेको छ ।

नेपाली चारहजार लगभग लाख भन्दा माथी रकम हो कहाँ बाट पठाउने ति शोकमा परेका बृदअामाले लाख भन्दा बढि रकम यदि पैसा झिकाउन नसके पठाउन नसक्ने यहाँको रोजगार दाता कम्पनीहरुले भन्ने गरेका छन 

अब चोैधरीको घर जान सक्ने स्थिती नभएपछि कम्पनीमा कार्यरत साथीहरुको सहयोगमा केहि सहयोग मागि घर पठाउने र छिमेकी हरुको मा राख्न सके कम्पनीलाई लाख तिर्न पर्दैनथ्यो उसको परमीट अब एक बर्ष पछि सकिन्छ ।

दैव पनि गरिवमाथी चोट प्रहार गर्न सिपालु छन के भन्ने सोच्न सक्ने स्थिती छैन यस्ता विदेशि छोरा छोरीको मन सधै चिसो भएर बसेका छन कहिले विदेशमा छोरा त कहिले नेपालमा घरपरिवारको घटनाले चोट माथी चोट प्रहार गरेको छ 

जे जस्तो चोट पनि सहन पर्ने जस्तो सुकै स्थितीको पनि सामान गर्नु पर्ने यहिं रहेछ सङघर्ष जिवनको । रङ्गिन जिवनको खाका बनाउदा बनाउदै कुन दिन के हुन्छ कसैलाई थाहाँ छैन तैपनि दुख सुख बाच्नै पर्ने रहेछ।

जिबनको समस्या यता टाले उता फुस्किने उता टाले यता फुस्किने कहिल्यै पुरा नहुने वेदनाको दुखद घटना भगवानले दया गरुन यस्तो अप्रिय घटनाको चोट कसैलाई पनि नपरोस भन्ने कामना गर्दछु।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विदेश

प्रवासी मजदुर संगठन ओसान शाखाको अधिबेशन तथा शैक्षिक कार्यक्रम सम्पन्न ।

कोरियामा कार्यरत सम्पूर्ण देशको प्रवासी मजदुरहरुको हक अधिकार प्राप्ति र समस्या समाधानको निमित्त प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु)को ओसन शाखाको चौथो अधिबेशन तथा शैक्षिक कार्यक्र... विस्तृतमा


कागजविहीन आप्रवासीलाई देश निकाला गर्दै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति सार्... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com