Header
Loading...

लोपोन्मुख प्रजातिको संरक्षणमा नयाँ सम्भावना

काठमाडौं, २० पुस ।

चोरी–सिकार तथा अवैध व्यापारका कारण लोप हुने खतरामा रहेका प्राजातिको संख्या लामो समयसम्म रहने आशा पलाएको एक अध्ययनले देखाएको छ ।

अवैध व्यापार भएका विभिन्न चरासहितका प्रजातिलाई किनेका मानिसले स्वतन्त्र गर्ने क्रम बढ्दै गएकाले ति प्राजितको संख्या मुख्य बासस्थानमा घटे पनि समग्रमा भने नघट्ने सम्भावना देखिएको अनुसन्धानकर्ताले बताएका छन् ।

लोपोन्मुख प्रजातिका चरासहितका अरु जीवजन्तु मुख्य प्राकृतिक वातावरणबाट अवैध व्यापारका कारण घटे पनि तिनीहरुलाई किन्ने मानिसले स्वतन्त्र गर्ने क्रम बढेको र यसलाई व्यवस्थित गर्न सकेमा यस्ता प्रजातिको संरक्षमा ठूलो सफलता मिल्न सक्ने अन्नुसन्धानमा संलग्नको भनाई छ । लोपोन्मुख प्रजातिको संरक्षणका लागि अहिले अपनाइए भन्दा रचनात्मक उपाय अपनाउनु पर्नेमा जोड दिइएको छ ।

प्राकृतिक बासस्थानबाट अवैध रुपमा व्यापार गरिएका प्रजातिलाई किन्ने मानिसले स्वतन्त्र गराउन प्रोत्साहित गर्ने तथा त्यसरी स्वतन्त्र भएकाको संरक्षणका लागि ठोस उपाय अपनाउनु पर्नेमा ‘फ्रन्टिएर्स इन इकोलोजी एण्ड दि इन्भाइरोमेन्ट जर्नल’ मा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

लोपोन्मुख अवस्थामा रहेका प्रजातिले प्राकृतिक बासस्थान भन्दा बाहिर पनि आफूलाई जीवित राख्न र आफ्नो संख्या बढाउन संघर्ष गरिरहेको र यसमा सहयोगी मानवीय क्रियाकलाप लाभदायक हुने अनुसन्धानमा संलग्न हङकङ विश्वविद्यालयका सहप्राध्यापक लुक गिब्सनले बताए ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

भोलि महाशिवरात्री : गौशाला आसपासमा कहाँ कहाँ हुन्छ ट्राफिक जाम !

काठमाडौं । महाशिवरात्री पर्वको अवसरमा पाशुपत क्षेत्रमा हुने दर्शनार्थीको भिडलाई मध्यनजर गरी ट्राफिक प्रहरीले गौशाला क्षेत्रमा सवारी साधन प्रबेशमा रोक लगाएको छ । ट्राफिक प्रहरीका अनुसार गौशाला क... विस्तृतमा


सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीद्वारा निर्वाचन घोषणाको विरोध

काठमाडौँ । सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी न... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com