Header
Loading...

आज पृथ्वी जयन्ती, सरकारले बिदा दिएन

काठमाडौं, २७ पुस।

 बुधबार पुस २७ गते, नेपाल एकीकरण गर्ने तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती । सरकारी स्तरबाट पृथ्वी जयन्तीको कुनै कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईंदैछ ।

विक्रम संवत २००७ सालपछि देशमा राष्ट्रिय एकता दिवस मनाउन थालिए पनि २०६२÷०६३ सालको जनआन्दोलनपछि सरकारी स्तरबाट राष्ट्रिय एकता दिवसलाई खारेज गरिएको हो । केही वर्षदेखि पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठेपनि सरकारले निर्णय गर्न सकेको छैन ।

बुधबार सार्वजनिक बिदा दिने विषयमा मन्त्रिपरिषदमा समेत छलफल भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले यो राजनीतिक विषय भएकाले सबैको सहमति चाहिने बताएपछि बिदा दिन नसकिएको हो ।  

पृथ्वीनारायणको शासनकालमा नेपाल ५४ टुक्रामा विभाजित थियो । जसमध्ये बाइसे कर्णाली र चौविसे राज्य गण्डकी प्रदेशमा थिए । लिच्छवीकालमा पनि नेपाल अहिलेकै जस्तो ठूलो रहेको इतिहासमा पाइन्छ ।  

टुक्राटुक्रामा विभक्त नेपाललाई पृथ्वीनारायण शाह गोरखाबाट पूर्वतर्फ अघि बढेर एकीकरणको अभियान सुरु गगरेकाे इतिहासमा उल्लेख छ ।

एकीकरण अभियानसँगै पृथ्वीनारायण शाहको दिव्योपदेशलाई सबैले स्मरण गर्छन् । उनको दिव्योपदेश आधुनिक नेपालका लागि उत्तिकै सान्दर्भिक र प्रेरणादायी छ । 

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

विज्ञान/प्रविधि

View more

जीवन शैली

ज्योतिष बिज्ञानको चमत्कार : नाम सुरु हुने अक्षरले बताउछ मान्छेको चरित्र !

मानिसलाई आफनो नाम सर्वाधिक प्यारो लाग्छ । आफनो नाम अमर र उच्च राख्नका लागि श्रृष्टि कालदेखि नै मानिसले अनेकौं चुनौतीपूर्ण कार्य गर्दै आएको छ । ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिक... विस्तृतमा


आज तमू ल्होसार पर्व : राष्ट्रपति शुभकामना

काठमाडौं, १५ पुस। गुरुङ समुदायले बाँदर वर्गलाई बिदाई गरी चरा वर्गलाई स्वागत गरेर आज तमू ल्होसार... विस्तृतमा
View more

मनोरन्जन

View all

शिक्षा/स्वास्थ्य

View more

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com