Header
Loading...

ओसामा बिन लादेनका छोरा आतंककारीको सूचीमा सामेल

वासिंटन, २२ पुस ।

अमेरिकाले ओसामा बिन लादेनका २० वर्षीय छोरा हमजा बिन लादेनलाई आतंककारीको सूचीमा राखेको छ ।  हमजा आतंककारी गतिविधिमा सक्रिय रुपमा सहभागी रहेकाले उनलाई कालोसूचीमा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

हमजाले अब अमेरिकी कुनै पनि कम्पनीसँग व्यावसायिक सम्झौता गर्न पाउने छैनन् । यस्तै अमेरिकी भूमिमा उनले सम्पत्ति राख्न पाउने छैनन् ।

हमजा सन् २०१५ मा औपचारिक रुपमा अलकायदाको सदस्य बनेका थिए । उनले पार्टीमा बुवा ओसामा बिन लादेनको ठाउँ लिने अनुमान गरिएको छ ।

हमजाले अलकायदाको सदस्यता लिएसँगै पश्चिमा देशका राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएका थिए ।

अलकायदाका पूर्व नेता ओसामा बिन लादेन अमेरिकी गठबन्धन सेनाले सन् २०११ मा पाकिस्तानको एबोटावादमा गरेको विशेष सुरक्षा कारवाहीमा मारिएका थिए । (एजेन्सी)

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

ब्लग बिचार

View more

समाचार

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

काठमाडौं, ८ माघ । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। यो खबर हामीले... विस्तृतमा


भारतीय झलक दिखला जा’को ट्रफि नेपालकी तेरिया मगरलाई

काठमाडौं, ७ माघ । नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि... विस्तृतमा
View more

गाँउघरको खबर

View more

रोचक/ विचित्र

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com