Header
Loading...

बर्दियामा जलपक्षी गणना सुरु

बर्दिया,२६ पुस ।

बर्दिया राष्ट्रिय निकुञ्जसहित संरक्षित क्षेत्र र सिमसार क्षेत्रमा जलपक्षीको गणना सुरु भएको छ । बर्दियाको कर्णाली नदी, बबई नदी, बढैया ताल र सतखलुवा ताल लगायतका क्षेत्रमा सोमबारदेखि जलपक्षी गणना सुरु भएको बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष एवं चरा विज्ञ रामबहादुर शाहीले जानकारी दिए । 

बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया प्रकृति संरक्षण क्लब र पक्षी संरक्षण संघको संयुक्त आयोजनामा बर्दियाका विभिन्न नदी, तलाउ तथा सिमसार क्षेत्रमा संरक्षणकर्मी र चराविदहरुको संयुक्त टोलीले गरेको अनुगमनबाट जल चराको संख्या गणना गर्दैछ ।

अनुगमन टोलीले बर्दिया निकुञ्ज अन्र्तगत कर्णाली नदी, बबई नदी, गेरुवा नदीसँगै बढैया ताल र सतखलुवा ताल लगायतका सिमसार क्षेत्रमा जल पक्षी गणना गरिने र जलपक्षी गणनामा हिँडेको टोली मंगलबार बबई नदी, सतखलुवा ताल र बढैया ताल सम्म पुग्ने चराविज्ञ शाहीले बताए ।

आगन्तुक जल चराहरुका लागि नेपालकै दोस्रो ठूलो सिमसार क्षेत्र बढैया तालमा साइबेरिया, भारत लगायतका मुलुकबाट चराहरु आउने भएकाले तालको झार हटाउन औषधिको प्रयोग गरेर सफा गर्दा चराको वासस्थान बिनास भएको र तालमा माछा खाईदिने डरले चरा भगाउने त्रसाउने प्रमुख समस्या रहेको जल चरा गणनाका संयोजक रामबहादुर शाहीले बताए ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

खेलकुद

View more

समाचार

‘चुनाव सम्भव छ, मिति घोषणा गर'

काठमाडौं, ८ माघ । स्वस्फूर्त रूपमा संगठित भएका समाजका प्रबुद्ध व्यक्तिको भेलाले आगामी माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्भव रहेको भन्दै सरकार र दललाई दबाब दिने निष्कर्ष निकालेका छन्। यो खबर हामीले... विस्तृतमा


भारतीय झलक दिखला जा’को ट्रफि नेपालकी तेरिया मगरलाई

काठमाडौं, ७ माघ । नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि... विस्तृतमा
View more

मनोरन्जन

View all

विदेश

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com