Header
Loading...

आजबाट फोर जी सेवा सुरु

4gकाठमाडौं, १७ पुस | नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । अहिले चलिरहेको भन्दा दु्रतगतिको मोबाइल डाटा इन्टरनेट सुविधा दिने फोर जी सेवा आइतबारदेखि काठमाडौं उपत्यका र पोखरामा शुरु हुन लागेको हो । 

तत्कालका लागि यो सेवा काठमाडौंमा झण्डै तीन लाख र पोखरामा तीन लाख उपभोक्ताले यो सुविधा चलाउन सक्नेछन् । फोर जी सेवा बिस्तारै अरु शहरमा पनि बिस्तार गरिने टेलिकमले जनाएको छ । यो सेवा शुरु भएपछि मोबाइलबाट इन्टरनेट चलाउने प्रयोगकर्तालाई धेरै फाइदा पुग्ने टेलिकमले जनाएको छ । 

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्युनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् । 

काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ ।

फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

View more

शिक्षा/स्वास्थ्य

यस्ता छन् बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण

१. तौल नियन्त्रणमा रहन्छ यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस् । खाना खाएपछि केहीक्षण हिड्नुहोस् । जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल ब... विस्तृतमा


विहान उठ्ने वित्तिकै स्वास्थ्यका लागी अनिबार्य गर्नुस यी पाँच काम

 दिनको सुरुआत यदि राम्रो कुराबाट हुन्छ भने पुरै दिन त्यस्तै हुन्छ । त्यसैले हामी तपाइलाई यस्ता... विस्तृतमा
View more

मनोरन्जन

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com