Header
Loading...

"अपराधीलाई सजाय दिने कि सुरक्षा"? गृहमन्त्रीलाइ खुल्ला पत्र

हरि थापा


समाननिय,
उपप्रधान एवं गृहमन्त्रीज्यू सुरक्षाकर्मीहरुलाई निर्देशन दिदैमा तपाई मातहतका कर्मचारीले निर्देशन पालना गरेका छन त दिन प्रतिदिनको घटनाले तपाईको मन दुख्दैन ?अझै पनि ति पञ्चेहरुको तरिकाले काम गर्दा सफल भईएला जस्तो लाग्छ? अब निर्देशनले मात्र हुन्न मन्त्रीज्यू अाफै अनुगमन गर्न जान्नु पर्छ । र जानुहोस भन्न चाहन्छु। जनताको मत ले अाज तपाइ यतिको उचाईमा पुग्नु भएको छ त्यसैले माफ गर्नुहोला निर्धक्क भएर भने जनतनको समस्याहरु पिडाहरुलाई यहाँहरुले अवश्यनै संवोधन गर्नुपर्छ कार्न्वयन गर्नु पर्छ झुटा अाश्वसन, अासमा राख्ने बानी चट्टकै हटाउनुपर्छ ।

जहिल्यै मन्त्री क्वाटरमा डेरा जमाएर मात्र जनताका समस्या समाधान हुन्न पक्कै पनि जिम्मेवार बहन गर्नु हुन्छ भने जनतामाझ गएर जनताका सवालहरुको एक पछि एक समस्या हल गर्दै जानुस बाकी तपाईको उच्चाई कहाँ पुर्याउने जनताको हातमा छ ।यो जमाना चेन अफ कमाण्डमा मात्र चल्ने होईन यो चेन अफ कमाण्ड जनताले केहि बुझ्दैनन् ।

writer-HariThapa-Kantipath.com



तपाईहरुको यो कार्यशैलि निति नियमले जनता वाक्कदिक्क भएका छन सरल र पारदर्शि उपायहरु अपनाउनुस मन्त्रीज्यू काधभरि माला लगाईदिदैमा मख्ख नपर्नुहोस
गणेशमानले तेतिकै हाम्रा जनता मुर्ख,भेडा हुन त्यसै भनेको होईन रहेछ जनता यसर्थ भेडा रहेछन विस्तारै यसको रहस्य खुल्दै छ ।

नवनियुक्त मन्त्रीले सपथ ग्रहन गर्न पाएको छैन गला भरि माला लगाईदिने जनता पनि भेडा हुन किन माला लगाउने जसले काम नै गरेको छैन यदि मन्त्रीमा हुदा उथलपुथल हुने गरि ब्यस्थापन नै परिवर्तन गरायो भने बल्ल माला लगाउन मजा अाउलाकी?

यो माला लगाउने प्रथा पनि हटाउने हो कि?

जनतालाई महशुस होस फलानो मन्त्री अाएपछि पाएका सुविधा उपयोगिता क्रमबद्द ब्यक्त गर्न सक्ने छाप छाडेर जानु पर्यो यसमा सामान्य प्रशासन मन्त्री लालबाबुले जसरी अाफ्नो मातहतका कर्मचारीहरुलाई ब्यबस्थित अकाट्य हिसाबले प्रशासनिक काम समाले र कर्मचारिहरुको सुस्ततालाई चाजोपाजो मिलाई मजबुद बनाए डिभी, पिआर वा ग्रिनकार्ड लिएका निजामति कर्मचारीलाई कारबाहीअगि बढाए कडा रुपमा प्रस्तुत भए त अाज पनि सबैको लोकप्रिय लालबाबु बने गर्न चाह्यो भने हुदोरहेछ भन्ने शिक्षा लालबाबुको कार्यकाल लाई अध्ययन गरेर पनि सिक्न बुझ्न सकिन्छ।


जसरी अहिले विधुत प्राधिकरणका कार्नकारी निर्देशक कुलमान घिसिङ्ले अाफ्नो सान र मान दुबै राख्न सकेका छन त्यो कुनै निर्देशनको कमाल हैन अाफु र मातहतका कर्मचारीको मुल्याङकन अनुगमन र यथासिघ्र कार्यन्वयन र ब्यबस्थापनले अाज जनताले बर्सोै पछि एउटा नयाँ जिवन पाएको महशुस गरेका छन अाज जनताका सामु कुलमान हाई हाई गरेर छाती खोलेर मन मुटुमा बस्न सफल भएका छन ।सारा जनता कुलमानको पक्षमा कुलमान कार्यकुशलताको अभियमनमा लागेका छन अाखिर गर्यो भने देखि त जो कोहिको पालामा पनि गरेर देखाउन सक्ने रहेछ भन्ने उदाहरण स्वरुप काम गरेर देखाएर कुलमानले अाफ्नो छबि र उच्चाई हाईट मा पुर्याएका छन उनको समर्थनमा नजुट्ने पक्कै पनि राष्टघाती दलाली हुन भन्न सकिन्छ जनताको मर्मलाई बुझेर अाज जनता खुसि बनाउन सकेर अाफु खुसि भएका महान ब्यक्तिहुन कुलमान ।


हरेक क्षेत्र सरकारी अथवा गैरसरकारी संस्था संगठनले कुलमान कार्यशैली बाट सिक्नु पर्ने धेरै कुरा छन जुन रफ्तारमा काम हुन पर्ने हो त्यो नहुनुनै त्यस पदस्थमा बस्ने ब्यक्ति जोकोहि गैरजिम्मेवार भन्न सकिन्छ ।हुने कुरालाई पनि विभिन्न बाहानबाजी लगाएर सुस्त तरिकाले अाफ्नै ढङगमा काम गर्ने ब्यबस्थापक हरुमा पनि यसले नयाँ कुरा सिकाएको छ साच्चिकै जनताको लागी काम गर्दा पाउने विश्वास अनि जस कुलमानले स्वाद लिदै छन।

तर अरुले खाएको देख्न नसक्नेहरु मुखबाट खोस्न पनि पछि परेका छैनन् तैपनि धैर्यताका साथ काम अगाडी बढाएका छन यस्तो गुण लगाएका छन जनता अध्यारो बाट एक्कासी उज्यालोमा बस्न पाउनुको अनुभव शब्दमा ब्यक्त गर्न सकिदैन यो कुलमानको देन मेहनत र ब्यबस्थापनले गर्न सकेको हो यो हो निष्टावान कर्मचारी जनताको साथी ।

अाखिर सरकारी होस वा गैरसरकारी यी यावत जनताका हक अधिकार अाबश्यकता परिपुर्ति गर्न जनताका अावाज सुन्न जनताकै हितमा काम गर्ने खोलेका संस्था भन्दा फरक केहि छैन जति पनि छन जनतामाका सवाल योजनाहरुमा निहित च्याउसरी छन भने यिनले अाज सम्म कहाँ कहाँ के के गरेका छन । दुई चार वटा बालबच्चा उठाएर पालनपोषण गरे जस्तो गर्दै डलर खानेहरुको कमि छैन खै यिनिहरुलाई कारबाहि मन्त्रीज्यूको निर्देशन कहिले पालना हुन्छ र जनताले प्रहरी अथवा अन्य संस्था बाट कहिले सेवा पाउछन? 

केहि दिन अगाडी अाफ्नै हाकिम चढेको बसमा प्रहरीले अनिमियतता गरेर दुई हजार असुलेको घटना जनताका घर घरमा पुगेका छन यो एउटा उदाहरण मात्र हो दिनमा यस्ता सयोैँ घटना घट्ने गरेको छ तर पनि मन्त्रीज्यूहरु कानमा तेल हालेर सुने नसुने झै बस्नुहुन्छ अनि जनताले कहिले अाफुलाई सुरक्षित महशुस गर्ने र कसरी यस्ता अन्याचित,कथित ढङ्गबाट दुख दिने प्रहरी साथी हुन सक्छ? यसको मतलब प्रहरी भित्र सबै कर्मचारी घुस्याहा छैनन निष्टावान जनतामा समर्पित गर्ने जिम्मेवारी प्रहरी पनि छन तर यस्तै खालका अनिमियतता बाट छुटकार पाउन नसकेर उनिहरु पनि भित्र भित्रै पिल्सिएका छन माथिको अडरमा काम गर्नु पर्दा उनिहरुलाई पनि सजिलो छैन तर माथी कहाँ हो कसले अडर गर्छ र किन प्रभावकारी ढङ्गकाट काम गर्न दिदैन यिनिहरु भित्र जुन दलालीकर्ता छन तिनिहरुको पतासाफ नगरे सम्म गृहअन्तर्गतका निकायहरु प्रभावकारी हुदैन ।

जब सम्म निष्पक्ष तरिकाले छानविन हुन्न तब सम्म जनता र प्रहरी विचको दुष्मणिको खाडल पुरिन सक्दैन नेपालमा हजारोैँ रेस्टुरेन्टहरु छन वार छन होटल लज र भट्टि पसल छन जहाँ कि प्रत्यक दिन योैन धन्दा चलिरहदा पनि संम्बन्धित निकायका कर्मचारीहरुलाई वास्ता हुन्न जब कुनै घटना घट्छ तब मात्र एक एक रहस्य खुल्छ यसले के बुझ्न सकिन्छ भने नेपालका होटल लज र रेस्टुरेन्टमा प्रहरीहरुको साथ छ जहाँ साथ छैन त्यहाँ छापामार शैलिमा छापा मारिन्छ जब छापा मारिन्छ तब त्यसको पर्दाफास हुन्छ यसले जनताहरुलाई निष्पक्षता रुपले प्रहरीले सेवा दिई रहेको छैन भन्न सकिन्छ की? 

जनतामा कति सम्मको भ्रम फैलाएका छन दिन प्रतिदिनको चरम घटनाले जनता वाक्क भएका छन उजुरी गर्ने जति गरिसकेका छन जनताले अहिले शुरक्षाको अनुभुती गर्न छाडीसकेका छन प्रहरीहरुमा पनि दुख गर्नेले सडक को धुलो खादै दुख गरिरहेका छन तर कति घुस मात्र खानेहरु छन तिनिहरु घुसमात्र खाइरहेका छन तर खै अनुगमन खै कारबाहि? 

के लाग्छ तपाईहरुलाई र कतिलाई मुर्ख बनाउन खोज्नुहुन्छ? 

त्यसो भए ठमेलका हरेक होटलहरुले ईमान्दारीताका साथ काम गरेका छन त?
हरेक मध्य एक मात्र किन छापामारिन्छ दिन प्रतिदिन कति लाशहरु लजमा सडिरहेका छन तर यसको यस तर्फ किन ध्यान गइरहेको छैन कारबाहि नै अगाडी बढाउने हो भने निष्पक्ष ढङ्गले बढाउन सकिन्छ नी किन मान्छे हेरि हेरि कारबाहि गरिन्छ ।


केहि दिन अगाडी काठमाण्डोैको नयाँबस्तीमा रहस्यमय राजकुमार लामाको मृत्यु विषयले पनि केहि प्रहरीहरुको लापरबाही कारण भन्ने कुरा पनि ब्यापक रुपमा उठेको थियो प्रहरी प्रहरी भित्र पनि प्रभावकारी समन्वयको अभाव रहेको केहि समचारहरु पनि प्रशस्त अाएको थियो र केहि होटल ब्यबसायीहरुले प्रहरीले केहि होटलहरुलाई ढिलासम्म पनि खुल्न दिने गरेको छ भन्ने कुरा होटल ब्यबसायीहरुले गरिरहदा यस्ता लापरबाहिका कारण कसैलाई काखा कसैलाई पाखा हुदा पनि प्रहरी जनताको साथी भन्दा अलि पर रहेको छ । यो संम्बन्ध कायम गराउन निर्देशनको कुनै तुक छैन यसलाई निर्देशन भन्दा पनि कार्यकुशलतामा पारदर्शि कसरी बनाउने भन्ने कुराको ज्ञान दिनु चाहि अोैचित्यपुर्ण हुन सक्छ ।

यदि संगठनको गरिमामय जोगाउने जनतामाझ राम्रो छबि बनाउने हो भने मन्त्रीज्यू तपाईको ठाडो निर्देशन अाफै फिर्ता लिनुहोस र कार्य प्रभावकारी बनाउन सिप ज्ञान तालिम दिनुहोस यो अति महत्वपुर्ण हुन सक्छ ।

हैन भने जहिले सम्म जनताका सवालहरु समाधान हुन्न तपाईका शुरक्षाकर्मीले कहिल्यै जनताको शुरक्षाको अनुभुती दिलाउन सक्दैनन्

कति कठोर हगि हजुरहरुको मन कहिले सम्म निर्देशनमा चलाउने पिडितका भावनासंग कति खेलवाड गर्नुहुन्छ मन्त्रीज्यू 

किन पिडितहरुका समस्या सुनुवाई हुदैन यसको जिम्मेवार कसले लिने हो किन चरम लापरबाहि भईरहेका छन जनता र सुरक्षाकर्मचारी बिचको सम्बन्ध किन मजबुत हुन सकेको छैन प्रहरी हाम्रो साथी के यो नारा पर्चामा नै सिमित हो कहिले होलान प्रहरी र जनता साथी?

एउटा पिडितले प्रहरीबाट जति कुराको अाश गरेको हुन्छ तब त्यस भन्दा अमर्यादित फैसला हुदा कसरी साथी हुन सक्छ यसलाई नारामा कहिले सम्म सिमित राख्ने ब्यबहारमा लागु गर्ने हो भने त मातहतका कर्मचारीको चरित्र चित्रण गर्नु पर्ने हो की?
अनि जनतासंग साथीको नाता कसरी राख्ने त्यो पनि सिकाउने हो कि सैदान्तिक भन्दा पनि प्रहरीहरुलाई ब्यबहारिक ज्ञानको कमि हो कि भन्ने तर्क धेरै छन ।

पछिल्लो समयमा भएका घटनाक्रम हेर्ने हो भने पक्केै पनि सबैको मनमा अागो बल्न सक्छ माया प्रेम बाट सुरु भएको जोडी एसिड काण्डमा अाएर टुङ्गिन पुग्यो यो एउटा उदाहरण मात्र थियो यस्ता घटना कयोैँ भयो पटक पटक दोह्रोरियो तर यसलाइ सहि सलामत न्युन पार्न ढाक छोप गर्न खोजियो तर कहाँ सजिलै यस्ता घटना रोकिन सक्छ मायामा धोका पाए पछि मायालुको अनुहार नै कुरुप बनाउने उदेश्यले जीवन विकले एसिड द्धारा आक्रमण गरेका थिए यो तेतिकै सेलाएर गयो अझै पनि ति पिडीतको स्थिती नाजुक छ एउटा योजनामा हिडेको मान्छेलाई विचबाटोमा रोकेर लुछ्ने काम भयो यहाँ पिडितले ठुलो अपधार खेप्नु परेको छ कारण विना नर्कको जिवन जिउन बाध्य पारिएको छ खै उसको स्वास्थ्यको ग्यारेन्टी बाच्न पाउने उसको अधिकार खै यो तरिकाले बाच्नुको के अर्थ छ कहिल्यै सोच्नु भएको छ?

मन्त्रीज्यू हरुले यस्ता सवालका विषयमा जनता कति पिल्सिएर बाचेका छन भन्ने कुरा विर्सनु भएको होला के अब यि पिडितहरुले न्याय पाउन हतियार बम बारुद नै उठाउन पर्ने हो ? यस्ता अन्यायमा परेर न्याय नपाएका हरु कति छन,छन गिन्ति गरेर गर्न सकिन्न तर न्याय दिलाउने हरु चिसो मोैसममा तातो घामको स्पर्स लिएर बस्छन अनि कसरी पाउछन र दिलाउछन न्याय? 

त्यस्तै अर्को घटना बैतडीमा पुजा बोहोरामाथी त्यस्तै बज्रपात पर्यो गरिव परिवारकी छोरी पुजा माथी सामुहिक बलत्कार हुदा पनि कसैले वास्ता गरेके छैनन केहि समय अगाडी उनले कानुन मन्त्री प्रधानन्यायधिस शुसिला कार्किलाई पत्र लेखेको कुरा पनि पटक पटक बाहिर अायो तर एउटा पिडीत भएर बस्नु को पिडा सजिलै महशुस त पक्कै गर्न सकिन्न होला तर घरमा बढेकी छोरी चेली हुनेहरुको मन चाहि डर त्रासमा वितेको छ भन्न सकिन्छ यस्ता जघन्य अपराध गरेका ब्यक्तिलाई जेल हालेर कहिले सम्म पाल्ने र त्यसपछिको पनि त्यो पिडितले कसरी सुरक्षा पाउने यो अहिलेको गंम्भिर विषय हो । कसैले अपराध गर्छ मान्छे मार्छ काट्छ जेल हाल्नु मात्र उपयुक्त नहोला की?
उनै पुजा बोहोराले पिडीत भएर पनि डर नै डरमा बाच्नु पर्ने भन्ने तर्क गरेकी थिईन तर संम्बन्धित निकायले यस तर्फ कहिल्यै ध्यान पुर्याएको देखिएन ।जेल कतिलाई सडाउने कतिलाई भत्ता खुवाउने र जनता कति दिन सम्म डर त्रासमा बाच्ने ?

अब यस्ता अपराधिहरु लाई नेपाली जनताले कहिले सम्म भत्ता खुवाएर जेल भित्र सुरक्षा दिएर राख्ने यसको विकल्प यथासिघ्र खोज्नु पर्ने हुन्छ भएका जेल कारगार हरु भुकम्पले भत्कियो बाकि बसेका हरुमा विघालय झै खाधखाध गरेर अटे नअटे कोचेको छ कहिले सम्म संरक्षण दिने र धेरै जस्तो अपराधिक घटनामा त्यस्तै जेलरहरुको हात रहेको देखिन्छ जुन न्यायधिस बमका हत्याका योजनाकार हरु पनि जेलमा नै साथी बनेका थिए भन्ने पुष्टि भएको थियो ।

जेल भि्त्र हत्या हातहतियार अोसारपसार लाघुअोैषधको कालोबजारी कसरी पुग्छ जेल भित्र हतियार र लाघु अोैषध अत्यन्तै लाजमर्दो कुरा यो छ जेल भित्र हतियार पुर्याउनमा कस्को हात हुन्छ यो त सजिलै अनुमान लगाउने कुरा हो तर कारबाहि भन्ने कुरा पट्कै छैन ।

अर्को घटना राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तिमगरकी बहिनी मानुषी को हत्या भयो यसमा पनि खासै चासो देखिएन मर्ने मरेर गयो बाच्ने भावविह्वाल हुदै बाचेका छन सायद त्यो पिडा जस्ताको तस्तै होला अालो छ विनाकारण सन्तान गुमाउनुको पिडाले ति निर्दोश अामाको मन कति ठाउमा टुक्रियएको होला महशुस सम्म पनि गर्न सकिदैन तर सरकारवालाहरुको ध्यान पटकै गएको छैन सान्त्वना दिनुको साटो उल्टो धम्क्याउने प्रवृतीमा गृह मातहतका कर्मचारी देखिएका छन यो एउटा उदाहरण मात्र हो यस्ता घटना दिनदिनै बढ्दो क्रममा छ।


यस्तै गायिका मोडल हत्या बलत्कार हिंसा चोरी कति भए भए यसको कुनै यकिन मापन गर्न सकिन्न कति स्कुल जादा बलत्कार भएका छन कोहि बजार जादा त कोहि घरमा मान्छे नहुदाको अबस्था पारि यस्ताअत्याधिकघटना घटाईएको छ केहि वर्ष यता हजारोै घटना घटे तर खै ति अपराधि कहाँ छन कस्को सुरक्षामा छन जेलमा छन अथवा बाहिर खुल्लाम खुला हिडिरहेका छन ? 

गृहकन्त्रालय मातहतका कर्मचारीले यसलाई कारबाहिको साटो अझ सहयोग मतबुत बनाएका छन भन्नेहरु पनि कमि छैनन कारबाहिको साटो किन सुरक्षा गरिरहेका छन के साच्चिकै सुरक्षा गरेको हो यदि हो भने कर्मचारीलाई पनि कडा भन्दा कडा कारबाहि हुनु पर्दछ ।

हामी जनता सोझा साझा हुनुले अाज अपराधि एउटा अपराधको कठघरा भन्दा बाहिर रमाई रहेको हामीले विभिन्न माध्यम बाट देखेका छोै पटक पटक अपराध गरि मस्टवा्न्टेड लिस्टमा परेका अपराधिहरु भिभिअाईपिको मिटिङमा उपस्थित हुनाले केहि खटपट छ भन्ने कुरा बुझेका छन यस्ता अपराधिहरुलाई खुल्ला छाड्ने अधिकार कसले कसलाई दिएको छ कानुनको रक्षकहरु किन निरास मा छन किन योजनाबद्द काम कारबाहि गर्न सकेका छैनन यि अपराधिका संरक्षक को हुन त? 

फेरि त्यस्तै घटना काभ्रेमा घट्यो बोक्सिको अारोपमा मलमुत्र खुवाएको घटना जुन महिला हिंसा विरुद्दको सोह्रदिने अभियानकै वेलामा यस्तो निर्मम घटनाहरु घटे यसमा केहि प्रश्नवाचक चिन्ह लागेको छ किन प्रहरीले मेलमिलाप गरायो किन कारबाहि गरेन यो चरम लापरबाहिको घटना भनेर धेरैले वक्तब्य दिए बिश्लेशण गरेका छन तर संम्बन्धित निकायले जायज खालका कारबाहि गर्न नसक्नाले घटनाको क्रम बढ्दो छ यसलाई पनि त्यति चासोको रुपमा देखिएको छैन। अपराधि कसको संरक्षणमा छ त्यो केहि जानकारी भने छैन ।

त्यस्तै गत बर्ष मस्टवान्टेड गुण्डा भनि प्रहरी द्दारा दुई गुण्डा को ईन्काउन्टर भयो यधपि यसपछि गुण्डाहरुको भागभाग भन्ने खबरले चमरसिमा नाघेको थियो कति अमेरिका भागे कति कत्ता कत्ता भागे बन्दै सञ्जालमा हट टाईटलका समचारहरु प्रशस्त बने र केहि समय पछि अाफै स्खलनन् भएर गयो।अाखिर हत्या भयो उनिहरुले ज्यान गुमाए जो सुकै होस तिनिहरु नेपाल अामाकै सन्तान थिए। तर यसपछि को प्रश्नवाचक यो प्रसंङ्ग बाट के उठ्न सक्छ भने नेपालका मस्टवान्टेड गुण्डा चरि र घैट्यबाहेक अरु कोहि छैनन वा थिएनन?
मस्टवान्टेडमा छैनन ?अथवा सामाजिक काम मात्र गरेका छन? अपराध गरेका छैनन भन्न मिल्छ वा मिल्दैन? त्यसो त किन त्यस पछि सेलाएर गए यस्ता अपराधिलाई मार्दा कस्ले रोक्दै छ? अपराधिको संरक्षक को हो जरा सम्म पुग्न जरुरी छ ।


त्यस पछि किन प्रहरीहरु निरास र सुस्त हुदै गए कि राजनितिक हस्तक्षेप भयो?

त्यसपछि कयोैँको हत्या भए तर पट्कै कारबाहिको शिलसिला अगाडी बढ्न सकेन यस्तो रणभुलमा पारियोकी कसलाई के सजाय दिईयो जनतालाई अर्थात पिडीतलाई कुनै पनि सान्त्वना सम्म दिईएको छैन के ति अपराधिहरु ले जेल जिवन जिउदै छन त? 

कहिले छुट्छन कि छुटाइ सकियो ज्यान मुद्दा लागेको मान्छे पटक पटक प्रहरीले समातेको घटना सुन्दापो अच्चम लाग्छ कसरी भाग्छ जेलबाट यदि जेलबाट भागेर अरु अपराध गर्यो भन्ने यसको जिम्मा कसले लिने?

त्यसैले गृहमन्त्रीज्यू ठाडो निर्देशन दिनुस वा तेर्सो तर जनतालाई पनि अाभाष होस प्रहरी हाम्रो साथी नारालाई ब्यबहारमा उत्तारियो भने पक्केै पनि जनताले यसको अनुभब गर्नेछन भन्ने विश्वास गर्दछु .।

हरि थापा, दोलखा

लेखककाे अन्य रचनाहरू पनि पढनुस

भुकम्पको राहत खै त सरकार ?

" चिल्लो कुरामा मख्ख पर्नु गल्ति भयो"

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विदेश

प्रवासी मजदुर संगठन ओसान शाखाको अधिबेशन तथा शैक्षिक कार्यक्रम सम्पन्न ।

कोरियामा कार्यरत सम्पूर्ण देशको प्रवासी मजदुरहरुको हक अधिकार प्राप्ति र समस्या समाधानको निमित्त प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु)को ओसन शाखाको चौथो अधिबेशन तथा शैक्षिक कार्यक्र... विस्तृतमा


कागजविहीन आप्रवासीलाई देश निकाला गर्दै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति सार्... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com