Header
Loading...

१–१ को बराबरीमा रोकिए बार्सिलोना भिल्लारिय

एजेन्सी, २५ पुस  ।

लियोनल मेस्सीले अन्तिम समय गरेको गोलबाट बार्सिलोना हारबाट जोगिएको छ ।

ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको हो । पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेको थिएन । ४९ औं मिनेटमा निकोला सानसोनेले गोल गर्दै भिल्लारियललाई सुरुवाति अग्रता दिलाए । 

हारको नजिक पुगेको बार्सिलोनाका लागि मेस्सीले ९० औं मिनेटमा बराबरी गोल फर्काए । मेस्सीले ला लिगामा यो सिजन १३ गोल गरिसकेका छन् । उनी सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।

इन्जुरी समयमा कोस्टा जोर्डा दोहोरो पेहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भिल्लारियल केही समय १० खेलाडीमा सीमित भएको थियो । हारबाट जोगिएको बार्सिलोना सेभिल्लालाई पछि पार्दै दोस्रो स्थानमा भने उक्लिन सकेन । 

तेस्रो स्थानको बार्सिलोनाको १७ खेलबाट ३५ तथा दोस्रो स्थानको सेभिल्लाको ३६ अंक छ । एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडको ४० अंक छ । राति नै भएको खेलमा सेल्टा डि भिगोले मालागालाई ३–१ तथा रियल बेटिसले लेगानेसलाई २–० ले हरायो । एथ्लेटिको बिल्बाओ र एलाभेसले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मनोरन्जन

मोडल हन्ट "Road to Model" काे अडिसन उपत्यका बाहिर पनि हुने

सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवायुवतिको प्रतिभा उजागर गर्नका लागि ‘रोड टु मोडल’ २०१७( Road to Model) हुने भएको छ । यो प्रतियोगिता मोडलिङ क्षेत्रमा नै... विस्तृतमा


फिल्म 'हिटलर'को म:म चाउमिन बोलको गीत सार्वजनिक

काठमाडौँ, १९ पुस | अर्को बर्षको जेठ १२ लाई प्रदर्न मिति तय गरेको फिल्म 'हिटलर'को लिरिकल अडिय... विस्तृतमा
View more

रोचक/ विचित्र

View more

विदेश

View more

जीवन शैली

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com