Header
Loading...

जानीराखौं, जाडो याममा दिनहुँ नुहाउँदा के हुन्छ ?

एजेन्सी, २३ पुस ।

धेरैलाई थाहा छ, शारीरिक स्वास्थ्यका लागि दिनहुँ नुहाउनु फाइदाजनक हो । तर थाहा नभएको कुरा, दिनहुँ नुहाउँदा छालामा नराम्रो असर पनि पर्न सक्छ । खासगरी जाडो याममा ।

अक्सर जाडो याममा नुहाउनका लागि तातो पानी प्रयोग गरिन्छ । यसले छालाको सौन्दर्यमा असर पुर्‍याउँछ । साथै छालाको प्राकृतिक तेललाई पनि नोक्सान गर्छ । यदि दिनहुँ नुहाउने गरेको छ भने, ड्राइ सावुन एवं स्याम्पुको प्रयोग गर्नैपर्छ ।

हाम्रो छालाले एक राम्रो व्याक्टेरिया पैदा गर्छ, जसले रसायनिक उत्पादनले निकाल्ने टक्सिनवाट छालालाई वचाउँछ । यदि दिनहु नुहाउने हो भने उक्त व्याक्टेरिया नष्ट हुन्छ । छाला विशेषज्ञ भन्छन्, जाडोमा दुई/तीन दिनको फरकमा नुहाउँदा पुग्छ ।

विशेषज्ञहरुका अनुसार हाम्रो छाला सफा गर्नका लागि शरीरमा यस्तो प्रभावकारी तन्त्र हुन्छ, त्यसले स्वतः छाला सफा गरिरहेको हुन्छ । त्यसैले निस्त्रिmय वस्नेहरुले दिनहुँ नुहाउन आवश्यक छैन । यदि जिम गएर वा कुनै शारीरिक श्रम गरेर शरीरमा पसिना वगाउँने हो भने चाहि नुहउनै पर्छ ।

जाडोमा तातो पानीले नुहाउदा नङ टुक्रिने, चोइटिने हुन्छ । यसले पानी सोस्छ, फलस्वरुप प्राकृतिक तेल र चमक नष्ट हुन्छ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

View more

विज्ञान/प्रविधि

टेलिकमको 4G कसरी चलाउने ?

काठमाडौँ, १८ पुस | नेपाल टेलिकमले आइतबार चौथो पुस्ताको मोबाइल इन्टरनेट सेवा 4G लन्च गरेको छ । हाल यो सेवा काठमाडौं र पोखरामा मात्र उपलब्ध हुनेछ । टेलिकमको 4G कसरी चलाउने भन्ने धेरैलाई जिज्ञासा हुनस... विस्तृतमा


आफ्नै भूउपग्रह स्याटलाइट राख्ने तयारीमा नेपाल

काठमाडौं, १७ पुस | अन्तरिक्षमा आफ्नै भूउपग्रह स्याटलाइट राख्न सघन रूपमा लागेको छ। नेपालको आफ्नै... विस्तृतमा
View more

खेलकुद

View all

जीवन शैली

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com