Header
Loading...

बार्सिलोनालाई पछि पार्दै लिगाको दोस्रो स्थानमा उक्लियाे सेभिल्ला

एजेन्सी, २४ पुस  ।

सेभिल्ला बार्सिलोनालाई पछि पार्दै स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई ४–० ले हराएको सेभिल्ला बार्सिलोनालाई पछि पारेर दोस्रो स्थानमा उक्लिएको हो । सेभिल्लाको जितमा विस्साम बेन यड्डरले ह्याट्रिक गरे ।

यस्तै साराबिएले एक गोल गरे । यड्डरले २५, २९ र ८३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले ह्याट्रिक पूरा गर्नु अघि ७३ औं मिनेटमा साराबिएले एक गोल गरेका थिए । जितपछि दोस्रो स्थानमा उक्लिएको सेभिल्लाको १७ खेलबाट ३६ अंक भएको छ ।

एक खेल कम खेलेको बार्सिलोनाको ३४ अंक छ । राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले एइबरलाई २–० ले हरायो । एथ्लेटिकोको जितमा साउल निगुएज र एन्टोनी ग्रिजम्यानले गोल गरे । जितपछि चौथो स्थानको एथ्लेटिकोको १७ खेलबाट ३१ अंक भएको छ । अर्को खेलमा लास पालमसले स्पोर्टिङ गिजोनलाई १–० ले हरायो । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

गायक हेमन्तको ‘साइँली... ले बनायो किर्तिमान

गायक हेमन्त रानाले गाएको एउटा गीतले यो साता युट्युबमा तहल्का मच्चाइरहेको छ । माघ २८ गते युट्युबमा अपलोड गरिएको ‘साइँली...’ गीत सार्वजनिक भएको पहिलो २४ घण्टामा पाँच लाख पटक हेरिएको छ भने दो... विस्तृतमा


निखिल र प्रियंकाको 'राधे' को टिजर सार्वजनिक

बैशाख १ लाई प्रदर्शन मिति तय गरेको फिल्म 'राधे'को पहिलो भिडियो प्रचार सामग्री सार्वजनिक गरिए... विस्तृतमा
View more

रोचक/ विचित्र

View more

विदेश

View more

जीवन शैली

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com