Header

अर्थ बाणिज्य

नेपालमा भएका भारु साटिने, छलफलका लागि भारतले बोलायो

काठमाडौं, २७ पुस । नेपालमा रहेका पाँच सय र एक हजार दरका भारू नोट सटहीको लागि छलफल गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीको नेतृत्वमा प्रतिनिधि बुधबार (आज) भारत जाने भएको छ।  भारू सटहीका लागि छलफल गर्न भारतले शुक्रबार परराष्ट्र मन्त्रालयमार्फत् पत्र पठाएको थियो। भारतले... विस्तृतमा

कालोधनका रुपमा बर्सेनि ९० अर्ब रुपैयाँ कहाँ जान्छ ?

काठमाडौं, २७ पुस । नेपालमा बर्सेनी करिब ९० अर्ब रुपैयाँ कालोधन थुप्रने गरेको छ। उच्चपदस्थले अनधिकृत रुपमा कमाएको त्यस्तो धन विभिन्न क्षेत्रमा लगानी गरी चोख्याउने गरेको पाइएको छ । यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। सरकारी अध्ययनका अनुसार नेपालमा संस्थागत भ्रष्टाचारहरुबाट हुने आम्दानी... विस्तृतमा

इजाजत अाेथारा हालेर बस्छन, नाम चलेका ब्यापारिक घराना, खाेस्ने कस्ले

काठमाडौं, पुस २६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका व्यवसायिक साझेदारका रुपमा चर्चामा आइरहने अजय सुमार्गी देखि स्थापित ब्यापारिक समुह खेतान, दुगड सम्मले लिएको खानी उत्खनन् लाइसेन्स खारेजीमा पर्ने लगभग निश्चित भएको छ ।   खानी विभागका अनुसार अजय सुमार्गीको मुक्ति श्री सिमेन्टले सु... विस्तृतमा

नेशनल लाइफकाे एफपिअाे- सहि। गलत, एक बिश्लेशण

लगानीकर्तालाई निक्कै अत्याउने गरि घटेको नेप्से परिसूचकमा केहि सुधार आएसँगै नेपाल लाइफ इन्सुरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) यहि पौष २७ गते खुल्दैछ । शेयरमा सोचेर मात्रै लगानी गर्नुपर्छ भन्ने कुरा व्यवहारिक रुपमा नै भर्खरै पुष्टि भएको परिप्रेक्ष्यमा हामीले प्रतिकित्ता सेयर २५०० रूपयाँको... विस्तृतमा

लेखनाथको बजेट साढे २६ करोड ४० लाख, कहाँ के-कति खर्छ होला ?

पोखरा, २६ पुस । सात तालको बगैंचा शहर लेखनाथको आगामी आर्थिक वर्षको बजेट २६ करोड ४० लाख ५२ हजारको योजना तर्जुमा भएको छ । यो बजेट अघिल्लो वर्षको तुलनामा ४ करोड ८८ लाख ३२ हजारले बढी हो । अघिल्लो वर्ष लेखनाथ नगरपालिकाको बजेट २१ करोड ५२ लाख २० हजार थियो । लेखनाथ नगरपालिकाको २४ औं नगर परिषदले गरेका न... विस्तृतमा

त्रिवेणी–सुस्ता पुल निर्माणमा भारतीय अवरोध

काठमाडौं, २५ पुस । नवलपरासीको त्रिवेणी–सुस्तास्थित नारायणी नदीमा झोलुंगेपुल निर्माणमा भारतीय पक्षले व्यवधान गरेको छ । त्रिवेणी–सुस्ता गाविस–४ का नागरिकको सुविधालाई ध्यानमा राखी सरकारले झोलुंगे पुल निर्माण कार्य अघि बढाएसँगै भारतीय पक्षले अवरोध गरेको हो । भारतीय अवरोधबारे जिल्... विस्तृतमा

करोडौं बोनस बाँड्ने निर्णय गरेर विवादास्पद बन्दै प्राधिकरण

काठमाडौं, २५ पुस । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयान प्राधिकरणले ८ सय कर्मचारीलाई ‘बोनस’ बाँड्ने विवादास्पद निर्णय गरेको छ। यसका लागि प्राधिकरणले ५३ करोड २७ लाख रूपैयाँ छुट्टाएको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। संस्था निरन्तर नाफामा रहेको भन... विस्तृतमा

अब बालबालिकालाई पनि सामाजिक सुरक्षा भत्ता

काठमाडौं, २४ पुस । सरकारले वृद्ध वृद्धा, एकल महिला तथा सिमान्तकृत समुदायलाई दिँदै आएको  पनि दिने भएको छ । गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछामका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिइने  भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केहीदिन अघि मात्र ती जिल्लामा ब... विस्तृतमा

पाँचवर्ष बितिसक्दा पनि पूरा हुनसकेन इलाम बसपार्क निर्माण

इलाम, २३ पुस । इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँचवर्ष बितिसक्दा पनि अझै पूरा हुनसकेको छैन। ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्तगतिमा मात्र काम भएको छ । आव २०६८/६९ मा नै निर्माण... विस्तृतमा

मेलम्चीको पानीले सुन्दरीजलमा बिजुली निकाल्ने

काठमाडौं, २३ पुस । मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याएर वितरण गरिने त सबैलाई थाहा भएकै कुरा हो । तर मेलम्चीको पानीबाट सुन्दरीजलमा दई सय किलोवाट बिजुली पनि निकाल्ने भएको छ । मेलम्ची खानेपानीका लागि चाहिने बिजुली आफैले उत्पादन गर्ने सुरुकै डिजाइन अनुसार काम भइरहेको मेलम्ची विकास समितिका... विस्तृतमा

पैसा छ, तर घर बनाउन मान्छे पाइन्न

काठमाडौं, २३ पुस । जस्ता र चित्रोले बारेको छाप्रो अघिल्तिर ५५ वर्षीया भीमकुमारी सिवाकोटी भाँडा माझ्दै थिइन्। भूकम्पमा लडेको उनको घरको अवस्था अहिले पनि उस्तै छ। भूकम्पमा उनका एक हल गोरु र बोका मरे। सरकारले पीडितका लागि अनुदानस्वरूप बाँडेको ५० हजार रुपैयाँ उनले दसैँअघि नै पाइन्। तर, अझै घरको जग... विस्तृतमा

विमानस्थलबाट यसअघि नै ३ सय किलो सुन उम्काएँ

काठमाडौं, २३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका प्रहरी र भन्सारका कर्मचारीको मिलोमतोमा गत एक वर्षमा तीन सय किलोभन्दा बढी सुन बाहिर ल्याउन आफू सफल भएको दाबी प्रहरी हिरासतमा रहेका गोपालबहादुर शाहीले गरेका छन् । यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ। बिहीबार ३३ किलो सुनसहि... विस्तृतमा

३३ किलो सुन प्रकरण : छानविन समिति गठन, २९ जना कर्मचारी जिम्मेवार बिहिन

काठमाडौं,२२ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा ३३ किलो सुन बाहिरिएको बारेमा छानविन गर्न पाँच सदस्य छानविन समिति गठन गरिएको छ । विमानस्थलका उपमहानिर्देशक सुमन दाहालको संयोजकत्तोमा पाँच सदस्य छानविन समिति गठन गरिएको हो ।  समितिमा दाहालसहित कुलराज ज्ञवाली, टंक पाण्डे, कान... विस्तृतमा

सीएनएनको उत्कृष्ट पाँच बुटिक सूचीमा परे यी नेपाली रोसोर्ट

काठमाडौं, २२ पुस । अमेरिकी न्यूज पोर्टल सीएनएनले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्नसक्ने भन्दै नेपालका पाँचवटा बुटिक होटलको सूचिकरण गरेको छ । सूचीकृत रिसोर्टमा पहिलोपटक चितवनको बराही जंगल लज पनि परेको छ । भूकम्पपछि नेपालका पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको र पर्य... विस्तृतमा

विद्युत चुहावट नियन्त्रणमा सक्रिय हुदै जोरपाटी वितरण केन्द्र

काठमाडौं, २१ पुष । नेपाल सरकारल ऊर्जा मन्त्रालयले अहिले देशभरि नै विद्युत चुहावट नियन्त्रण गरी लोडसेडिङ अन्त्य गर्ने अभियान चलाईरहेको बेलामा नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रले पनि विद्युत चुहावट नियन्त्रणका लागि आफ्नो सक्रियता बढाएको छ । जोरपाटी केन्द्रले गएको श्रावण मसान्तसम्ममा... विस्तृतमा

© 2016 All Rights Reserved Kantipath.com