Header
Loading...

परम्परागत पानीघट्ट लोप हुँदै, सुधारिएको घट्टको माग

बैतडी, २३ पुस ।

केही समयअघिसम्म जिल्लाका सबै क्षेत्रमा सञ्चालनमा रहेका पानीघट्ट पछिल्लो समय लोप हुँदै जान थालेपछि यसको सुधारको माग बढेको छ ।

कुटानी पिसानीमा प्रयोग हुने घट्टमा पानी अभाव हुन थालेपछि सुधारिएका घट्टप्रति स्थानीयको आकर्षण बढेको र परम्परागत रुपमा प्रयोग हुने काठका ठाँउमा फलाम र प्लास्टिकका सामग्री फेर्दा थोरै पानीमा पनि घट्ट चल्ने भएकाले यसको माग बढेको तल्लादेहीका स्थानीयबासिन्दा नरेन्द्र भण्डारीले बताए।

सुधारिएको मदानीबाट घट्ट चलाउन दुई इन्च पानी भए पुग्छ । नदी र खोलाहरुमा पानीको सतह घट्दै गएपछि आधुनिक पानीघट्टको आवश्यकता परेको भण्डारीले बताए । 

बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले घट्ट सुधारमा अनुदान दिँदै आएको थियो तर विगत छ महिनादेखि उक्त कार्यक्रम बन्द भएकाले पानीघट्ट सुधारको माग गर्दै निवेदन थुप्रिएका छन् । बैकल्पिक ऊर्जाका क्षेत्रमा क्रियाशील संस्था सामाजिक चेतना तथा विकास सङ्घका अनुसार अहिले सम्म ६०० जति सुधारिएका घट्ट जडान भएका छन् ।

जिल्लामा एक हजार ५०० सयको हाराहारीमा घट्ट सञ्चालनमा रहेको तथ्याङ्क छ । तीमध्ये ६०० मात्रै सुधारिएका छन् । घट्ट सुधार गर्न पाइप, औजार र उपकरणमा रु २५ हजारसम्म लगानी हुने गरेको छ । परम्परागत रुपमा प्रयोग हुने काठका सामग्रीको सट्टा फलाम र पोलिथिनका सामग्री राखिन्छ ।

नयाँ बनाउदा घट्ट, घर र कुलोसहितमा रु डेढ लाखसम्म खर्च हुने बताइएको छ ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

View more

समाचार

भारतीय झलक दिखला जा’को ट्रफि नेपालकी तेरिया मगरलाई

काठमाडौं, ७ माघ । नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनल... विस्तृतमा


राजविराजमा ग्रिनेड बम फेला, स्थानीयवासीआतंकित

राजविराज, ७ माघ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्का... विस्तृतमा
View more

मनोरन्जन

View all

विदेश

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com