Header
Loading...

ओलीको फिल्म सुटिङका लागि गरिएको थियो एमालेको आमसभा

काठमाडौं २५ पुस । 

एमाले लगायात अन्य ९ दलले गरेको आमसभा खासमा एमालेले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नायकको भूमिका निर्बाहा गरेको चलचित्र 'रातो सुर्य'को सुटिङ्गका लागी गरेको रहस्य खुलेको छ ।

गत पुस २२ गतेको विरोध प्रदर्शन र आमसभालाई एमालेले यति धेरै महत्व दिनुको रहस्य पार्टी अध्यक्ष केपी ओलीले अभिनय गरिरहेको चलचित्र ‘रातो सूर्य’को सुटिङका लागि रहेको खुलेको हो । 

एक निर्वाचन क्षेत्रका लागि कम्तिमा एउटा बस र उक्त बसका लागि २५ हजार रुपैयाँका दरले पार्टीबाट निकासा गरेर उनले आफू नायक रहेको चलचित्र सुटिङ गरेको रहस्य खुलेपछि सभामा उपस्थित रहेका अन्य दलका नेताहरु आश्चर्यमा परेका छन् । 

एमालेले आफ्नो प्रतिष्ठाको विषय बनाएको सो आमसभामा ओलीले चलचित्रमा निभाउने केही दृश्य खिचिएको थियो । आमसभामा ओलीले चर्को रुपमा प्रधानमन्त्री प्रचण्ड र मधेसी मोर्चाविरुद्ध अभिव्यक्ति दिएका थिए । 

तरुण साप्ताहिकमा प्रकाशित खबर अनुसार त्यति मात्र होइन, उनले राष्ट्रवादी आन्दोलनको नेतृत्व एमालेले गरेको छ भन्ने अभिव्यक्ति चलचित्रका लागि नै  दिएका थिए । 

ओलीले गरेको भाषण रातो सूर्य चलचित्र युनिटले सुटिङ गरिरहेको थाहा पाएपछि अन्य दलका शीर्ष नेता भित्रभित्रै हाँसेका थिए । 

गत पुस १९ गते बसेको सभामुखसहितको तीन दलको बैठकमा सत्तारुढ कांग्रेस माओवादीले त्यही दिन संसदमा संविधान संशोधन प्रस्ताव पेश गर्ने निर्णय गरेका थिए । तर, एमालेले २२ गतेको विरोध प्रदर्शन सकिएपछि मात्र संसद् बैठक अगाडि बढाउन ६ दिनको समय माग गरेको थियो ।

एमालेका सुवासचन्द्र नेम्वाङले सहमति र थप छलफलका लागि २४ गतेसम्म समय माग गरेपछि सभामुख ओनसरी घर्तीले सूचना टाँस गरी संसद् बैठक स्थगित गरेकी थिइन् । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

विज्ञान/प्रविधि

View more

जीवन शैली

ज्योतिष बिज्ञानको चमत्कार : नाम सुरु हुने अक्षरले बताउछ मान्छेको चरित्र !

मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिक... विस्तृतमा


आज तमू ल्होसार पर्व : राष्ट्रपति शुभकामना

काठमाडौं, १५ पुस। गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर आज तमू ल्होसार... विस्तृतमा
View more

मनोरन्जन

View all

शिक्षा/स्वास्थ्य

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com