Header
Loading...

कार्यकर्ता रिहा नगरिए राजनितिक संघर्षमा जान्छौं : क्रान्तिकारी अध्यक्ष सिंह

काठमाडौं, २६ पुस ।

नेकपा(माओवादी) निकट अखिल (क्रान्तिकारी)ले आफ्ना दुई केन्द्रीय सदस्य रिहाइको माग गर्दै मंगलबार देशभरका शैक्षिक संस्था ठप्प पारेको छ । क्रान्तिकारीको बन्दका कारण उपत्यकासहित देशभरिका सरकारी तथा निजी विद्यालय , कलेजहरुकाे पठनपाठन ठप्प छ ।

सर्वोच्च अदालतपेरिसमा लोकमान सिंह कार्कीलाइ कालोमोसो दलेको आरोपमा क्रान्तिकारीका केन्द्रीय सदस्य द्वोय चन्द्र बुढा र प्रकाश शाहिलाइ पौष ७ गते प्रहरीले गिरफ्तार गरेर सार्वजनिक र अदालतको अवहेलना सम्बन्धि मुद्दा चलाइएको थियो।  

त्यसकै विरोधमा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पुर्ण बहादुर सिंहले गत २३ गते एक विज्ञप्ति जारि गर्दै ३ दिने संघर्षका कार्यक्रम सार्वजनिक गरेका थिए । जसअन्तर्गत पुस २४ गते देशभर प्रदर्शन भयो भने (आज)  मंगलबार आमा हडताल गरिएको हाे ।

प्रहरी हिरासतमा रहेका प्रकाश शाही र चन्द्र बुढालाई साेमबार (हिजाे)मात्र सर्वोच्च अदालतले १ महिना जेल चलानको फैसला गरेकाे छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संयुक्त इजलासले एक महिना कैद सजाय सुनाएको हो

यसैबीच क्रान्तिकारीका अध्यक्ष सिंहले आजको बन्द सांकेतिक भएको भन्दै कार्यकर्ता तत्काल रिहा नगरिए  राजनितिक संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

'भ्रष्टाहरुमाथि जनकारवाही गर्दा, माफिया र दलालहरुको बिरुद्धमा बोल्दा राज्य दमनमा उत्रिन्छ भने हामी एक कदम अगाडी बढेर त्यसको सामना गर्न तयार छौं ।' उनले भने आजको बन्द त्यसको सङ्केतमात्रै हो यदि हाम्रा कार्यकर्ता तत्काल रिहा नगरिए अब राजनितिक संघर्षका साथ अगाडी बढ्ने निश्चित छ ।'

भ्रष्ट्राचारको आरोप लागेर निलम्बनमा परेका कार्कीसमेत पदमुक्त भइसकेका छन् ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

फेरि विमानस्थलमा समातियो सुन, बंगलादेशी पक्राउ

काठमाडौं, ८ माघ । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको सूचनाको आधारमा सुनसहित एक बंगलादेशी नागरिक पक्राउ परेको खबर आजको अन्नपूर्ण पोष्टमा छ । मलेसियाबाट कालिन्डो एयरमा शुक्रबार राति... विस्तृतमा


रसुवागढी आयोजनाको संरचना निर्माण तीव्र गतिमा

रसुवा, ६ माघ । उत्तरी रसुवामा निर्माणाधीन एक सय ११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्यु... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com