Header
Loading...

देश एकीकरण गर्ने व्यक्तिको सन्दर्भमा राज्यले बिदा नदिनु संकीर्णता : माधव नेपाल

काठमाडौं, २७ पुस ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिले देशको संकटपूर्ण अवस्थामा पृथ्वीनारायण शाहको एकताको मर्म अझ सान्दर्भिक भएको बताएका छन् । देशको एकीकरण गर्न उनले खेलेको भूमिका बिर्सेर नकारात्मक पात्रको रुपमा उभ्याउनु अनुचित भएको पनि नेपालले बताए ।

पृथ्वीजयन्तीको अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको विशेष प्रवचन कार्यक्रममा नेता नेपालले साना-साना कुरामा बग्रेल्ती बिदा हुने देशमा एकीकरण गर्नेर् व्यक्तित्वको सन्दर्भमा राज्यले बिदा नदिनु संकीर्णता भएको टिप्पणी गरे ।

भौगोलिक सीमाना, जनसंख्या, सैन्य शक्ति लगायत सबै हिसाबले नेपाल सानै भएकाले नेपालको बलियो पक्ष देशभक्तिको भावनालाई बचाइराख्नु चुनौतीपूर्ण भएको उनले बताए । पछिल्लो समय जातीय र क्षेत्रीय भावना फैलिएको भन्दै उनले यसलाई ठीक ढंगले डिल गर्न सकिएन भने यो आगोले स्वाहा पार्ने बताए ।

छिमेकी मुलुकले स्वार्थ राखिरहँदा त्यो खतराको घन्टी बुझेर पाइला चाल्नुपर्नेमा उनले जोड दिए । संवेदनशील भएर सबै जातिबीचको एकतालाई प्रवर्द्धन गर्न समेत उनले आह्वान गरे ।

पुरा पढ्नुहोस्
Loading...

प्रतिकृया दिनुहोस

ताजा अपडेट

अर्थ बाणिज्य

राजधानीमा खुल्यो तारे होटल स्तरको ट्रेनिङ सेन्टर (फोटो फिचर)

काठमाडौ–कोटेश्वरको बालकुमारी पुलसँगै बहुउपयोगी तारे होटल स्तरको आईसीए ट्रेनिङ्ग सेन्टर संचालनमा आएको छ । सेन्टरले थ्री स्टार होटल स्तरीय सुविधा ननस्टार (न्युन) शुल्क मा उपलब्ध गराउने पत्रका... विस्तृतमा


छैठौं बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रदर्शनी मेला सुरु

काठमाडौं- उद्योग राज्यमन्त्री कन्चन चन्द्र बादेले स्वदेशमा उत्पादन भएका नेपाली जुत्तालाई अन्तर्... विस्तृतमा
View more

खेलकुद

View more

मनोरन्जन

View more

समाचार

View all

पाठक अभिमत

हामीले आफ्नो डिजाईन हालसालै परिबर्तन गरेकाछौl यो पूर्णता पाठक मैत्री छl kantipathको परिबर्तित स्वरूप बारे तपाईको विचार के छ?

© 2016 All Rights Reserved Kantipath.com