Header
Loading...

इजाजत अाेथारा हालेर बस्छन, नाम चलेका ब्यापारिक घराना, खाेस्ने कस्ले

अजय सुमार्गी देखि गाेल्छा सम्म- झाेलाभरी लाइसेन्स टन्न

काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका व्यवसायिक साझेदारका रुपमा चर्चामा आइरहने अजय सुमार्गी देखि स्थापित ब्यापारिक समुह खेतान, दुगड सम्मले लिएको खानी उत्खनन् लाइसेन्स खारेजीमा पर्ने लगभग निश्चित भएको छ ।

Muktishree-co.

 

खानी विभागका अनुसार अजय सुमार्गीको मुक्ति श्री सिमेन्टले सुर्खेत घाटगाउँ र गुटुमा लिएको चुन ढुङ्गा र रातामाटोको खानीको म्याद सकिएको छ । आगामी माघ २३ गते सम्म उत्खनन् सुरु नगरे त्यसको इजाजत रद्द हुनेछ ।

त्यस्तै विश्वकर्मा सिमेन्टले सल्यानको काजेरीमा खानी अनुमति लिएर हालसम्म सञ्चालन गरेको छैन । खेतान समूहले २५ प्रतिशत शेयर होल्ड गरेको नेपाल ओरियन्ट म्याग्नेसाइटको दोलखाको वोचमा लिएको खानीको पनि म्याद सकिंदैछ ।

Rajendrakhetan-Khetan-group

लक्ष्मी सिमेन्टको ललितपुरको माल्टा र दाङ सिमेन्टको पुरन्धाराको खानीको पनि लाइसेन्स बहाल रहने अवधि समाप्तिको मुखैमा छ । त्यस्तै, दुगड समूहको लगानीमा सञ्चालित सगरमाथा माइन्स पनि यहि फागुन २३ देखि अबैधानिक हुँदैछ ।

नेपाल पर्वत खनिजले फलाम उन्खनन्का लागि पाएको अनुमति सकिदैछ । त्यस्तै, सौर्य सिमेन्टले गत मंसिरमा राजस्व बुझाएपनि कम्पनीले काम गरे नगरेको विवरण विभागमा नआएकाले यसको पनि अनुमति खारेज हुने विभागले जनाएको छ । त्यस्तै सोनापुर सिमेन्टका २ वटा खानीको म्याद गुज्रने क्रममाछ । एनएमसी कम्पनीको पनि फागुनमा नै अनुमति सकिदैछ ।

नेपालमा ६५ प्रकारका खनिजहरु पाइने विभागको अनुसन्धानबाट देखिएको छ । त्यसमा विकिरणयुक्त  खनिजबाहेकमा विदेशीलाई पनि अनुमति दिने गरिएकोछ ।

बैदेशिक लगानीमा दैनिक ६ हजार टन चुनढुंगा उत्खनन्गर्ने भन्दै स्थापना भएको होन्सी सिमेन्टले पनि काम शुरु नगरेकाले अनुमति गुमाउँदैछ । उसले पाल्पाको ज्यामिरेमा उद्योग खोल्ने भनि विभागबाट अनुमति लिएको थियो ।(अार्गिकन्यूजबाट) 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

मुख्य खबर

अाइजिपी नियुक्ती प्रकरण, कता जाला त फैसला

यहि फागुणा २ गते प्रहरी संगठन प्रमुख (अाइजिपी) उपेन्द्रकान्त अर्याल सेवा अबधीका अाधारमा सेवा निबृत भए। तेस यता महानिरिक्षककाे जिम्मेबारी निमितकाे रूपमा स्वास्थ समुहका डिअाइजीले सम्हालेका... विस्तृतमा


कागजविहीन आप्रवासीलाई देश निकाला गर्दै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नीति सार्... विस्तृतमा
View more

विज्ञान/प्रविधि

View more

कला साहित्य

View more

शिक्षा/स्वास्थ्य

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com